© २०२३
नवलपरासी, ९ पुस ।
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य बीमा लागू भए देखि ढाई करोड भन्दा बढि रकम विमा माग (क्लेम) नगर्दा घाटा भएको छ । अस्पतालका मेसु लगायत कर्मचारीका लापर्वाहीले सो रकम अस्पतालले घाटा ब्यहोर्न परेको हो ।
आन्तरिक आयबाट बिमित परिवारलाई उपचार गर्ने तर सो रकम बिमा बोर्डसँग माग नगर्दा अस्पतालको आन्तरिक आयमा घाटा ब्यहोर्न परेको अस्पतालकै एक कर्मचारीले बताए । विगत बर्ष देखि नै अस्पतालको रकम घाटा गराई रहने मेसु र कर्मचारीलाई आवश्यक छानविन गरि कारवाहीको माग समेत केही स्थानीयले गरेका छन् । गत बर्ष पनि मात्रै झण्डै चालिस लाख विमा रकम घाटाले अस्पतालकै घाटा भएको भन्दै सो घाटा कस्ले परिपूर्ति गर्ने भन्ने चाँसो राख्दै प्रश्न उठ्न थालेको छ । विगत बर्षको पुरै घाटा जोड्ने हो,भन्ने ढाई करोड जति पुग्ने दाबी कर्मचारीको थियो । कर्मचारीको नाममा विभिन्न भत्ता थप गर्ने समितिले सहमति दिइने तर कर्मचारीकै कारण लाखौ रुपियाँ घाटा हुँदा सो रकमको सोधभर्ना को कस ? बाट भराउने कुरा प्रति नागरिक समाजको ध्यानाकर्षण भएको थियो ।
विरामी वा जनतालाई समान्य छुट पाउने वा सुविधा माग्दा विभिन्न बहाना बनाउने अस्पताल कर्मचारी,स्वास्थ्यकर्मी,अस्पताल प्रशासन र पदाधिकारी माथि समेत नागरिक समाजले प्रश्न उठाएको छ । अस्पतालकै तथ्यांक अनुसार ३९ लाख ९ हजार ५ सय ७० रुपियाँ दाबी नगर्दा घाटा देखिएका छन् । वेवारिसे विरामी देखि अन्य जनतालाई केही सहुलियत सुविधामा अस्पतालले विभिन्न बहाना बाजी र बखेडा झिक्छ, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अस्पतालमा कर्मचारीकै कारण करोडौं रुपिया घाटा देखिएको छ । सो घाटा कस्ले ब्यहोर्ने होला ? यसको चित बुझ्दो जवाफका लागि अस्पताल प्रशासन तयार रहनु पर्छ । अस्पतालले छानविन समिति बनाइ वास्तविक कारण पत्ता लगाई सम्बन्धित कर्मचारीबाट सोधभर्ना गराउनु पर्ने माग उनले गरेका थिए । तर अहिलेसम्म पनि त्यसबारे छानविन हुन सकेको छैन् ।
करोडौं रकम घाटा भइरहेको बारे अस्पताल विकास समितिले पनि चाँसो नलिइनु लज्जास्पद हो । समितिलाई पनि एक प्रकारको लज्जाबोध हुनु पर्छ, उनले भने, कर्मचारीले जे प्रस्ताव ल्याउँछन् खुरु खुरु पास गर्ने तर तिनै कर्मचारीबाट लाखौ रुपिया घाटा प्रति वेवास्ता गर्ने समिति प्रति जनताले के आशा राख्ने ? एक त बीमा रकम माग गर्दा बीमा बोर्डले रकम बेलामा दिइएको छैन् । त्यसैमा कम रकम माग गरेर अस्पताल सञ्चालनमा आफै समस्या सृजना गरेको देखिएको छ । बीमा वापत सेवा दिँदै आएको र विमा रकम आउन ढिलाई हुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । मोटो रकम विमाबाट लिइनु पर्ने तर बेलामा विमाले रकम नपठाई दिँदा समस्या देखिन थालेको हो ।
त्यसमा पनि कर्मचारीको गैर जिम्मेवारीपनले रकम नै माग गरि घाटा देखाउने गरिएको कुराले अस्पतालको अस्तब्यस्तता स्वतः प्रमाणित गर्छ । अस्पतालमा आर्थिक ब्यवस्थापनका लागि दुई चार लाखका लागि समिति पालिका धाउने र कर्मचारीले करोडौ घाटा गराउने प्रति समिति पनि गम्भिर नरहेको उनको भनाइ थियो । अस्पतालमा सरुवा भई आएका निमित्त मेसु डा.नुरुल होदाको सरुवा भएको महिना दिन पुग्दा पनि अस्पताल छाड्ने मनस्थितिमा छैनन् । मेसु होदाकै कारण अस्पतालको वातावरण ठिक नभएको भन्दै तिन जना चिकित्सक समेत राजीनामा गरि अस्पताल छाडेका छन् । चिकित्सकले विरामी चेकजाँच गरेर शल्यक्रिया जस्ता कार्यमा वृद्धि गर्दै सेवा विस्तार गरियो भने मात्र अस्पतालमा आय वृद्धि हुने हो, तर मेसुले तिनीहरूकै सुबिधा कटौती गरे पछि राजिनामा दिँदै छाड्न थालेका छन् । अहिले साउनदेखि यता अस्पतालका तीन जना वरिष्ठ विशेषज्ञ डाक्टरहरूले राजीनामा दिएका छन् । यसले विभिन्न सेवा ठप्प हुँदा बिरामीहरू मर्कामा परेको उनको भनाइ थियो । गत श्रावण महिनादेखि नै नाक कान घाँटी विभाग प्रमुख डा. सरोज काफ्लेको राजीनामा पछि सो सेवा बन्द छ । यसले अस्पताल डुबाउने खेल भएको स्थानीय समाजसेवी अनिल अग्रहरीले बताए । उनले प्रेस विज्ञप्ती नै जारी गरी अस्पतालका मेसुलाई सरुवा भए पनि किन नगएको भनेर प्रश्न गरेका छन ?
बीमा रकमका लागि पटक पटक बीमा कार्यालयलाई जानकारी गराउँदै आएको भए पनि रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सूचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताएका थिए । उनका अहिले विमा क्लेम गर्ने कार्यलाई सफ्टवेयर जडान गरि सुधार गरि सकिएको छ । विगतमा के कस्तो भयो, त्यसबार जानकारी छैन । अहिले पनि विमा सेवामा खर्च हुने रकम बढदै गएको छ । उनका अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ । औषधी टेण्डर मार्फत खरिद गरिन्छ, सो रकम औषधि दाखिला गरेर भुक्तानी दिई हाल्नुपर्छ ।
कुल बीमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा विमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपिया मात्र पठाएको छ । विमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुँदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतिकै दाबी नै अस्पतालले गर्न सकेन । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपियाँ मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाइ दिएन । मासिक ३० लाख भन्दा बढि बीमा गरेका बिरामीले सेवा लिन आउने गरेका छन् । विगत बर्षमा जे जस्तो भए पनि अहिले बीमा रकम दाबी गर्न छाडिएको छैन्,अस्पतालका अध्यक्ष महेन्द्र गुप्ताले भने,–‘विगतमा भएका बीमा रकममा लापर्बाही अहिले रोकिएको छ ।’