© २०२३
नवलपरासी, २६ मंसिर ।
जिल्लाको रामग्राम–८ स्थित झरहीखोला लिफ्ट सिंचाई आयोजना सञ्चालनमा नआउँदै भास्सिएर जग चर्किएको छ । सञ्चालनमा नआउँदै जग चर्किनु सिंचाई डिभिजन कार्यालयले तयार गरेको उक्त आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको र यसको अनुसन्धान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश सांसद) बैजनाथ जैसवालले माग गरेका हुन् ।
उक्त आयोजनामा प्राविधिक कमजोरी हो, कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसन्धान हुनुपर्छ, उक्त आयोजनाको अवलोकन गर्दै प्रदेश सांसद जैसवालले भने, दोषीलाई कारवाही र आयोजनाको मर्मत सम्भार गराउन आफू सरकारसँग माग गर्छु । सो आयोजनाका लागि यो बर्ष पनि बजेट बिनियोजन गरिएको समेत उनले जानकारी गराएका थिए । स्थानीय किसानलाई सिंचाई गर्न सहज होस, सिंचाई समस्या समाधान होस भनेर आफूले लिफ्ट सिंचाईको पहल गरेको थिए, प्रदेश सांसद जैसवालले भने, तर यसमा इन्जिनियर, प्राविधिक र सिंचाई डिभिजन कार्यालयले ध्यान पु¥याउनु पर्ने हो, प्राविधिकहरूको पनि कमजोरी हुन सक्छ ।
निर्माण कम्पनीले पनि झारो टार्ने गरि काम गरेको पनि हुन सक्छ । त्यसको सरकारले अनुसन्धान गरिनुपर्ने उनको भनाइ थियो । किसानहरू सिंचाई आयोजना बनेपछि सिंचाई गर्न पाईने भनेर उत्साही भएको तर अहिले उक्त आयोजनाका काम सञ्चालनमा नआउँदै पूर्वाधार चक्रिएर समस्या देखिएको सोही वडाका वडा अध्यक्ष महेन्द्र ठाकुरले बताए । यसको ममर्त सम्भार गराई सञ्चालनमा ल्याउनुपर्ने उनले माग गरेका थिए । सो लिफ्ट सिंचाई आयोजनाले वडा नं. ८ को उनवछ, लोहसडा हुँदै वडा नं.७ को देउरवासम्म सिंचाई गर्ने गरि सर्वेक्षण गरिएको छ । जनताको समस्या सम्बोधन गर्न सरकारले बजेट बिनियोजन गर्छ, तर काम गर्ने ठेकेदार र काम गराउने डिभिजन कार्यालयहरूले मजाकको रूपमा लिईने गरेको जनप्रतिनिधिहरूले नै आरोप लगाउँदै आएका छन् । कर्मचारी र ठेकेदारले गल्ति गर्छन्, वडा अध्यक्ष ठाकुरले भने, गाली जति जनप्रतिनिधिले सुन्छन् । भ्रष्टाचारको आरोप पनि नेताले नै झेल्नु परेको छ । ठेकेदारले जसरी पनि ठेक्का पार्नै पर्छ मान्यता राखेर घटाघट गर्दै कम रकममा ठेक्का पर्ने प्रवृति मौलाउँदै गएको छ ।
कम रकममा ठेक्का पार्ने पछि कमसल काम गरेर आयोजना विगार्ने प्रवृतिका लागि यो आयोजना पनि एक उदाहरण भएको प्रदेश साँसद जैसवालले बताए । लागत स्टिमेटमा पनि घटेर काम गर्ने गरि जोखिम मोल्ने ठेकेदारलाई प्राविधिक र कर्मचारीले त्यसैको फाईदा उठाउँदै भित्र भित्र अबैध रकम असुल गर्ने सौदाबाजी पनि गर्ने गरेको सुनिएको छ । प्राविधिक र कर्मचारीको सौदाबाजी मिले पछि आयोजनामा जे जस्तो होस, सदर गरिदिइने प्रवृतिले कमसल काम गर्ने प्रवृति मौलाएको उनको भनाई थियो । लोक सेवा गर्न लोक सेवा दिएर आउने कर्मचारी तँ झन लोक शोषक भएको आरोप नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले लगाए । लोक सेवक लोक शोषक भएका छन्, उनले भने, जनप्रतिनिधिको मात्रै भ्रष्टाचारलाई बढावा दिएका छैनन् । त्यसमा सहजीकरण लोकसेवा पास गरेर आउने कर्मचारीहरू नै देखिएका छन् । लोक लज्जा पचाउँदै भ्रष्टकाममा लाग्ने प्रवृतिले मुलुकमा भ्रष्टाचार मौलाउने गरेको देखिएको उनको भनाइ थियो ।
आयोजना सञ्चालनमा नआउँदै जग चर्किएको भए पनि सम्बन्धित ठेकेदारले आफ्नो पुरै भुक्तानी लगिसकेको सिंचाई डिभिजन कार्यालय नवलपरासीले जनाएको छ । ठेकेदारले गत असार महिनामै पानी प्रवाह गरेको परिक्षण गराई सबै भुक्तानी लगिसकेको डिभिजन कार्यालयका लेखा शाखाले जनाएको छ । शाखाका अनुसार १ करोड ४० लाख बराबरको उक्त आयोजना ऋद्धिसिद्धि निर्माण कम्पनीले १ करोड ११ लाखमा ठेक्का सकार गरेको थियो । अहिले धरौटी बाहेक सबै रकम भुक्तानी लिई सकेको छ । तिन करोड बढिको आयोजनामा खोलामा इनार बनाउने, ओभरहेड टंकी बनाउने कार्य सम्पन्न भएको र उक्त ओभरहेड टंकीबाट पानी प्रवाह गरि अब किसानको खेतमा पाईपलाईनबाट पानी पु¥याउने कि नहर बनाएर लैजानेबारे दोश्रो फेजको योजना बनाउने तयारीमा डिभिजन कार्यालय रहेको छ ।
आयोजनाको काममा देखिएको समस्याबारे प्रतिकृया दिदै डिभिजन कार्यालयका प्रमुख दामोदर सापकोटाले आफु आएको एक दुई महिना भएको र उक्त आयोजनाको स्थलगत गरी हेरी सकेको बताएका थिए । ओभरहेडको पिलर बलियो नै रहेको छ, उनले भने, नयाँ माटो पुरेर पर्खाल बनाउदा माटो भास्सिदा पर्खाल चर्किएको देखिएको छ । ठेकेदारको धरौटी रकम एक बर्षसम्म राखिन्छ, उनले थपे, मर्मतका लागि सम्बन्धित ठेकेदारलाई तत्काल पत्राचार गर्छौ । मर्मत सम्भारको जिम्मेवारी अहिले तिनै ठेकेदारले लिइनु पर्छ । कार्यालयबाट भुतmानी तर सम्बन्धित प्राविधिकले जाँच पास गरेर सिफारिस गरे पछि मात्रै भए होला,उनले भने, आयोजनाका सबै काम कमसल नहोला,भए त्यसको मर्मत सम्भार ठेकेदारबाट जसरी पनि गराईन्छ । यस प्रति डिभिजन कार्यालय पनि गम्भिर नै रहेको उनले दाबी गरेका थिए ।