© २०२३
नेपाल औषधी व्यवसायी संघ लुम्बिनी शाखाको आयोजनामा सोमबार बुटवलमा सम्पन्न औषधी व्यवसायको अवस्था समस्यार समाधान विषयक प्रदेश स्तरीय गोष्ठीमा बोल्ने वक्ताले गुणस्तरीय औषधि उपलब्ध गराईएको बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा दक्ष प्राविधिकहरू उत्पादन गर्नेगरी ठोंस नीति नियम ल्याउन उनीहरूले सरकारसंग माग गरेका छन् । सोही कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताए ।
उनले गुणस्तरीय औषधीर सर्वशुलभ स्वास्थ्य सेवाबाट कूनैपनि नागरिकलाई बन्चित गराउन नहुने बताए । मन्त्री बरालले सर्वसुलभ स्वास्थ्य सेवा दिनुपर्नेर त्यसका लागि प्रदेश सरकारले आवश्यक ऐन नियम बनाएर स्वासथ्य क्षेत्रलाई मजवुत बनाउने बताए । औषधी व्यवसायी संघ लुम्बिनी शाखाका अध्यक्ष शिव ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय औषधी उपलब्ध गराई स्वास्थ्य सेवामा सहयोग पुराईएको बताए ।
गुणस्तरीय औषधी सर्वशुलभ रूपमा उपलब्ध गराईरहंदापनि औषधी व्यवसायीलाई सेवामुखी भन्दा बढी ब्यापारीमुखी भएको आरोप लगाईएको बताए । कानुन निर्माणर कार्यान्वयनको माध्यमबाट जनस्वास्थ्यको ग्यारन्टी गर्न सरकारसंग माग गरे ।
औषधी व्यवस्था विभागमा दर्ताभई सञ्चालन भएका आधिकारिक औषधी पसलहरूको संरक्षण गरी व्यवसायिको क्षमता अभिवृद्वि गरिनुपर्ने बताए । औषधी व्यवसायी संघका निर्वतमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले औषधी जस्तो सम्वेदनशील पेशा व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले औषधी व्यवसायलाई व्यवस्थित गर्न सरकार पनि गम्भीर हुनुपर्ने बताए ।
नेपाल औषधी व्यवसायी संघ लुम्बिनी शाखाका उपाध्यक्ष सुरज भट्टराईले देशभर छरिएररहेका औषधी व्यवसायीलाई संगठित गरी व्यवसायिका हकहित, व्यवसायिक सुरक्षा, दक्षता सीप अभिवृद्वि गर्नुपर्ने अहिलेको आवश्यक्तारहेको बताए ।
सोही गोष्ठीमा डा. विनोद गिरी, ईलाका प्रशासन कार्यालयका कृष्ण पन्थी, अवयकुमार वस्नेत, भुवनेश्वर बुढामगर लगायतले बोलेका थिए । औषधी व्यवसायीको सोमबार नै सम्पन्न लुमिबनी,राप्तीर भेरी अञ्चल शाखाहरको संयुक्त बैठकले प्रदेश स्तरीय समन्वय समिति गठन गरेको छ । प्रदेश स्तरीय समन्वय समितिका शिव ज्ञवाली, अभयकुमार बस्नेतर भुवनेश्वर बुढा मगररहेका छन् । à