ट्रेंडिंग:

>> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा

‘बैदार’ ले जुराईदिएको जोडी

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

बलाराम खरेल /मनमाया पाण्डे (खरेल)

भनिन्छ, ‘श्रीमान् श्रीमती एक रथका दुई प्राङग्रा जस्तै हुन् ।’ रथ चल्नको लागि दुई वटै पाङ्ग्र्रा चाहिन्छ । तर, एक मात्र पाङ्ग्र्राले रथ चल्न सक्दैन । त्यसैगरी जीवन पूरा गर्नको लागि जीवनको कुनै मोडमा जीवनसाथीको आवश्यकता खट्किने गर्छ । यस्तै आवश्यकता बलाराम खरेललाई पनि खड्किन थालेको थियो । त्यतिबेला बैदार भन्ने इश्वरी प्रसाद खरेलमार्फत बलारामले लगनगाँठो कस्ने निधो गरे र रुपन्देही छपियाकी मनमाया पाण्डेलाई जीवनसंगिनीको रुपमा भित्र्याए । बलाराम खरेल नौलो नाम होइन, दक्षिण एसियामै पूरानो मानिएको ३६ मौजा सिंचाई प्रणालीले उनकै कार्यकालमा वैधानिकता पाएको थियो । पहिले विधानबिना नै सञ्चालित उक्त सिंचाई प्रणालीको विधान खरेलकै संयोजकत्वमा तयार भएको थियो । त्यसैले उनी यस क्षेत्रका लागि परिचित छन् । तर उनकी जीवन संगिनीको नाम सायद कमैलाई मात्र थाहा होला ।

बाल्यकालको यात्रा
२००९ सालमा गुल्मी अर्लाङ्कोट गाविसको काब्रोडमा बाबु मित्रलाल र आमा पवित्रादेवीको कोखबाट पाँच दिदीबहिनीको साथमा एकमात्र छोराको रुपमा जन्मिएका खरेलले बाल्यकालको १० वर्ष गाउँमै बिताए । त्यतिबेला गाउँमा विद्यालय थिएन, त्यसैले उनले घरमै शिक्षक राखेर चण्डी पढेका थिए । त्यसबापत उनले महिनाको २० रुपैयाँ शिक्षकलाई तलबबापत बुझाउनुपथ्र्यो । त्यसपछि उनी ज्योतीषसँग बेद पढ्न गुल्मीको आँपचौर गए । तर चकचके स्वभावका उनलाई ज्योतीषले केही समयमै घरमै पठाइदिए ।
“म धेरै नै चकचके थिएँ, त्यसैले घरमै पठाइदिएपछि मैले बाग्लुङको पर्चुवा गएर दुई वर्षजति बेद पढें र फेरि घर आएँ”–उनले बिगत यसरी सम्झन्छन् । त्यसपछि २०१९ साल चैतमा उनको परिवार तराइ झ¥यो ।
उनी तराइ झर्दा शंकरनगर, मणिग्राम क्षेत्रमा ५०–६० बिगा भन्दा कम जग्गा लिन पाइँदैनथ्यो । त्यसैले उनको परिवारले मक्रहरमा गएर तीन बिगाहा जग्गा किन्यो । खरेलले आफू ३ वर्षको हुँदा बाबुलाई गुमाएका थिए । उनको साथमा आमा र बहिनी थिए । त्यही जग्गामा मक्रहरमा बनाएको झुपडी उनले एक वर्षमै बेचेर र २०२० सालमा मणिग्राम बसाइ सरे । त्यस्तै २०२८ सालमा प्रेमनगरमा उनको बसोबास भयो ।

कृषि कर्म हुँदै राजनीतिसम्म
हाल रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चपरहट्टी निबासी उनले भविष्यमा कृषि पेशामा नै लाग्छु भन्ने सोच बनाएका थिए । फलस्वरुप उनले अहिले पनि कृषिपेशा अंगालीरहेका छन् । ‘पैसाले पैसा तान्छ’ भनेर पैसा हुनेले बैंक, अस्पताल, कलेज खोलेर झन् धेरै पैसा कमाउने ध्याउन्नमा लागेका हुन्छन् । अत्याधुनिक उद्योग तथा कलकारखाना खोलेर पुँजीपति बन्ने सपना देखेका हुन्छन् । तर उनी सामाजिक अभियन्ताको साथसाथमा आफूलाई कृषकको परिचय दिलाएका छन् । सँगसँगै उनी राजनीतिमा पनि सक्रिय भए । २०३३÷०३४ सालतिर उनी शंकरनगर गाविस वडा नम्बर २ को वडाध्यक्ष बनेका थिए । उनलाई राजनीतिकै शिलशिलामा तत्कालीन पञ्चायती शासकहरुले घरबाटै अपहरण गरेर लगी मणिग्राम लगेर छाडिदिएका थिए । उनकी आमा अपहरणकारीको पिछा गर्दै गएपछि उनलाई छाडिदिएका थिए । १६/३६ सिंचाई प्रणाली एकसय वर्ष भन्दा पूरानो मानिन्छ । सुरुका वर्षहरुमा विधानबिना नै सञ्चालित उक्त प्रणालीमा उनी नै पहिलोपटक विधान मस्यौदा समितिको संयोजक भएर काम गरेका थिए । विधान नभएको अवस्थामा अध्यक्षले मनोनीत गरेर कार्यसमिति गठन गर्थे । “तत्कालीन अवस्थामा जमिन्दारहरुको नेतृत्व थियो, हाम्रो विरोधले उनीहरु पछि हटे र गुणखर भट्टराई अध्यक्ष र म सचिव भयौं, त्यसपछि मैले करिब ५ कार्यकाल बिताएँ”–खरेल सम्झन्छन् । १६/३६ संयुक्त सिंचाईमा भने उनले एक कार्यकाल काम गरे । सिंचाई प्रणाली संगठित हुँदाका बखत ३६ वटा मौजा अर्थात् गाउहरु मिलेर बनाइएकोले छत्तीस मौजा र १६ मौजा मिलेर बनाइएकोले सोह्र मौजा नामकरण हुन गएको हो । आज तलका मौजा भनिने मौजाहरु नै यी मौजाहरु हुन् । यी दुवै सिंचाई प्रणाली के कुरामा अनौठो मानिन्छ भने सिंचाई प्रणालीको क्षेत्र सामान्यतया माथिबाट तल बिस्तार हुने गर्छ तर यी दुवै प्रणालीको सिंचाई क्षेत्र तल दक्षिणबाट माथि उत्तरतर्फ विस्तार हुंदै गएका हुन् ।

विवाह र त्यसपछिको यात्रा
कृषि कर्म अंगालिरहेका बेला उनलाई राजनीतिमा पनि सक्रिय हुन जीवनसंगिनीको आवश्यकता थियो । त्यसैले बैदार भनिने इश्वरीप्रसादले खरेललाई बिहेका लागि तयार रहन भने । उनले भनेकी केटी अरु कोही नभएर आफैले चिनेकी रुपन्देही छपियाकी मनमाया पाण्डे थिइन् । त्यतिबेला खासै प्रेम गरेर बिहे गर्ने चलन थिएन । नितान्त मागी विवाह भयो । केटा पक्षको प्रस्तावलाई मनमायाको परिवारले सहर्ष स्वीकार ग¥यो । मनमायालाई भने थाहा थिएन । एकैचोटी बिहेको छिनोफानो भयो । परिवारको सहमतिमा उनीहरूको २०२६ सालमा विवाह भयो ।
विवाह पछिका दिनमा मनमाया श्रीमानसँग धेरै ठाउँ घुमफिर गर्न गईन् । भारतको तिरुपति, लखनउ, आसाम, नेपालका महेन्द्रनगर, सुर्खेत, नैनीताल लगायतका ठाउँहरुमनमायाले श्रीमानसँग घुम्ने मौका पाइन् । यो नै उनका लागि सबैभन्दा खुशीको क्षण थियो ।

श्रीमानसँग घुमफिर गर्दाको छुट्टै आनन्द
विवाहका केही वर्ष घुमफिरमा पनि बिते । आफूलाई मान बुझ्ने जीवनसाथी भेटाएकी कमलाले श्रीमानसँगको घुमफिर र विभिन्न ठाउँको अवलोकनलाई कहिल्यै बिर्सन सक्दिनन् । “हामीबीच घरमा रहँदा होस् वा घुमफिर गर्दा कहिल्यै झै झगडा भएन, उहाँ जस्तो जीवनसाथी पाउनु मेरोलागि सौभाग्य हो”–उनी भन्छिन् । श्रीमानको मन नपर्ने बानी खासै नभएको बताएपनि उनले घर छाडेर बाहिर डुलिरहने बानीलाई चाहिँ त्यति मन पराउँदिनन् । उनले यसो भनिरहँदा बलारामले पनि आफू यो ठाउँमा आईपुग्न श्रीमतीको पनि उत्तिकै देन रहेको स्वीकार्छन् । “घरको आर्थिक अवस्था सबै श्रीमानले चलाउनुहुन्छ, म भने पुरै समय घर गृहस्थीको काममा व्यस्त हुन्छु”–मनमायाले सुनाईन् । हाम्रो समाजमा बाहिरी कामको मात्र मूल्यांकन हुने परम्परा छ । तर जीवन चलाउन गृहणीको भूमिका पनि त्यत्तिकै हुन्छ । त्यसैले गृहणीको कामको पनि उत्तिकै मूल्यांकन हुनु जरुरी रहेको बलराम बताउँछन् ।
बर्मामा २००८ साल बैशाखमा पिता काशीराम र माता जसुदादेवीको कोखबाट जन्मेकी मनमायालाई विवाह पछिका दिनमा यहींको माहोलमा र घरपरिवारसँग घुलमिल हुन धेरै समय लागेन । एउटा छोरी भइसकेपछि माइतीमा बस्दा र बुहारी हुँदाको अनुभव सुनाउँदै मनमायाले भनिन्, ‘छोरी हुनुमा र बुहारी हुनुमा धेरै फरक भएपनि मैले त्यस्तो अनुभव गर्नु परेन । माइतीमै रहँदा पनि मैले धेरै जिम्मेवारी निभाएकोले विवाहपछिको यात्रा पनि सहज भयो ।’
मनमायालाई बुझ्ने र सबैले माया गर्ने श्रीमान र घरपरिवार मिलेकै कारण उनी छोटो समयमा नै घरपरिवारसँग नजिक हुन सकिन् । विवाह पछि यो जोडीबीचमा धेरै तितोपिरो कहिल्यै भएन । साथमा रहेका दुई छोरा र दुई छोरीको हेरचाह र रेखदेखमा मनमायाले थुप्रै दिन व्यतित गरिन् । अहिले भने जेठा छोरा लण्डनको केही वर्षको बसाइपछि सँगै छन् भने कान्छा छोरा लण्डनमै छन् । छोरी ज्वाईं पनि लण्डनमै छन् । श्रीमान् श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा हुन् भनेझैं यो जोडी पनि एकअर्काेको प्रशंसा खुवै गर्छन् । मनमायालाई श्रीमानको बाहिर डुल्ने बानी बाहेक अरु सबै कुरा मनपर्छ । बलरामलाई भने मनमायाको मन नपर्ने कुरा खासै केही लाग्दैन । कहिलेकाहिँ छिटो रिसाउने बानीलाई उनले मन पराउँदैनन् ।
उनीहरू भन्छन्, ‘जब एकले अर्कोलाई बुझ्ने कोशिष हुँदैन, तब सम्बन्ध पनि दिगो हुन सक्दैन ।’ एकअर्काेबीचमा विश्वास सँगसँगै एकअर्काेको भावनाको कदर र सम्मान पनि गर्न जान्नु पर्दछ । तब मात्र दाम्पत्य जीवनलाई सफल र दिगोपना दिन सकिन्छ । उनीहरू नवविवाहित जोडीलाई पहिला एकअर्काेबीचमा विश्वास कायम गर्न आग्रह गर्छन् ।
प्रस्तुतिः लक्ष्मण पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?