ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

मिडियामाथि हस्तक्षेप बन्द गर : देउवा

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने बताएका छन् । बुद्ध टेलिभिजनको एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई मिडियामाथि हस्तक्षेप नगर्न चेतावनी दिँदै उनले भने–‘यहाँ मिडियालाई कुनै पनि अवरोध सीडीओबाट भए हामीले काठमाडौमा आन्दोलन गर्नेछौं ।’ मनपरी गर्ने सिडिओलाई आफूले ठेगान समेत लगाउने बताए । देउवाले टेलिभिजनको ११ औं साधारण सभा तथा अधिवशेन रोक्नको लागि रूपन्देही सिडिओ उदय बहादुर रानाको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले शुक्रबार पत्र पठाएका थिए ।
सेयर सदस्य श्यामकली आचार्य लगायतले टेलिभिजनको साधारण सभा र अधिवेशन रोक्न माग गरेको भन्दै प्रशासनले साधारणसभा रोक्न सो पत्र पठाएको थियो । सो जानकारी पाएसँगै देउवा प्रजिअमाथि आक्रोसित भएका हुन् । करिब तीन मिनेटको सम्बोधनका क्रममा अधिकांश समय सीडीओमाथि खनिएका देउवाले पाँच नम्बर प्रदेशमा रहेका संचारमाध्यमले बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्नुपर्नेमा पनि जोड दिए । यस्तै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका नेता एवं संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी बुटवलबाट अन्तै सार्छौं भन्ने अभिव्यक्ति बेलाबेलामा दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले वर्तमान सरकारले हरेक क्षेत्रमा चर्को कर लगाएर नागरिकलाई मर्कामा पारेको बताए । कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत योगदान करबाट असुलिएको बताउँदै उनले भारतमा भने करको योगदान १२ प्रतिशत मात्र रहेको बताए ।
कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी, नेकपा प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठ, कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले पनि मन्तब्य राखेका थिए । कार्यक्रममा टेलिभिजनले बाँकेका अग्रज पत्रकार पन्नालाल गुप्ता, बुटवलका साहित्यकार जंग बहादुर शाह, गायिका मना छन्तेल र लन टेनिस प्रशिक्षक विकास खड्कालाई नगदसहित सम्मान पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?