काठमाडौं ।
काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३ सय ८ मा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। प्रहरीले जनाएको अनुसार, युवती अन्दाजी २२/२३ वर्षकी थिइन् र बुधवार दिउँसो शव फेला परेको हो।
प्रहरीका अनुसार, होटलको कोठाको ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीले मिलेर ढोका खोलेर शवको अवस्था जाँच गर्दा युवती मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र जिल्ला प्रहरी परिसर, काठमाडौँ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
मृतकका आफन्तबाट जाहेरी दरखास्त लिइ आवश्यक थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।