ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

कृषि व्यवसायमा रमाउदै दाङका खनाल

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

दाङ ।

यतिबेला कागतीका फल पाकेर पहेलै भएका छन् । रोपेको दुई वर्षमा बिरुवाले फल दिन थालेपछि किसानको मुहारमा खुशी छाएको छ ।

घोराही उपमहानगरपालिका –६ बचाहाका भिमप्रसाद खनालले व्यावसायिक रुपमा कागती खेती गरेका छन् । धान झुल्ने खेतमा बाह्रै महिना पानीको सुबिधा नभएपछि धान भन्दा कागतीबाट फाइदा हुने देखेर व्यावसायीक रुपमा कागती खेती गरेको उनले बताए । बिष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको नामको फाम दर्ता गरेर व्यावसायीक कागती खेती गरेको पाँच वर्ष भएको उनले बताए । उनले आफ्नो १२ कठ्ठा जमिनमा पाँच बर्ष अघि रोपेका सुन कागतीले रोपेको दोस्रो बर्ष देखि फल दिन थालेका छन् ।

कागती रोपेको जमिनलाई तारजाली लगाएका छन् । बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको उनले बताए । ‘सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनत अनुसारको उत्पादन भएन,’ उनले भने, ‘त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।’ उनको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् । कागतीलाई बजारको समस्या छैन, धान खेती गर्दा जस्तो समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन, उनले भने, ‘कम मेहनत र थोरै लगानीमा पनि राम्रो आम्दानी भएको छ ।’ कागतीलाई गोवर मल र सिद्रा माछाको घुलो मलको रुपमा राख्ने गरेको उनले बताए ।

२ सय ६५ कागतीका बोटबाट वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । दैनिक ४० देखि ५० किलो बिक्री हुने गरेको छ । कागती रोपेर बचेको एक कठ्ठा खेतमा तिहारको लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उनले बताए ।

उत्पादन भएको कागती घोराही वजारमा बिक्री हुने गरेको छ । फुटकर किलोमा एक सय रुपैया र थोकमा चार सय रुपैयामा पाँच किलो बिक्री हुने गरेको उनले बताए । कागती फलेको समयमा सस्तो मुल्यमा बिक्री गर्नेुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उनको भनाइ छ । आफ्नै लगानीमा व्यावसायीक कागती खेतीमा लागेको र कुनै सरकारी निकायले सहयोग नगरेको उनले बताए । पहुँचका भरमा गैर किसानले अनुदान लिदा साह्रै दुख लाग्ने गरेको उनले बताए ।

स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रको लागि सहयोग गर्नपनि आग्रह गरे । पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले फाइटर कुखुरा पनि पालेका छन् । ४० वटा फाइटर कुखुरा बिक्री बाट प्रशस्त आम्दानी हुने उनको आसा छ । अन्य कुखुराको तुलननामा फाइटर महङोमा बिक्री हुने उनको भनाइ छ । ६ वटा बाख्रा पनि छन् । यही मंसिरमा एउटा बोका ८० हजार पाँच सयमा बिक्री गरेको उनले बताए । बास्तबिक किसान ओझेलमा पर्ने गरेका कारण हरेक अवसरबाट बन्चित गर्न नहुने उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रुपमा कागतीखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला घरायसी प्रयोजनका लागि दुई/चार बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । ३ वर्ष अघि ५० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागती खेती हुने गरेको छ ।

ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिक टन कागती उत्पादन भइरहेको छ । जुन कागतीले रोपेको दुइ वर्ष भित्रमा आम्दानी दिन थालेपछि व्यावसायीक रुपमा खेती गर्नेको सख्या बढ्दै गएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?