ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ
फ्रन्टपेज

स्वास्थ्यकर्मीमाथि यौन दुरव्यवहारको मुद्दा

महिला कर्मचारीले प्रतिबाद गरे पछि निज फोर्मेसी ईन्चार्ज रानाभाटले जागिरबाट निकाल्ने धम्की दिदै अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डाक्टर किशोर बन्जाडे आफ्नो दाजु र संरक्षक भएकाले आफुलाई कसैले केहि बिगार्न नसक्ने बताएको घटना बिवरणमा छ ।
३० चैत्र २०७९, बिहीबार
३० चैत्र २०७९, बिहीबार

कपिलवस्तु,  चैत- बिगतमा पटक पटक बिवादमा पर्दै आएको कपिलवस्तु अस्पतालमा कार्यरत एक महिला कर्मचारी माथी डयुटीमा रहेका बेला अस्पतालमै यौन दुव्र्यवहार भएको घटना सार्बजनिक भएको छ ।

कपिलवस्तु जिल्ला अदालतमा २८ बर्षिय महिला कर्मचारीले अस्पतालका एक डाक्टर र फार्मेसी ईन्चार्ज बिरुद्ध यौन दुव्र्यवहार मुद्दा दिए सगै घटना सतहमा आएको हो । अस्पतालको फार्मेसीमा कार्यरत पिडित महिला कर्मचारीले कपिलवस्तु अस्पतालका फार्मेसी ईन्चार्ज महेश रानाभाट र डाक्टर गणेश क्षेत्रीलाई बिपक्षी बनाई कपिलवस्तु अदालतमा चैत्र २८ गते यौन दुव्र्यवहार मुद्दा दर्ता गराएकी हुन ।

२०७९ चैत्र १७ गते राती १२ बजेको समयमा अस्पतालको फार्मेसीमा कार्यरत महिला कर्मचारी माथी फार्मेसी ईन्चार्ज महेश रानाभाटले यौन दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ । आफु ड्युटीमा रहेको बेला मादक पदार्थ सेवन गरि यौन दुव्र्यवहार गर्ने उद्धेश्यले करणी आशय व्यक्त गरि संवेदनशिल अंग छोएको जाहेरीमा छ । सो पश्चात निज महिला कर्मचारीले प्रतिबाद गरे पछि निज फोर्मेसी ईन्चार्ज रानाभाटले जागिरबाट निकाल्ने धम्की दिदै अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डाक्टर किशोर बन्जाडे आफ्नो दाजु र संरक्षक भएकाले आफुलाई कसैले केहि बिगार्न नसक्ने बताएको घटना बिवरणमा छ । घटनाको तिन दिन पछि अस्पतालमा चैत्र २० गते छलफल हुदाँ आरोपितले कसुर स्विकार्दै लिखित गरेको बिषय जाहेरीमा छ ।

सो पश्चात चैत्र २१ गते निज महिला कर्मचारीले अस्पतालका प्रमुखलाई घटनाको छानबिन र कारवाहीको माग गर्दै निवेदन समेत दिए पछि चैत्र २२ गते अस्पतालका डाक्टर गणेश क्षेत्रीले बिगतमा आफुहरुले अस्पतालमा भएका यस्ता यौन दुव्र्यवहार र करणी भएको भनिएका घटना पनि अस्पताल भित्रै मिलाएको भन्दै घटना सामसुम पार्न दबाव दिएको जाहेरीमा उल्लेख गरिएको छ । अस्पतालमा ड्युटीमा रहेकी महिला कर्मचारी माथी सो कसुर गरेको आरोप लागेका व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा (१) र (२) को आधारमा मुलुकी फौजदारी कार्यबिधी सहिता २०७४ को दफा ४३ को उपदफा १ को (ग) बमोजिम ३ बर्ष कैद र ३० हजार रुपैया सम्म जरिवानाको माग दावी सहित हदै सम्मको सजाय माग गर्दै मुद्धा दर्ता गराएको देखिएको छ । कपिलवस्तु अदालतका श्रेस्तेदार सुमन पाण्डेले मुद्दा दर्ता भए पनि गोप्य राख्ने अन्र्तगतको मुद्दा भएकाले सो बिषयमा तत्कालै बोल्न नमिल्ने बताए ।

यस अघि पिडित महिला कर्मचारी र उनका परिवारले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिन खोजे पनि कपिलवस्तु प्रहरीले जाहेरी लिएको थिएन । प्रहरीले जाहेरी नलिए पछि पिडित महिला कर्मचारीले अदालतबाट मुद्दा चलाउने प्रक्रिया अगाडी बढाएकी थिईन । पछिल्ला दिनमा सामाजिक सञ्जालमा अस्पतालमा यस्ता घटना हुदै आएको भए पनि मेसु डाक्टर किशोर बन्जाडे र कर्मचारीले ढाकछोप गर्दै आएको टिकाटिप्पणी हुदै आएको थियो ।

सामाजिक सञ्जालमा घटना बारे टिका टिप्पणी शुरु भए पछि अस्पतालले चैत्र २६ गते प्रेस बिज्ञप्ती जारी गरेको थियो । अस्पतालको प्रेस बिज्ञप्तीमा कपिलवस्तु अस्पतालको फार्मेसी फाँटको बिषयलाई लिएर अस्पताल, मेसु डाक्टर किशोर बन्जाडे र आरोपित डाक्टर गणेश क्षेत्रीको नामा जोडेर सामाजिक सञ्जालमा आएका पोष्टहरुमा सत्यता नरहेको जनाईएको थियो । त्यस्ता पोष्ट शेयर गर्ने गराउने व्यक्तिलाई कानुन अनुसारको कारवाहीको माग गरि प्रक्रिया अगाडी बढाउने चेतावनी बिज्ञप्ती मार्फत दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?