ट्रेंडिंग:

>> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित)
जथाभावी उत्खनन असरः

कुलोमा पानी छैन, किसानलाई निद्रा

बिगतमा कहिल्यै पानीको समस्या नझेलेका त्यहाँका किसानलाई अहिले भने धानमा सिंचाई कसरी गरौं भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘पहिले कुलोमा प्रसस्तै पानी हुन्थ्यो । पानी बढि भएर छताछुल्ल हुन्थ्यो अर्का किसान निमबहादुर दर्लामीले भने–अहिले त कुलोमा पानी खोज्नुपर्ने अबस्था आयो ।’
१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

लमही, १६ साउन ।  जथाभावी तवरले राप्ती नदिको उत्खनन् हुँदा नदिको बहाव नै परिर्वतन भएको छ । जसको कारण नदीबाट कुलोमार्फत सिंचाई गर्ने किसान प्रत्यक्ष प्रभावित भएका छन् । एकाएक राप्तीको धार बदलिएर कुलोमा पानी नचढेपछि किसान समस्यामा परेका छन् । त्यसरी उत्खनन् हुँदा समेत स्थानीय प्रशासन मुकदर्शक भएर बस्दा खेती किसान प्रभावित बनेका हुन् ।

अहिले खेतमा धान लगाएर सकिएको छ । धान खेतलाई पानीको आवश्यक पर्ने बेला कुलो भने सुख्खा छ । राप्तीका अधिकांश खेतबारीको सिंचाइको भर त्यही कुलोको पानी हो । राप्तीको प्रगन्ना कुलो सिंचाई आयोजना अन्तर्गतका पहिलो र दोस्रो गरी दुईवटा ईन्टेक छन् । पहिलो ईन्टेकबाट बग्ने कुलामा पानी नहुँदा त्यसबाट आश्रित किसानहरू समस्यामा छन् । पहिलो ईन्टेकको मुहान ईलाका प्रहरी कार्यालय र हनुमानगडीको बीचमा छ । त्यसै मुहानबाट उत्तर किनारै किनार किसानका खेतसम्म कुलो पु¥याइएको छ । सधै कुलोमा बग्ने पानी अहिले भने भालुबाङ पुलमुनीबाट धार परिबर्तन गरि दक्षिण किनारबाट बग्न थालेको छ । कुलोभन्दा नदिको सतह कम भएका कारण यस्तो समस्या निम्तिएको हो ।

पहिलो ईन्टेकबाट राप्तीका १५ सय हेक्टर जमिन सिँचाई हुने गर्दछ । राप्तीका १,२,३ र ४ नम्बर वडा अन्तरगतका पाखापनी, लामटिया, बराखुठी, मसुरिया, शान्तीबाघगड्डी सिउंगुडे, मजनीगड, पिपरखुटी, सुन्दरपुर लगायतका बस्तीहरू प्रगन्नाको पहिलो ईन्टेकबाट आश्रित छन ।
पुलमुनीबाट राप्तीले धार बदलेपछि किसानहरू जुटेर अस्थाई बाँध बनाए । लगत्तै कुलामा पानी त बग्यो तर पहिले जस्तो पर्याप्त भएन । अहिले किसान मोटर र बोर्डिङको बिकल्प खोज्न थालेका छन । “पानीको बहाब बढेपछि नदिले धार बदल्यो । कुला सुख्खा भयो । पुलमुनी अस्थाई बाँध बनाईयो किसान चिन्तामणी सुबेदीले भने–पानी त कुलामा बग्यो तर अलिअलि मात्र ।“ हाल बगिरहेको पानीले नजिकका बस्तिहरूको केही समस्या हल भएपनि पश्चिमका अन्य बस्तिहरूमा भने समस्या उही झेल्दै आएका छन् ।

तत्काल समस्या समाधानका निम्ती किला ढुँगा राखेर अस्थाई बाँध बनाईयो । फेरि बाढी आउछ बगाउँछ सुबेदीले भने त्यो बाँध कति टिक्ला ? प्रश्न तेर्सिएको छ । बिगतमा कहिल्यै पानीको समस्या नझेलेका त्यहाँका किसानलाई अहिले भने धानमा सिंचाई कसरी गरौ भन्ने चिन्ताले पिरोल्न थालेको छ । “पहिले कुलोमा प्रसस्तै पानी हुन्थ्यो । पानी बढि भएर छताछुल्ल हुन्थ्यो अर्का किसान निमबहादुर दर्लामीले भने–अहिले त कुलोमा पानी खोज्नुपर्ने अबस्था आयो ।“ उनले जथाभाबी उत्खनन्का कारण नदिले धार बदलेको बताए । उत्खनन् नगरौ भनेर बारम्बार सरकारलाई आग्रह गरेपनि नितिगत रूपमा हुने उत्खनन्ले किसान मर्कामा पर्ने गरेको उनले बताए । प्रगन्नाको दोस्रो ईन्टेक आसपासमा नितिगत उत्खनन् गरिएको थियो ।

राप्ती गाउपालिकाले प्रगन्ना कुलो सिँचाई सफाई भनेर टेण्डर आह्वान गर्यो । काम शुरु भयो । उत्खनन् तोकिएको ठाउँभन्दा अन्यत्र भयो । “कुलो सफाई“ कागजमा मात्र सिमित रह्यो । राप्तीमा जथाभाबी उत्खनन् नै अहिले किसानका लागी ठूलो समस्याका रूपमा खडा भईदियो । जुन उत्खननका क्रममा पत्रकारदेखी उच्च पदस्थसम्मलाई रकम लिएको भन्ने आरोप समेत लाग्यो । त्यसको तत्काल असर अहिले किसानहरूले झेल्नुपरिरहेको छ । अहिले देखापरेको किसानका समस्या निम्तिनु मनपरी उत्खनन् नै भएको जानकारहरू बताउँछन ।
प्राबधानलाई कुल्चिएर हेभी मेसिनहरूको प्रयोगले उत्खनन् गर्दा नदिको सतह घटेको समाजसेवी महेश रिजालले बताए । अहिले जता ओरालो उतै पानी बग्न थालेको छ । जसले गर्दा कुला सुख्खा हुँदै गईरहेका छन ।

“जथाभाबी उत्खनन् नगरौ । किसान समस्यामा पर्छन भन्दापनि सुनुवाई भएन रिजालले भने– देखियो त तत्कालै समस्या । अझै कति समस्या झेल्नुपर्ने हो ।“ उत्खनन् सँगै पहिलो ईन्टेक कच्चि भएका कारणपनि यस्तो समस्या निम्तिएको रिजालको बुझाई छ । ५५ सालमा पहिलो ईन्टेक निर्माण भएको हो । अहिले सम्म पक्की हुन सकेन जसले गर्दापनि किसान मर्कामा परेका छन रिजालले भने ।

यो भन्दा पहिले प्रसस्त पानी हुँदा त्यहाँका किसानले हिँउदामा पनि धान लगाएको स्मरण गर्छन । तर अहिले यो बर्खायाममा पनि धानमा कसरी सिँचाई गर्ने भन्ने चिन्ता बढ्न थालेको छ । बर्षमा दुईपटक धान उतारेर पनि मकै खेतीपनि गर्ने गरेको किसान बिजय ज्ञावलीले स्मरण गरे । “पानी प्रसस्तै हुन्थ्यो । बर्षमा ३ बालीपनि उतारिन्थ्यो ज्ञवालीले भने–अहिले त बर्खे धानपनि जलेर मर्ने होकि भन्ने चिन्ता बढेको छ ।“ उनले डेढ बिगाह जमिनमा धान लगाएका छन । ठूलो मात्रामा धानखेती गर्नेहरू झनै समस्यामा पर्ने देखिन्छ । नदिको सतह बढाउन उत्खनन् रोक्नुपर्ने किसान हरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?