© २०२३
काठमाडौं ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.६३ अंकको वृद्धि सहित २५८६.०२ विन्दुमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा बजारमा सामान्य अंकको वृद्धि भएको छ, र यससँगै कारोबार रकम पनि बढेको छ। आजको कारोबारमा चार अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको तीन अर्ब ५९ करोडको तुलनामा अधिक हो।बजारमा १५६ कम्पनीका सेयरको मूल्य वृद्धि भएको छ भने ७७ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीका मूल्य स्थिर रहेका छन्।
यस दिन विशेष गरी विकास बैंकको समूहमा आकर्षण देखिएको छ। विकास बैंक समूहका सेयरमा सबैभन्दा बढी २.४० प्रतिशत वृद्धि भएको छ। फाइनान्स समूह ०.४१ प्रतिशत, होटल र पर्यटन ०.६९ प्रतिशत, हाइड्रोपावर १.८७ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, उत्पादन ०.८० प्रतिशत, निर्जीवन बीमा ०.७७ प्रतिशतले वृद्धि भएको छ।
न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै सामुदायिक लघुवित्त, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, रिभरफल्स पावर, आत्मनिर्भर लघुवित्त, र त्रिशुली जलविद्युतका सेयर मूल्य पनि क्रमशः ७.८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढेका छन्।सपोर्ट माइक्रोफाइनान्सको मूल्य ५.०२ प्रतिशत, जानाकी फाइनान्सको ३.६ प्रतिशत, नेपाल टेलिकमको ३.२ प्रतिशत र पोखरा फाइनान्सको मूल्य ३.१ प्रतिशत घटेको छ।
कारोबार रकमको आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर प्रमुख कम्पनीहरू रहेका छन्।