ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

शंखेकिरा किन्दै सरकार

६ आश्विन २०७५, शनिबार
६ आश्विन २०७५, शनिबार

रामपुर नगरपालिका ६ तिलकपुर मिलनचोकका किराना व्यवसायी घनश्याम खनाललाई यति बेला शंखेकिराको तौल नाप्न र पैसा दिन भ्याई नभ्याई छ । उनी मात्रै होइन वडा नं. ६ तालपोखराका खेमराज ढकाल, चारपाटेका ज्ञानुमाया कुमाल र बुल्टारका एकराज पंगेनीको पनि अवस्था उस्तै छ ।
एकाबिहानै पसल खोल्दा वरपरका स्थानीयहरू शंखेकिरा बिक्रीका लागि जम्मा गरेर ल्याएको किराको पोका बोकेर उनको पसल अगाडि पुगि सक्छन् । वडा भित्रबाट संकलन गरेर ल्याएको किराको तौल नापेर उनीहरूले प्रति केजी २५ रूपैयाँका दरले खरिद गरी निश्चित स्थानमा संकलन गर्दछन् । तपाईलाई लाग्न सक्छ शंखेकिरा कुनै प्रयोजनका लागि खरिद गरिएको होला । वास्तविकता यो नभई शंखेकिराको प्रकोपले वडाका कृषकहरूको खेतीबालीमा क्षति पु¥याएकाले रामपुर नगरपालिका ६ वडा कार्यालयले दिएको संकलनको जिम्मेवारी उनीहरूले बहन गरेका हुन् ।
हाल वडा ६ ले अभियान चलाएर गत असोज १ बाट शंखेकिराको निराकरणका लागि ४ स्थानका संकलन केन्द्र मार्फत २५ रूपैयाँ प्रति केजीका दरले शंखेकिरा खरिद गरिरहेको छ । शंखेकिरा नियन्त्रणमा नआउँदा किसानलाई मर्का परेको भन्दै स्वर्तर्फुत शंखेकिरा टिपेर दिनेलाई प्रोत्साहन गर्नुका साथै निराकरणका लागि वडाले खरिद अभियान सञ्चालन गरेको हो । वडाले शंखेकिरा नियन्त्रणका लागि अभियान थाले संगै स्थानीय कृषकहरू खुशी भएका छन् । रामपुर नगरपालिकाको विशेष गरी वडा ६ र ७ का स्थानहरूमा शंखेकिराको प्रकोप बढ्दै गएको पाईन्छ । जसका कारण तरकारी, अन्न बाली नष्ट गर्नुका साथै पशुहरूमा संक्रमण बढ्दै गएपछि किसानहरू निरास भएका थिए । कृषक धनश्याम देवकोटाले ३ वर्ष यता प्रकोप निकै बढेकाले बाली नष्ट पारिदिने जस्ता समस्याले निकै सास्ती दिएको बताए । उनले भने वडाले चालेको कदमले केही राहत महसुश भएको छ ।
रामपुर नगरपालिका ६ मिनचोककी सीता देवकोटाले पनि शंखेकिराका कारण तरकारी बाली केही फैलन नसकेको बताईन् । उनले संकलन अभियानको प्रशंसा गर्दै यसबाट दोहोरो फाईदा हुने भएकाले खुशी लागेको बताईन् । मिलन चोक संकलन केन्द्रका संकलक धनश्याम खनालले संकलन अभियानमा बालक देखि वृद्ध सम्म उत्साहित भएर लागेको बताए । ‘आफ्ना बालीलाई त फाईदा पुग्छ नै साथमा आम्दानी पनि हुने भएपछि वडाका स्थानीयले खोजीखोजी ल्याउने गरेका छन् । साथै संकलनबाट आएको पैसाले बालबालिकाहरूले पढाई खर्च समेत जुटाएका छन् । प्रौढहरूले पनि आवश्यक सामान किनेर लैजाने गरेका छन् ।’ खनालले भने ।
वडा ६ का वडा सचिव बासुदेव ढकालले वडाको विपद व्यवस्थापन तर्फको रकमबाट कार्यक्रम सञ्चालन गरिए पनि स्थानीयको उत्साह सँगै सो रकमले नपुग्ने देखिएको बताए । उनले यसका लागि झण्डै १ लाख आवश्यक पर्ने अनुमान गरिएको बताए । संकलन भएका किराहरूलाई नुनको प्रयोग गरेर मारी निश्चित स्थानमा खाडल खनेर नष्ट गर्ने गरिएको छ ।
वडा ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले गत वर्ष किसानहरूको मागका आधारमा किरा नियन्त्रणका लागि नुन वितरण गरिएको र नुनले मात्रै सम्भव नहुने भए पछि वडाले खरिद गरी उचित स्थानमा व्यवस्थापन गर्ने निर्णय अनुसार संकलन सुरु गरिएकोे बताए ।
किरा नियन्त्रणका लागि स्थानीयले केही वर्ष अघि सम्म प्लाष्टिकमा जम्मा गरी सडकमा गाडीको प्राङ्ग्राले कुचाएर नियन्त्रणको प्रयास पनि गरेका थिए । शंखेकिरा मारेर जथाभावी दुर्गन्धले अर्काे जोखिम निम्त्याउन सक्ने भन्दै वडा कार्यालयले कृषि शाखाको सल्लाहमा नियन्त्रणका लागि यो उपाय अपनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?