ट्रेंडिंग:

>> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> नयाँ जनभावनाअनुरूप सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर : प्रधानमन्त्री कार्की >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी

ल्होसारका अवसरमा बुटवलमा झाँकीसहितको -याली

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

बुटवल ।

तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व सप्र्ही ल्हो (सर्प बर्ग) ल्होसारको अवसरमा बृहत् झाँकी सहित शान्ति र्याली सम्पन्न गरेको छ । “तमु थात थलोको संरक्षण र सम्बर्धनका लागि मौलिक पहिचानको आहवान, सरकारी कामकाजी भाषा तमु भाषाको घोषणाका लागि तमुवानको आन्दोलन“ भन्ने मूल नाराका साथ र्याली निकालिएको हो ।

पुष्पालाल पार्कबाट सुरु भएको झाँकी र्याली नगर परिक्रमा गर्दै परिषदको प्राङ्गण रामनगरमा पुगेर समापन भएको थियो । कार्यक्रमको उदघाटन प्रतिनिधि सभा सद्स्य एवं पुर्व शहरी विकास मन्त्री सीता गुरुङले गरेकी थिइन् । कार्यक्रममा बोल्दै उनले गुरुङ जातिहरु भाषा, संस्कार संस्कृती र रितिरिवाजहरुमा धनी भएको र भाषा नजानेका सबै गुरुङ्हरुलाई पनि समेटन सक्यौ भने मात्र गुरुङ एकता हुने बताइन् ।

आफुले संविधान सभामा सपथ लिंदा पनि गुरुङ भाषाविद संग सहकार्य गरेर गुरुङ भाषा र गुरुङ भेषभुषा लगाएर सपथ लिएको उनले बताइन् । हामी सबै आदिवासी जनजातिहरु भएकाले आधिकार र पहिचानका लागि सबै गुरुङ्हरु एकजुट भएर राज्य संग लड्नु पर्ने उनले बताइन् ।

आफू शहरी विकास मन्त्री हुदा तमु ह्युल छोज धि जिल्ला समितिको प्राङ्णमा बन्दै गरेको साँस्कृतिक पर्व र साँस्कृतिक धरोहरका रुपमा रहेको तमु सङ्ग्रहलयका लागि राज्य सरकारबाट ७० लाख रकम बिनियोजित गरेको बताइन् । आगामी दिनहरुमा पनि केन्द्रबाट सहकार्य गरेर गुरुङ सङ्ग्रहालयका लागि गर्न सकिने सहयोगका लागि गर्ने उनले बताइन् ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्त भिम गुरुङ, केन्द्रीय सचिव जिएस गुरुङ, केन्द्रीय सदस्य एवं प्रदेश प्रमुख झप्पट गुरुङ, केन्द्रीय सदस्य दिपक गुरुङ, तमुस्यो ह्युल केन्द्रीय अध्यक्ष टिचन गुरुङ, नगर समिती अध्यक्ष बुद्धि प्रसाद गुरुङ, महासंघका उपाध्यक्ष इन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी इकाई स्तरीय नृत्य प्रतियोगितामा लोक दोहोरी गायक तथा नायक धन बहादुर गुरुङ, मम आइडल बिजेता कृष्ण कुमारी गुरुङ र नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा दश वटा इकाई समितिलाई पछि पार्दै दिपनगर इकाई समितीले प्रथम पुरस्कार नगद सात हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी रामनगर इकाई समिती रामनगरले द्वितीय पुरस्कार नगद पाँच हजार र प्रमाण पत्र प्राप्त गरेको छ भने तृतीय पुरस्कार खेमा समाज देवदहले नगद तिन हजार र प्रमाण पत्र र सान्त्वना पुरस्कार नगद एक हजार पाँच सय इट्टाभट्टी इकाई समिती बुटवलले प्राप्त गरेको छ ।

त्यसैगरी भेषभुषा र संस्कार संस्कृति झल्किने गरी निकालिएको शान्ती र्यालीमा उत्कृष्ट दिपनगर इकाई समितिले दश हजार नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी यस बर्ष पनि नगर समितिले जेहेन्दार तथा छात्र बृत्तिका लागि नहरपुर इकाईका सुनिता गुरुङ, बदेलपोखरी इकाईका प्रशान्त गुरुङ, रामनगर इकाईका सुसन गुरुङ, मैनानगर इकाईका हिमानी गुरुङ, इट्टाभट्टी इकाईका एलिजा गुरुङ र ज्योतिनगर इकाईका अस्मिना गुरुङ्लाई पोशाक, कपि र कलम वितरण गरेको छ । कार्यक्रममा अवसरमा परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङ, वरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङ, सचिव आशा गुरुङ र शेर जङ (ईश्वर) गुरुङ्गायतले पनि आ–आफ्नो धारणा राखेका थिए । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले यसरी नै हरेक बर्ष सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै ल्होसार पर्व भव्य रुपमा मनाउदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?