ट्रेंडिंग:

>> तेश्रो वडाध्यक्ष कप आयोजना हुने >> एन्फा महिला लिगमा आर्मीको सहज जीत >> रबिसहितलाई प्रतिबादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन >> प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह >> दाङमा धारिलो हतियार प्रयोग गरी घाइते बनाउने अभियुक्त पक्राउ >> संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय >> पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय >> नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो >> मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान >> पुस १९ र २० गते बुटवलमा रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स >> न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी >> कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सेना >> माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी >> आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री >> सहकारी अध्यादेश २०८१ सच्याउन जिल्ला सहकारी संघ रुपन्देहीको माग >> एमाले सचिवालय बैठक सुरू >> राखेप उपाध्यक्षमा रूपन्देहीका आचार्य नियुक्त >> सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सुरू >> ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट >> बंगलादेशका हिन्दु नेतालाइ छाडन अदालतले दिएन अनुमति >> भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित >> गृहमन्त्री रमेश लेखकले प्रचण्डलाई धन्यवाद दिन तयार रहने प्रस्ताव >> विभागिय टिम त्रिभुवन आर्मीको पहिलो जित >> काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोकमा केन्द्रविन्दु >> तराईका जिल्लामा अत्यधिक चिसो, चिसोबाट जोगिन चिकित्सकको सुझाव >> राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिग चरण आजदेखि सुरु >> चर्चित बालगायक सचिन परियारको निधन >> दलित आयोगकी पुर्व सदस्य सचिवको ठगी धन्दा, क्यान्सरपीडित महिलासँग ८४ लाख ठगी >> पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन >> शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ मागे >> कृषि व्यवसायमा रमाउदै दाङका खनाल >> काठमाडौंको पिंगलास्थानस्थित होटलमा युवतीको शव फेला >> १२ निर्माण कम्पनी कालोसूचीमा >> सुन र चाँदीको मूल्यमा वृद्धि >> आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने >> प्रि ओपन सेसनमा २.३३ अंकले वृद्धि >> प्रधानमन्त्री ओली र श्रीलङ्ककाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता >> युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा >> तरूण दलको संयुक्त भेला अन्तिम समयमा स्थगित >> माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा >> भारतमा भेटियो झन्डै १ करोड मुल्यको घोडा, तैपनि मालिकले बेचेनन् >> जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या >> एमाले सचिवालय बैठक बस्दै >> जिम्बाबेमा मृत्युदण्ड सम्बन्धि व्यवस्था खारेज, ६० कैदीको जोगियो ज्यान >> युक्रेनले बाटाे नदिदाँ युरोप जाने रुसी ग्याँस बन्द, ६० बर्ष पछि युराेपमा आपतकाल >> पृथ्वी चन्द्र अस्पतालमा भ्रष्टाचार भएकै हो त ? >> क्रुरतापुर्वक कुकुर मार्ने दुई पक्राउ >> औद्योगिक ब्यापार मेला र बुटवल >> कारागारलाई सुधार गृह बनाऊ >> कपुचेको आँखा अघि हिम पहिरो र हिमाल

समूहमार्फत जीवन परिवर्तन गर्दै मुक्त कमलरी

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

दाङ, १९ पुस ।

घोराही –४ सुनपुरकी सुधनी चौधरी पनि पूर्व कमलरी हुन् । उनी कमलरी मुक्त भएपछि व्यावसायिक रुपमा बंगुरपालन गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र आइएम नेपालले विपन्न र मुक्त कमलरीलाई आर्थिक र मानसिक रुपमा सक्षम बनाउने उद्देश्यले स्थापना गरेको सुनौलो पशुपालन महिला समूहमा आवद्ध भएर उनले व्यावसायिक रुपमा बंगुर पालन गरेकी हुन् । विपन्न वर्गको उत्थानका लागि उपलब्ध गराउँदै आएको घुम्ती कोषबाट २० हजार निःशुल्क ब्याजमा ऋण लिएर व्यावसायिक बंगुर पालन गरेको उनले बताइन् । तीन वटा बंगुरबाट व्यावसाय सुरु गरेको उनीसंग अहिले २० वटा बंगुर छन् । छुट्टाछुट्टै सातवटा खोर छन् । साना र ठूलालाई अलग अलग स्थानमा राख्न सकिने व्यवस्था छ । वंगुर पालनसंगै तरकारी खेती गरेकी सुधनी अहिले हरेक कुरामा अगाडि छन् । बंगुर र तरकारी खेतीले आम्दानी प्रशस्त भएको उनको भनाई छ ।

घोराही–४ लक्ष्मीपुरका निशा चौधरी पूर्व कमलरी हुन् । कमलरीबाट मुक्त भएपछि उनले आइएम नेपाल र मुक्त कमलरी विकास मन्चले दिएको कुखुरा काट्ने तालिम गरिन् । सोही तालिमले उनलाई व्यवसायी बनाएको छ । घोराही– ४ लक्ष्मीपुरमा मासिक तीन हजार दिने शर्तमा कोठा भाडामा लिएर (निसा फ्रेस हाउस) का नाममा कुखुरा काट्न सुरु गरेकी छन् । पहिले एक्लै सुरु गरेको व्यवसाय अहिले श्रीमान्ले पनि सघाउने गरेको उनले बताइन् । भारतमा कामका लागि गएका श्रीमान् गोपाल चौधरीलाई गत वर्ष घरमा बोलाएर संगसंगै व्यवसाय गरेकी छन् ।

मुक्त कमलरी विकास मंच र आइएम नेपालको सहयोगमा श्री उज्ज्वल पशुपालन महिला समूह गठन गरिएको छ । सदस्य रहेर उनले मासिक बचत र अन्य जीवन उपयोगी सिप सिकेको बताइन् । स्वदेशमा केही गर्नु पर्छ भन्ने कुरा पनि समूहमा सिकेकाले घर बाहिर रहेका श्रीमान्लाई घरमा बोलाएको उनको भनाई छ । धेरै कुरा जानेको, व्यवसाय गर्न हौसला मिल्नुका साथै चार जनाको परिवारलाई सजिलोसंग खर्च पुगेको छ । घर खर्च र दुइवटा बच्चाको पढाइ खर्च सबै फ्रेस हाउसको आम्दानीले धानेको उनले बताइन् । अब श्रीमान् श्रीमती दुबै मिलेर व्यवसायलाई थप गरेर स्वदेशमा आम्दानी गर्ने विचार उनको छ ।

मुक्त कमलरी र विपन्न परिवारको जीवनमा परिवर्तन गर्नका लागि आइएम (स्विडिस्) को सहयोगमा व्यावसायिक कृषि, सरसफाइ, समूह व्यवस्थापन, घुम्ती कोष परिचालन जस्ता विविध विषयमा संस्थाले सहजीकरण गर्ने गरेको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका भित्रका तीनवटा वडामा १३ वटा समुह बनाएर महिलाहरुलाई सशक्तिकरणका लागि सहजीकरण गरेको छ ।

समूहमा आबद्ध महिलाहरु बालविवाहको विरुद्धमा आवाज उठाउन सक्ने र बाल विवाहलाई रोक्न सक्ने भएका छन् । गाउँघरमा हुने महिला माथिका विभेदका विरुद्ध आवाज उठाउन सक्ने भएका छन् । समूहमा बस्दा आफ्नो नाम भन्न पनि डराउने, लजाउने महिलाहरु आहिले आफ्ना समस्याका बारेमा खुलेर छलफल गर्ने भएको फिल्डमोटिभेटर सुनिता चौधरी बताउँछिन् । “समूहमा बस्न नमान्नेहरु अहिले बैठक बस्ने दिन कुरेर बसेका हुन्छन्”–उनले भनिन् ।

मुक्त कमलरीहरु आर्थिक समाजिक रुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूह मार्फत आय आर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार ७ सय २१ जना सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा पालन, बंगुर पालन, किराना पसल र नास्ता पसल संचालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी बिकास मंचका केन्द्रीय अध्यक्ष हिरा चौधरीले जानकारी दिइन् । उनले मुक्त कमलरी सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?