© २०२३
प्रदेश तथा प्रतिनिधि सभाको आईतवार सम्पन्न मतदानपछि जारी मतगणनाले देशले परिवर्तन खोजेको संकेत गरेको छ । परिवर्तन व्यवस्थाको होइन, नेताहरुमा परिवर्तन, उनीहरुको व्यवहारमा परिवर्तन, आचरणमा परिवर्तन हो । चितवनमा रवि लामिछाने विजय हुने पूर्वानु थियो । तर, त्यहाँमात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर ल्याएको मतले नेपाली जनताले आमूल परिवर्तन चाहेको संकेत गरेको छ । मतगणनाको प्रारम्भिक मत परिणामले देशभरी पुराना नेताहरुप्रति मतदातामा आकर्षण घटेको पाईएको छ । संघीय राजधानी काठमाण्डौंमात्रै होइन देशका विभिन्न स्थानमा नयाँ शक्तिको रुपमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेका छन । यद्यपि यो निर्वाचनबाट सवैभन्दा ठूलो दलको रुपमा नेपाली कांग्रेस र नेकपा एमाले नै हुने स्पष्ट भैसकेको छ । तर, अव तेश्रो शक्तिको रुपमा नयाँ दलले जसरी जनताको मन र माया पाएको छ, त्यो ठूला दलहरुलाई चुनौति हो । सुध्रिने अवसर पनि हो । जनता परिवर्तन चाहन्छन भन्ने यो निर्वाचनले स्पष्ट गरेको छ । निर्वाचनको अर्को रोचक कुरा के छ भने उम्मेदवार नै नभएको स्थानमा पनि घण्टी चुनाव चिन्हमा जनताले स्वस्फूर्तरुपमा मतदान गरेका छन् । घण्टीको उम्मेदवार नै चुनावमा प्रतिष्पर्धा नगरेको क्षेत्रमा समेत मतदाताले घण्टीमै मतदान गर्नुले मतदाताहरु नयाँ शक्तितर्फ आकर्षित हुँदै गरेको देखिन्छ । उम्मेदवारहरुमा परिवर्तन गर्नुपर्ने वा खोज्नुपर्ने जनताको अभिमत हो । पाँच महिना अघि स्थापना भएको हाम्रो नेपाली पार्टी मतदातामाझ लोकप्रिय देखिएको छ । मतदाताहरुमा पुराना र ठूला दल भन्दा पनि नयाँ र स्वतन्त्र उम्मेदवारप्रति रुझान देखिन्छन । नयाँ शक्तिप्रति मतदाताको आकर्षण देखिनुमा धेरै कारण हुनसक्छन् । त्यो बहसको विषय होला तर २०४६ सालमा प्रजातन्त्र आएपछिको करिव ३३ बर्षको बीचमा राजनीतिमा देखिएको विकृति, विसंगति, भ्रष्टाचार, नेताहरुमा बिचलन आदि मूख्य कारण हुन भन्दा अन्यथा हुँदैन । नेपाली जनताले परिवर्तन खोजेका थिए । त्यो परिवर्तनको आशामा बर्षौं बित्यो । एउटा बालक जन्मिएर प्रौढ हुँदै गर्दासम्म पनि परिवर्तनको खासै अनुभूति हुन सकेन । जनताले कुनै न कुनै रुपको परिवर्तन खोजिरहेका थिए । त्यो यही आम निर्वाचनमार्फत अभिव्यक्त गरे । अव पुराना दलहरु सच्चिनुको विकल्प छैन । नेताहरुमा परिवर्तन र सुधार आवश्यक छ भन्ने एउटा गतिलो उदाहरण आम निर्वाचन २०७९ बन्न पुगेको छ । खासगरी मतदाताले दलहरूमा रूपान्तरण खोजेको सन्देश दिएका छन् । स्थानीय निर्वाचनमा भन्दा ठूलो विद्रोह अहिलेको निर्वाचनमा युवाहरुबाट देखिएको छ । यसलाई दलहरूले कति सुन्न सक्छन्, त्यो मुख्य कुरा हो । मतदाताले व्यवस्थाको विकल्प खोजेका होइनन्, पुराना दललाई खबरदारी गरेका हुन् । कम्तीमा यो गहन विषयमा दल र तिनका नेताहरुको अव गंभीररुपमा ध्यानाकर्षण होस् ।
अर्कोतर्फ देशको नेतृत्व अव युवाको हातमा सुम्पिनुपर्दछ भन्ने यो निर्वाचनले स्पष्ट संकेत गरेको छ । युवा उम्मेदवार भएको स्थानमा मतदाताले पुराना उम्मेदवारको विकल्प खोजेको देखियो । धेरै स्थानमा जारी मतगणनाले युवालाई सशक्त रुपमा देशको नेतृत्व सुम्पिन मतदाता तयार भएको देखियो । वास्तवमा अव जुनकुनै पार्टीको भएपनि युवालाई देशको नेतृत्वको अवसर दिनुपर्दछ भन्ने आम निर्वाचनको सन्देश हो । परिवर्तनलाई जसले पनि आत्मसाथ गर्नुपर्दछ । वास्तवमा लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । जनताले जे परिवर्तन चाहेका छन, जुन पक्षमा परिवर्तन खोजेका छन त्यसतर्फ देशलाई अगाडि बढाउनेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । जनताले व्यवस्थाको विकल्प र परिवर्तन खोजेका होइनन् । यही व्यवस्थाबाट परिवर्तन संभव छ । यो निर्वाचनले संकेत गरेको पनि यही हो । देशले खोजीरहेको परिवर्तनलाई आत्मसाथ गर्ने जिम्मा अव हामी सवैको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी