© २०२३
नवलपरासी, ०१ पुस ।
जिल्लाको सुस्ता ५ स्थित सिद्धार्थ गौतमले महाभिनिष्क्रमण (गृहत्याग गरि सन्यास लिएको ) स्थान अनोमाघाटको विकासमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवारले चासो देखाएका छन् । भगवान गौतम बुद्धसँग जोडिएका स्थानमा पहिलो अष्टधातु रहेको रामग्राम स्तुप, दोश्रो उनको मावली रामग्रामको पण्डितपुर पछि तेश्रो प्रमुख स्थान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट भएको भन्दै सो स्थानको विकास, संरक्षण र प्रवद्र्धनमा मन्त्री कलवारले चाँसो ब्यक्त गरेका हुन् ।
विगत बर्षमा पनि आफुले बजेट बिनियोजन गर्दै सो स्थानमा पुर्वाधारका लागि पहल गर्दै आएको बताउदै उनले आफू मन्त्री भएपछि सो स्थानको विकासका लागि पहल गर्ने अनौपचारिक कुराकानी गर्दै बताएका हुन् । यस क्षेत्रको विकास बारे आफुले लुम्बिनी प्रदेश सरकारसँग निरन्तर पहल गर्दै आएको छु, उनले भनेका थिए, यो अनोमाघाट क्षेत्र आफ्नै निर्वाचन क्षेत्रमा पर्ने हुँदा विशेष ध्यान परि नै हाल्छ । यसका लागि स्थानीय सरकार र स्थानियबासीले पनि प्रवद्र्धन र संरक्षणमा जुट्नु पर्छ । यसको महत्वबारे देश विदेशमा पनि प्रचार प्रसार गर्न आवश्यक रहेको उनले बताएका थिए । योजनाबद्ध तरिकाले यो स्थानको विकास गर्नका लागि स्थानीय सुस्ता सरकारले विस्तृत परियोजन प्रतिवेदन बनाएको छ । सो योजना अनुसार सबै मिलेर काम गर्दै लैजानु पर्ने आवश्यकता छ, उनले थपे, चालु आर्थिक बर्षमा पनि अनोमाघाटको ब्यवस्थापन र विकासका लागि ३० लाख बजेट विनियोाजन गर्न लगाएको थिए । सम्बन्धित मन्त्रालय र कार्यालयले काम गर्नेछ । तर त्यसबाहेक पनि आफुले संघीय सांसद विनोद चौधरीलाई त्यसको भ्रमण गराएर विकासका लागि विशेष पहल गर्न पनि आफुले निरन्तर भन्दै आएको दाबी गरेका थिए ।
सो स्थानमा विगत बर्ष देखी असार पुर्णिमका दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पुर्णिमाका दिन हजार बत्ति बाल्ने कार्यक्रम हुँदै आएको छ । तर बुद्ध स्थलको विकासका लागि दुई दिनको कार्यले मात्र पर्याप्त हुँदैन । यसका लािग त्यहाँ निरन्तर कार्यक्रम हुन आवश्यक छ । नेपालको बोधगया भनेर सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रूपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले असार पुर्णिमाका दिन बौद्धमार्गीले कपाल मुण्डन गरेर दिवस मनाउने र कार्तिक पुर्णिमाका दिन हजार बत्ति बाल्ने संस्कृतिको शुभारम्भ गरेका थिए । त्यसै गरि तत्कालिन गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले अनोमाघाट नेपालको बोधगया जस्तै तिर्थ स्थल विकासका लागि घोषणापत्र र कार्यपत्र प्रस्तुत गर्न लगाई भिक्षुलाई भोजनदानका कार्यक्रम पनि शुभारम्भ गरेका थिए ।
नेपालको बोधगायको रूपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । हजार बत्तिको अर्थ भगवान बुद्धको संघमा कार्तिक पुर्णिमाका दिन एक हजार जना साधु दिक्षा लिएर भिच्छु बनेको दिन हो । ति हजार जना भिच्छु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अरहन्त(मुक्त) भएको बौद्ध इतिहासमा उल्लेख छ । सारनाथमा पाँच बर्गिय भिच्छुलाई धम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालिन सम्राट बिम्बिसारलाई बुद्धत्व(ज्ञान) प्राप्ती पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कातिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालिन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप,उर्वेला कस्यप र गया कश्यप तिन जना जटिल ऋषि सहित उनका शिस्यलाई समेत सो ज्ञान बाटोमा दिदै भिच्छु संघ बनाए ।
ति ऋषिका क्रमशः ५ सय, ३ सय २ सय शिष्य थिए । ति सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको संख्यामा साँधुहरू भिच्छु भएको दिन कातिक पुर्णिमाको दिन थियो । तिनै एक हजार भिच्छुलाई लिएर भगवान बुद्ध सम्राट बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए ।
भोजदान गरेका थिए । सोही दिन सम्राट विम्बिसारले भोजनदान पछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिच्छुहरूको बासका लागि बेलुबन विहार बनेको थियो ।
भारत,श्रीलंका,म्यानमार,थाईलैण्ड लगायतका विभिन्न देशमा कातिक पुर्णिमालाई विभिन्न कार्यक्रम गरि बौद्ध विहारहरूमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरि विश्व शान्तिको स्रोतको रूपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा यो बर्ष देखी कातिक पुर्णिमाको दिन ति एक हजार भिच्छुहरू बुद्धको ज्ञान पाएर जरामरणबाट मुक्त भएको दिन सम्झदै हजार बत्ति बाल्ने कार्यक्रम हुने गरेका छन् । भन्ने असार पुर्णिमाका दिन कपाल मुण्डन गरि जसरी सिद्धार्थ गौतम त्यही स्थानबाट महाभिनिष्क्रमण(सन्यासी भई गृह त्याग गरेका थिए । सोही अनुसार असार पुर्णिमामा बौद्ध साधक कपाल मुण्डन गरिने परम्पराको पनि अनोमाघाटमा संस्कृति स्थापित भएको छ ।
सिद्धाथै गौतम कपिलबस्तुबाट आफ्ना घोडा कन्टक र सारथी छन्ना सहित अनोमाघाटसम्म पुगेका थिए । तर सो नदी पुर्वका भाग मगधको अधिनस्त रहेको र राजपरिवारका ब्यक्ति जादा सैनिक अनुमति चाहिने हुदा राजकिय घोडा त्यही स्थानमा रोकियो । स्थानिय भाषामा ठढा भएकोले अहिलेसम्म पराम्परा अनुसार ठाढीघाट भनेर चिन्ने गरिएको छ । मगधमा सन्यासीलाई घुमफिरमा छुट भएको सिदार्थका सारथी छन्नाको परामर्शमा सिद्धार्थले सन्यास धारण गरि नदी पारी गएको र आफ्नो राजकिय पोशाक तथा घोडा छन्नासँग कपिलबस्तु फिर्ता गरेका थिए । सिद्धार्थ गौतमले भारतको बोधगयामा जिवन मरणको चक (जरामरण) मुक्ति पाउने ज्ञान प्राप्त गरेको भए पनि सो बोधीको खोजीको प्रारम्भिक स्थान अनोमा नदी नै भएको हुदा सो स्थान नेपालको बोधगया भनेर पहिचान गराउनमा लुम्बिनी प्रदेश सरकार लाग्नु पर्ने स्थानीयले बताउँदै आएका छन् ।