© २०२३
मकवानपुर ।
मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो।
मनहरी–५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रा मारेको थियो।