Butwal Today

न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी

१८ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, १८ पुस ।

अनुसन्धान अधिकारीहरूले  न्यु अर्लिन्समा भएको आक्रमण र लस भेगासमा ट्रम्प होटल बाहिर टेस्ला साइबर ट्रक विस्फोट बीच सम्भावित सम्बन्ध छ कि भनेर खोजि गरिरहेका छन्। दुवै घटना नयाँ वर्षको केही घण्टामै घटेका थिए।

‘हामी न्यू अर्लिन्समा के भयो र विश्वभरि भइरहेका अन्य आक्रमणहरूमा कुनै पनि सबन्ध छ कि भनेर अनुसन्धान गरिरहेका छौं,’ केभिन म्याकमहिल, लस भेगास मेट्रो पुलिस विभागका शेरिफले भने ।

शेरिफले भने, ‘प्रहरीले होटल बाहिर भएको विस्फोटको आईएसआईएससँग कुनै सम्बन्ध छ कि छैन भनेर खोजी गर्ने काम गरिरहेको छ, तर ूहामीसँग लस भेगासमा त्यस्तो कुनै संकेत अझैसम्म देखिएका छैनन ।’

एफबीआईका अनुसार साइबरट्रक विस्फोट एक पृथक घटना हो र जनताको लागि कुनै खतरा भने भएको छैन ।

‘दुबै घटनामा प्रयोग भएका गाडीहरू टुरोबाट भाडामा लिएका थिए,’ प्रहरीले भन्यो । एउटा प्लेटफर्म जसले आफ्नो कार भाडामा लिने दिने गर्दछ ।पहिलाे पटक साइबर ट्रक प्रयाेग गरेर अमेरिकामा बिष्फाेट गराइएकाे हाे ।