Butwal Today

युवाहरुमा राष्ट्रिय पोशाकप्रति मोह बढ्दै

१७ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सबै पोशाकको सम्मानः ‘नेपाली टोपीःहाम्रो पहिचान’ भन्ने नाराका साथ युवा अभियान नेपालले बुधबार काठमाण्डौँमा राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो । पछिल्लो समय युवा पुस्तामा राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाउने मोह बढ्दै गएको युवा अभियान नेपालले जनाएको छ ।

राष्ट्रिय पोशाक र टोपीले नेपालको मौलिकता झल्काउँने भएकाले अन्य दिन नलगाए पनि, जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवसका अवसरमा राष्ट्रिय पोशाक लगाउन युवा अभियान नेपालले आवहन समेत गरेको छ ।

नेपाली पहिचानका रुपमा रहेको दौरासुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न वि.सं २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन सुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?