ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
समाचार–टिप्पाी

पौडेलमाथि ‘एमालेकै खेल’

११ मंसिर २०७९, आईतवार
११ मंसिर २०७९, आईतवार

बुटवल, १० मंसिर ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विष्णु पौडेल अर्थमन्त्री थिए । पार्टीमा प्रभावशाली भूमिकामा रहेका कारण पौडलको धेरै समय काठमाडौंमै बित्नुपर्ने हो । तर रुपन्देहीबाट २०६४ यताका लगातार चुनाव जितेका पौडेलको काठमाडौंमा जत्तिकै व्यस्तता बुटवलमा हुन्थ्यो ।

जनप्रतिनिधि भएका हिसावले पनि पौडेलको रुपन्देही आउजाउ बाक्लो थियो । एमाले र माओवादीबीचको एकीकरणबाट गठन भएको तत्कालीन नेकपामा संकट आउँदा त्यसलाई मिलाउन पहल गर्ने प्रमुख पात्र पौडेल नै थिए । नेकपाका तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल नै सबैतिर अग्रसर भइरहन्थे ।

पौडेल खासमा एमाले अध्यक्ष ओलीका मात्र विश्वासपात्र थिएनन्, पार्टीभित्रका अरु नेताहरुलाई मिलाउन समन्वयकारी भूमिकामा पर्थे । राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकामा रहेका र यस क्षेत्रको विकासका लागि ठूला र महत्वाकांक्षी योजनाहरु ल्याएका कारण पौडेललाई यहाँ विकासका हस्ती भनेर धेरैले चिन्छन् । तर यसअघिका निर्वाचनहरुमा भारी मतान्तरले जित्दै आएका पौडेलको जित यसपल्टको निर्वाचनमा किन संघर्षपूर्ण बन्यो ? यसको बहस विभिन्न कोणबाट हुन थालेको छ ।

पौडेलको यो जित चुनावी जित–हारका हिसाबले स्वाभाविक प्रक्रिया भए पनि एमाले पंक्तिले त्यसलाई स्वाभाविक रूपमा लिएको देखिँदैन । एमालेले सजिलै जित्ने सूचीमा राखेका पौडेल कसरी मुस्किलले जित हासिल गर्न पुगे भन्नेबारे एमाले पंक्तिमा आगामी दिनमा समीक्षा हुँदै जाला । तर बिहानीले दिनको संकेत गर्छ भने झैं केही प्रारम्भिक बाछिटाहरु उनले कम मत ल्याउनुका पछाडि बाहिर आउन थालेका छन् ।

एकजना एमाले कार्यकर्ता पौडेलले सामान्य मतान्तरमा जित हासिल गर्नुको प्रमुख कारण एमाले कार्यकर्तामा रहेको ‘ओभर कन्फिडेन्स’ भएको बताउँछन् । “एमाले कार्यकर्तामा आत्मविश्वास बढी देखियो । त्यही कारण कार्यकर्ता पंक्ति तल्लो तहसम्म जसरी परिचालित हुनुपर्ने हो, त्यसरी भएनन्”, उनी भन्छन्, “पार्टीको उपाध्यक्ष, अर्थमन्त्री हुँदा विकासको बाढी नै ल्याउन भूमिका खेलेको कारण जनताले भोट दिइहाल्छन् भन्नेमा एमाले कार्यकर्ता ढुक्क भएर बसे ।”

एमाले कार्यकर्ताहरूको यो आत्मविश्वासको एउटा कारण पौडेलको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार नहुनु पनि थियो । सत्ता गठबन्धनमा भएको भागबन्डामा यो क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । समाजवादीले राजु गुरुङलाई अघि सारेको थियो । तर उनको उम्मेदवारी चेक बाउन्स प्रकरणमा मुछिएपछि खारेज हुन पुग्यो । अर्कोतर्फ हाम्रो नेपाली पार्टीका निकोलश भनिने कमल भुसाल लौरो चुनाव चिन्ह लिएर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार थिए । राजनीतिप्रतिको वितृश्णाका कारण उनीप्रतिको क्रेज पनि बढेको थियो । तर राज्यबाट दोहोरो सुविधा लिएका कारण उनको उम्मेदवारी पनि कायम रहन सकेन । दुईजना मुख्य प्रतिष्पर्धी नै मैदानबाट बाहिर रहेपछि एमाले कार्यकर्ता एक हिसावले चुनाव जित्नेमा ढुक्क जस्तै भएर बस्यो । जसका कारण कार्यकर्ता पंक्ति आक्रामक ढंगले चुनाव परिचालनमा जुटेन ।

ती नेताका अनुसार बुटवलको विकासमा पौडेलले महत्वपूर्ण योगदान गरेको र काँग्रेसको पकडमा रहेका उद्योगी व्यवसायीहरु पौडेलले ल्याएका ठूला योजनाका कारण भित्रीरुपमा उनलाई सघाएको चर्चा पनि थियो । त्यसैले कांग्रेसको भोट आउने आशामा एमाले कार्यकर्ताहरू थिए । तर, यसपटक कांग्रेसको अधिकांश भोट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई ट्रान्सफर भयो । “निर्वाचनमा काँग्रेसले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको भएपनि कांग्रेसको अधिकांश भोट जनमुक्तिमा गएन । उनी भन्छन्, “एमालेको प्रभाव राम्रो भएका ठाउँबाट पनि पौडेलले भोट पाउन सकेनन् । त्यो भोट घण्टीमा गयो ।”

रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले ल्याएको २५ हजार ७८१ मतले पनि त्यही देखाउँछ । कतिपयले प्रदेश राजधानी दाङ गएकोमा त्यसको दोष विष्णु पौडेललाई लगाउँदै भोट कम आउनुको एउटा कारण यो पनि मान्छन् । तर यसलाई कारण मान्ने हो भने दाङ राजधानी लैजाने शंकर पोखरेललाई दाङकै मतदाताले किन हराए भन्ने प्रश्नले बुटवललाई पनि जवाफ दिइरहेको छ । राजधानी र विकासको मुद्दाले मतदातालाई छुन नसक्दो रहेछ भन्ने उदाहरणका रूपमा यसलाई हेर्नुपर्ने कतिपय कार्यकर्ता बताउँछन् ।

एमाले रुपन्देहीका एक नेता अहिले पनि एमाले उपाध्यक्ष पौडेललाई मन नपराउने समूह एमालेमा रहेको र त्यो समूहको मत पनि पौडेलले पाउन नसकेको बताउँछन् । “पौडेललाई जसरी पनि हराउने भनेर भित्रीरुपमा एउटा शक्ति नै लाग्यो”, आफ्नो नाम उल्लेख गर्न नचाहने ती नेताले भने । कतिपयले यसलाई महासचिव शंकर पोखरेल खेमाले पौडेलको राजनीतिक उचाईलाई रोक्न उनलाई असहयोग गरेको अर्थमा पनि विश्लेषण गर्न थालेका छन् । तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर वासुदेव घिमिरेलाई रुपन्देही–५ मा प्रतिनिधिसभाको टिकट दिलाउन पौडेलले मुख्य भूमिका खेलेको र पोखरेल खेमाले यसलाई नरुचाएका कारण तिलोत्तमाबाट पौडेललाई कम मत आएको आंकलन गर्नेहरु पनि एमालेभित्र छन् ।

पौडेल एमालेभित्र मात्र होइन, बाहिर पनि रुचाइएका नेतामा पर्छन् । जस्तोसुकै कठोर कुरा पनि शालीन रूपले राख्न सक्ने खुबी, नम्र व्यवहार र सबैसँग घुलमिल हुनसक्ने स्वभाव भएका कारण पनि उनी धेरैका प्रिय मानिन्छन् ।

एमाले लुम्बिनी प्रदेशका नेता कुमार थापा चुनावमा जित भएपनि पार्टीले कम मत ल्याएको बारे भने गम्भीर समीक्षा हुनुपर्ने बताउँछन् । पौडेलले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भए पनि त्यसको प्रभाव मतदातामा नदेखिएको कतिपय नेता कार्यकर्ताको भनाई छ ।

एमालेमा प्रष्ट वक्ता, तोकिएको जिम्मेवारी पूरा गर्ने र पार्टीको जिम्मेवारीमा निरन्तर खट्ने नेताका रूपमा चिनिन्छन्, विष्णु पौडेल । पौडेलले कम भोट ल्याउनुमा देशभर चलेको ‘घण्टी’ को लहरले काम गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी बताउँछन् । “धेरै मतदाता हल्लाका भरमा लागे र हल्लैहललाको मनोविज्ञानले काम गर्दा उनीहरुले घण्टीमा भोट हाले ।” रुपन्देही क्षेत्र नम्बर २ मा पर्ने तिलोत्तमाका ६ वटा वडाबाट घण्टीमा सबैभन्दा धेरै मत गयो । जसका कारण पौडेलको जित निकै संघर्षपूर्ण बन्यो । जिल्ला अध्यक्ष केसी भन्छन्–“तिलोत्तमाको अधिकांश मत किन घण्टीमा गयो, यो गम्भीर समीक्षाको विषय हो, यसको पार्टीले समीक्षा गर्नेछ ।”

एमालेका अर्का एक जिल्ला स्तरीय नेता भन्छन्–“घण्टीको लहर पछिल्लो एकसाता मात्रै देखिएको हो, घण्टीबाट प्रभावित भएका युवा पंक्तिलाई एमालेमा फर्काउने खालको पार्टी जिल्ला नेतृत्वले कुनै योजना बनाएन ।” पार्टीले टोलटोलमा योजना बनाएर युवा पंक्तिलाई विश्वासमा लिन सकेको भए घण्टीमा जाने अधिकांश मत यतै ट्रान्सफर हुन सक्ने ती नेताको भनाई छ ।

एमालेभित्रको एकथरी कार्यकर्ता पंक्ति भने पार्टीको नेतृत्व तह नै चुनावमा परिचालित नभएको तर्क गर्छ । एमाले लुम्बिनी प्रदेश कमिटीका एक सदस्यले जिल्लाका पदाधिकारी खुलेर चुनाव प्रचारमा नलाग्दा पनि त्यसको असर मतदानमा प्रकट भएको बताउँछन् । “पदाधिकारी नै खुलेर प्रचारमा नहिंडेपछि अरु कार्यकर्ता र आम मतदाताले कसरी भोट हाल्छन् ?”–ती नेताले भने ।

अर्थमन्त्री बनेर राम्रो छाप छाडेका पौडेल पार्टीभित्र ओलीका विश्वासपात्र समेत मानिन्छन् । यहीकारण उनी दसौँ महाधिवेशनबाट एमालेको उपाध्यक्ष बने । यसपालि पनि विना व्यवधान प्रतिनिधिसभा निर्वाचन लड्न टिकट पाए ।

यो निर्वाचनमा सबै पार्टीका कार्यकर्ताका अधिकांश छोराछोरीले घण्टीमा मतदान गरे । जसको प्रभाव प्रमुख दलले हासिल गर्ने मतमा प¥यो । नेकपा माओवादी निकट राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुली भन्छन्–“घण्टीमा भोट हाल्छु भनेकी मेरी छोरीलाई मैले कन्भिन्स गर्न सकिन ।”

चुनाव चिन्ह घण्टी लिएर केही महिना अघिमात्र होमिएको हो राष्ट्रिय स्वतन्त्र पार्टी । यो पार्टीका नेता र शुभेच्छुकका लागि पनि प्रारम्भिक परिणाम अप्रत्यासित जस्तो भयो ।

अनुमान र अड्कलबाजी अनेक छन्, चलिरहेका छन् । त्योभन्दा बढी एकअर्काप्रति दोषारोपण र गालीगलौजको सिलसिला पनि चल्न थालेको छ । सामाजिक सञ्जालमा बाढी आएको छ, घण्टीको लहर कसरी आयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?