ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

तयार भो स्थायी प्रदर्शनीस्थल, औद्योगिक प्रदर्शनी बुटवल मण्डपभित्र हुँदै

२८ मंसिर २०७९, बुधबार
२८ मंसिर २०७९, बुधबार

बुटवल, २८ मंसिर ।

बुटवलका उद्योगीहरुले लामो समयदेखि स्थायी प्रदर्शनीस्थलको माग गर्दै आएका थिए । अस्थायी संरचनामा मेला तथा प्रदर्शनी आयोजना गर्दा लाखौं रकम हरेक वर्ष अनावश्यक खर्च भैरहेको भन्दै उद्योगीहरुले हरेक वर्षका आयोजनाहरुमा स्थायी प्रदर्शनीस्थलको माग गर्थे । उद्योगीहरुको माग बमोजिम बुटवलमा स्थायी प्रदर्शनीस्थल तयार भएको छ भने यो वर्षको औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले बुटवल मण्डपभित्र रहेको स्थायी प्रदर्शनीस्थलमा गर्दै छ । उद्योग संघले आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन गर्ने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको धमाधम अगाडि बढाएको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय अर्थतन्त्रको विकास विना राज्य स्ववलम्बी हुन सक्दैन र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको महसुस गर्दै संघले प्रदर्शनी गर्दै आएको छ । नेपाल जस्तो मुलुकका लागि दु्रततर औद्योगिक क्रान्तिको खाँचो रहेको, जबसम्म औद्योगिक विकास र आर्थिक गतिविधिलाई राष्ट्रिय अर्थतन्त्रको आधारशिला ठानेर सोही अनुरुप कार्यहरु गर्न सकिदैन, तवसम्म आर्थिक सक्षमताले स्थान पाउन नसक्ने उद्योगीहरुको ठहर छ । त्यही आधारशिलाको रुपमा प्रदर्शनीलाई पनि एक आधार मानेर रुपन्देही उद्योग संघले प्रदर्शनी निरन्तर आयोजना गर्दै आएको छ ।

राजधानी बाहिर निर्माण गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीको तयारीको क्रममा स्टल निर्माण, सहभागी उद्योगहरुको दर्ता, मनोरञ्जन स्थलको काम सम्पन्न हुने अवस्थामा पुगेको निर्माण उपसमितिका संयोजक कम ज्ञवालीले बताए ।

को को छन् सहयोगी ?

प्रदर्शनीको आयोजकका रुपमा सहयोगीको हात नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघले बढाएको छ भने बुटवल उपमहानगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौं सह आयोजक तथा संघीय सरकारका विभिन्न निकायहरु प्रवद्र्धक रहेका छन् ।

२०३५ सालमा उद्योगीहरुको हकहित संरक्षण र सम्वद्र्धन गर्दै देशको औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यले रुपन्देही उद्योग संघको स्थापना भएको हो । संघले राजधानी काठमाडौ वाहिर प्रथम पटक वि.सं.२०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो । अहिले देशभर प्रदर्शनी, मेला र महोत्सवले राम्रो स्थान पाएको छ जसको जग रुपन्देही उद्योग संघले हालेको हो । रुपन्देही उद्योग संघको छातामुनी रुपन्देही जिल्ला भरिका करीब एक हजार उद्योगहरु प्रतक्ष्य सदस्य रहेका छन् भने करीब १५०० वस्तुगत उद्योगीहरु संलग्न छन् ।
यता अर्को आयोजक नेपाल उद्योग परिसंघ आप्mनो स्थापनाको कालदेखि नै औद्योगिक विकासमा अग्रसर रहदै आएको छ । स्वस्थ प्रतिस्पर्धात्मक एवं अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रतिष्ठानहरुसँग नेपालका उद्यमीलाई प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गर्न सफल परिसंघको सहकार्यले बुटवलमा आयोजना हुन लागेको प्रदर्शनी अझ परिस्कृत हुने विश्वास लिइएको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकोले नेपाल सरकारका प्रमुख निकायहरु, परिषद्हरु र समितिहरुमा यसको प्रतिनिधित्व छ र राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठी, सभा तथा समारोहहरुमा समेत सक्रिय सहभागिता रहेको छ ।

यसैगरी प्रदेशस्तरीय संरचना विस्तार भई संघीय गणतन्त्र नेपालको स्थापना पश्चात् लुम्बिनी प्रदेश सरकारसँग समन्वय सहकार्य र उद्योगीहरुका हकहितका निम्ति यस प्रदेशमा स्थापित लुम्बिनी प्रदेश उद्योग परिसंघसंगको सहकार्यले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ लाई सफलतापूर्वक सम्पन्न गर्न निकै सजिलो हुने विश्वास गरिएको छ ।

तयारी उपसमितिहरु

प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधब प्रसाद पौडेलको मूल संयोजकत्वमा निर्देशन तथा कार्यान्वयन समिति गठन गरिएको छ । आयोजनालाई भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न र तयारीको कामलाई व्यवस्थित गराउन ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

जसअनुसार मूल्यांकन उपससमितिको संयोजकमा निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, स्टल दर्ता उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, स्टल वितरण उपसमिति संयोजकमा प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, स्टल अनुगमन उपसमितिको संयोजकमा द्वितिय उपाध्यक्ष जीवकान्त काफ्ले, मूल समितिको सदस्य सचिवमा महासचिव हरिबहादुर खत्री, बाल उद्यान उपसमिति संयोजकमा कोषाध्यक्ष हिरामणी भट्टराई, परिचय पत्र उपसमिति संयोजकमा सचिव बसन्त ढकाल, परिचय पत्र (स्टल) उपसमिति संयोजकमा महिला सचिव मन्जु भुसाल, गेट टिकट उपसमिति संयोजकमा सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली रहनु भएको छ ।

यसैगरी पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य सुमन बस्याल, सौजन्य व्यवस्थापन उपसमिति संयोजकमा प्रज्जवल थान्जु, खेलकूद तथा अतिरिक्त क्रियाकलाप उपसमितिको संयोजकमा माधब प्रसाद नेपाल, श्रव्यदृश्य उपसमिति संयोजकमा अशोक कुँवर, उद्घाटन तथा समापन व्यवस्थापन उपसमितिको संयोजकमा शारदा भट्टराई, प्राथमिक उपचार उपसमिति संयोजकमा मिना थापा, स्टल निर्माण उपसमिति संयोजकमा कमल ज्ञवाली, खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा प्रेम बहादुर आले, औद्योगिक जनचेतना ¥याली उपसमिति संयोजकमा चन्द्रकान्त खनाल, कृषि प्रवद्र्धन उपसमिति संयोजकमा लाल बहादुर थापा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा बल बहादुर गोदार, पार्किङ्ग व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द प्रसाद भुसाल, गोष्ठी तथा सेमीनार उपसमिति संयोजकमा राजु घिमिरे, गेट तथा सचिवालय निर्माण उपसमिति संयोजकमा नेत्र रुचाल, साउण्ड तथा मन्च निर्माण उपसमिति संयोजकमा लाल प्रसाद बस्याल, प्रचार प्रसार उपसमिति संयोजकमा लालहरि पाण्डे, अतिथि सत्कार उपसमिति संयोजकमा जमुना सुवेदी पोखरेल, बिद्युत व्यवस्थापन उपसमिति संयोजकमा विशाल बेलबासे, सूचना प्रविधि उपसमिति संयोजकमा रमेश खनाल, सांस्कृतिक उपसमिति संयोजकमा मोहनीलाल रिजाल, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा युवराज आचार्य, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा टंक नारायण आचार्य र प्रदर्शनी प्रबन्धकमा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहेका छन् ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादनका लागि बजार प्रवद्र्धन गर्न र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगहरु मात्रको सहभागिता रहने गरी रुपन्देही उद्योग संघले राजधानी बाहिर प्रथम पटक २०४५ सालमा र तत् पश्चात् निरन्तर राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस पटकको आयोजनामा कृषि, प्रविधि र पर्यटनलाई समेत विशेष प्राथमिकता दिइने मूल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए ।

बुटवल मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रर्दशनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टछुट्टै पेभिलियनको व्यवस्था गरिनेछ ।

राष्ट्रिय औद्योगिक प्रदर्शनीले बोकेका उद्देश्यहरु
स्वदेशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण ।
– प्राविधिक र व्यवस्थापकीय अनुभवको आदान—प्रदान ।
– नेपाली उद्योगका लागी अवसर को खोजी ।
– उत्पादक,उपभोक्ता, विज्ञहरु र सरकारका निकायहरुलाई एकै ठाउँमा अन्तक्र्रियाको अवसर प्रदान गर्ने ।
– पर्यटन विकासका सम्भावना, वर्तमान अवस्था, अवसर र आर्थिक विकासमा पर्यटनको भूमिकाबारे जानकारी दिने ।
– आन्तरिक तथा वाह्य औद्योगिक वातावरणबारे जानकारी गराउने र सहयोग आदान प्रदान गर्ने ।
– औद्योगिक विकासमा अवरोधक नीति र प्रक्रियागत विषयहरुमा सामूहिक विचार र सुझावहरु
संकलन गर्ने ।
– उत्पादित वस्तुहरुको गुणात्मक विकास गर्न आवश्यक प्रविधि र व्यवस्थापनको पहिचान गर्ने ।
– सरकारलाई सामूहिक दृष्टिकोण र सुझाव प्रदान गर्ने ।
– आर्थिक र औद्योगिक विषयमा अन्तक्र्रिया आयोजना गर्ने ।
– देशको संस्कृतिको जगेर्र्ना ।
– सूचना तथा प्रविधिको औद्योगिकीकरण, आर्थिक विकास र व्यवस्थापनमा हुने महत्वपूर्ण भूमिका बारे जानकारी दिने ।
– निर्यातमूलक उद्योगहरुको पहिचान र प्रोत्साहन ।
– कृषिलाई व्यवसायीकरण र आधुनिकीकरणतर्पm आकर्षित गर्ने ।
– युवा उद्यमीहरुलाई प्रोत्साहन र अवसरको पहिचान ।
– राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक सम्वन्ध विस्तार ।

तयारीको काम तीब्र

प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएपछि दैनिक रुपमा काम अगाडि बढाएको प्रदर्शनी सदस्य सचिव हरि बहादुर खत्रीले बताए । सचिवालयबाट स्टल दर्ता, भौतिक निमार्णको काम भैरहेको छ ।

तयारीकै क्रममा संघको एक प्रतिनिधि मण्डल पूर्वका औद्योगिक नगर तथा उद्योग प्रतिष्ठानहरुको भ्रमण गरेर बुटवल फर्केको छ । प्रदर्शनीमा सहभागिता जनाउन अनुरोध गर्दै विभिन्न उद्योग प्रतिष्ठानहरुमा पुगेर टोली फर्केको प्रदर्शनी प्रवन्धक यादव प्रसाद भण्डारीले बताए । त्यसक्रममा सो प्रतिनिधि मण्डलले चितवन, हेटौडा, विरगंज, पोखरामा औद्योगीक क्षेत्रहरुमा रहेका उद्योग प्रतिष्ठानहरुको भ्रमण गर प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा आमन्त्रण गरेको छ ।

यस आयोजनामा देशका विभिन्न जिल्लाहरुबाट स्वदेशी उद्योगीहरुको सक्रिय सहभागिता रहने, करीब ६ लाख दर्शकहरुको सहभागिता रहने अपेक्षा लिएको रुपन्देही उद्योग संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?