© २०२३
बिहीबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूका बीचमा भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरि गाडी सञ्चालन गर्ने सहमतिको पालन भएको छैन । सहमती पछि सवारी सधान निर्वाध रुपमा सञ्चालन गर्ने निर्णय भएपनि त्यसलाई यातायात व्यवसायीका चालकहरुले लत्याईदिएका हुन । शुक्रबार बाट यातायात सञ्चालन हुने अपेक्षा गरेका यस क्षेत्रका यात्रुहरुले सावारी साधन नचल्दा सास्ती खेपेका छन । विहिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको अध्यक्षतामा बसेको बैठकममा यस क्षेत्रका २० जना यातायात क्षेत्र संग सम्बन्धीत समिति, संस्था, प्रालिका प्रमुख तथा पदाधिकारीहरुले सहमती गरेका थिए ।
यस क्षेत्रको सबै भन्दा ठुलो यातायात व्यवसायीहरु रहेको पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरे, उपाध्यक्ष जिवन कुमार बन्जाडे ले पनि सहमतीमा हस्ताक्षर गरेका थिए । यता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले हिजो भएको समती अनुसार सवारी सधान नचलाएमा कारवाहीको प्रक्रिया अगाडी बढाउने जनाएका छन् । न्युज बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘हामी पहल गरिरहेका छौ, प्रयासमा छौ, हिजो भएको सहमती अनुसार १०, ११ बजे सम्म हामी हेर्छौ, यदि चलाएनन् भने सोही अनुसार अगाडी बढ्ने छौ ।’
बुटवल बसपार्कमा अलपत्र यात्रुहरु । तस्वीरः सौजन्य विकास पराजुली ।