ट्रेंडिंग:

>> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ? >> प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु >> आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै >> सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता >> देविनगर-११ ब्याईजको विजयी शुरुवात >> सियारीमा पांचौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मैनहिया माविलाई >> दाङमा माघ सांस्कृतिक महोत्सव सुरु >> डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी >> स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो सुझावसहितको प्रतिवेदन >> एमाले उपाध्यक्षको पुस्तक बिमोचित >> लोकसेवा आयोगको सुझावः ६० वर्षमा अनिवार्य अवकाश र ३२ वर्ष उमेरमा सेवा प्रवेश >> विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन >> सरकारले १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप दिने >> सल्यानबाट यस वर्ष ४१ करोडको अदुवा निकासी >> राप्रपा नेपालको केन्दीय समिति बैठक सुरू >> बैंकहरूको निष्क्रिय कर्जा र लगानीमा कमी >> रौतहटमा इ रिक्सावालाले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न >> दाउन्ने एग्रो फार्मले १० करोडको आईपीओ जारी गर्ने >> युद्द बिराम उलङ्घन गर्दै इजरायलद्धारा लेबनानमा बमवारी जारी >> वाइडेन श्रीमतीलाइ सबैभन्दा महंगो उपहार दिने मोदी, सार्वजनिक भयाे सुची >> अस्ट्रेलियामा ज्याला चोरीलाई अपराध मान्ने नयाँ कानुन लागू >> उत्तरदायी र व्यावसायिक पत्रकारिता आजको आवश्यकताः मुख्यमन्त्री >> मुख्य सचिवको अवधि घटाउने लोकसेवा आयोगको प्रस्ताव >> जिल्ला तहको मर्यादाक्रममा प्रजिअ पहिलो नम्बरमा हुनुपर्छ : लोक सेवा अध्यक्ष >> दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना >> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ >> आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक >> कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ >> कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज >> शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज >> सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड >> रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि >> पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह >> स्वास्थ्य सचेतनाका लागि दौड गर्दै चिकित्सक संघ
औद्योगिक व्यापार मेला

दोहोरीमा खस्यौली, भ्वाईस अफ बुटवलमा किरण, टिकटकमा नेत्र र डान्समा पवनलाई उपाधि

१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

बुटवल, १७ पुस ।

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराए ।

मेलामा आयोजना गरिएको खुल्ला लोकदोहोरी गित प्रतियोगितामा खस्यौली रोधी क्लव बुटवल प्रथम भएको छ । बुधबार भएको फाईनल प्रतिस्पर्धामा दरवार रोधी क्लव काठमाण्डौलाई पछि पार्दै खस्यौली प्रथम भएको हो । प्रतियोगितामा दरवार रोधी क्लव द्वितीय भएको छ । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागलुङ समान अंक सहित तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने खस्यौली रोधी क्लव बुटवलको समुहलाई ७५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । त्यसैगरी द्वितीय हुने दरवार रोधी क्लव काठमाण्डौंको समुहलाई ५० हजार, तृतीय हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागलुङको समुहलाई समान १८ हजार हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यसैगरी मेलामा आयोजना गरिएको टिकटक प्रतियोगितामा टिकटकर नेत्र न्यौपाने प्रथम, ऊसा खत्री द्वितीय र गणेश सापकोटा तृतीय भएका छन् । टिकपटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिकटकर न्यौपाने, खत्री र सापकोटालाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

बुधबार नै भ्वाईस अफ बुटवल र डान्स च्याम्स अफ बुटवलको पनि फाईनल भएको छ । मेलामा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि रुपन्देहीको मणिग्राम निवासी प्रवेश न्यौपानेले प्राप्त गरेका छन् । भ्वाईस अफ बुटवलको उपाधि सहित न्यौपानेलाई ५५ हजार रुपैंया नगद पुरस्कार, प्रमाण पत्र, गिफ्ट ह्याम्पर प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए ।

त्यसैगरी भ्वाईस अफ बुटवलमा पर्वत रानीपानीका पवन अधिकारी फस्ट रनर अप र देवदह ७ का सचिन विश्वकर्मा सेकेन्ड रनर अप भएका छन् । उनीहरुलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र पदान गरिएको छ ।

त्यसैगरी डान्स च्याम्स अफ बुटवलको उपाधि बुटवल प्रगतिनगरका किरण मगरले प्राप्त गरेका छन् । उनलाई उपाधि सहित ३५ हजार रुपैंया नगद पुरस्कार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा बुटवल देवीनगरका जोयना थापा फस्ट रनर अप र बुटवल लक्ष्मीनगरकी संजीता मगर सेकेन्ड रनर अप भएका छन् । उनीहरुलाई पनि क्रमशः २० हजार रुपैंया र १० हजार रुपैंया नगद पुरस्कार, प्रमाण पत्र सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिएको मेलामा खुल्ला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल, टिकटक प्रतियोगिता सहित विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्यूटि प्रतियोगिता गरिएको थियो ।

मेलामा बुधबार आधुनिक गायिका देवीका बन्दना, अस्मिता अधिकारी, आधुनिक गायक महेश काफ्ले, लोक तथा दोहोरी गायिका राधिका हमाल, राजु ढकाल, पूर्णकला विसी, श्यामकला भण्डारी, दुर्गा सापकोटा, रितु शाही, बसन्ता खनाल, हास्य कलाकार पुरुषोत्तम भण्डारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । मेला विहिबार सकिने छ । मेलाको समापनमा उत्कृष्ट स्टल, प्रायोजक लगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार समितिका संयोजक चापागाईले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?