ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

वाईडबडी भ्रष्टाचारमा विशेष अदालतले अख्तियारलाई भन्योः प्रमुख योजनाकार दीपक शर्मामाथि थप अनुसन्धान गर्नू

२१ मंसिर २०८१, शुक्रबार
२१ मंसिर २०८१, शुक्रबार

बुटवल, २१ मंसिर ।

वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणका प्रमुख आरोपितमध्येका एक दीपक शर्मामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अदालत काठमाडौंले निर्देशन दिएको छ ।

मुद्दाको संक्षिप्त फैसला सार्वजनिक गर्दै विशेष अदालतले शर्माका विरुद्ध घुस लेनदेनको प्रारम्भिक प्रमाण समेत सार्वजनिक भएको औल्याउँदै अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले शर्मामाथि अनुसन्धान गर्न  अख्तियारलाई निर्देशन दिएको हो

नेपाली मूलका शर्मा बेलायती नागरिक हुन् । दुईवटा वाइडबडी विमान खरिदमा नेपाल वायुसेवा निगमको तर्फबाट वार्ता गर्ने सुगतरत्न कंसाकार र एएआर कम्पनीको इन्टरनेशनल सप्लाई चेनको अध्यक्षका हैसियतले दीपक शर्मा संलग्न थिए ।

विशेष अदालतले खरिदको भ्रष्टाचारमा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार सहित विमान उपलब्ध गराउने अमेरिकाको एएआर कम्पनीका प्रतिनिधि दीपक शर्मालाई दोषी ठहर गरेको छ । र, घुस लेनदेनकै प्रमाण जुटेको भन्दै शर्मामाथि थप अनुसन्धान गर्न निर्देशन दिएको छ ।

बहसका क्रममा सरकारी वकिलहरुले शर्मामाथि अमेरिकाको कोलम्बियामा चलेको मुद्दासम्बन्धी केही कागजात पेश गरेका थिए । उक्त दस्तावेज अनुसार, शर्मामाथि एएआर कर्पले दुईवटा वाइडबडी विमान खरिदमा निगमका अधिकारीहरुलाई घुस दिएको आरोप थियो ।

‘दीपक शर्माले उक्त आरोपलाई हस्ताक्षर गरी स्वीकार गरेको देखिन्छ’ विशेष अदालतले सार्वजनिक गरेको संक्षिप्त आदेशमा भनिएको छ, ‘सो सम्बन्धमा तत्काल छुट्टै अनुसन्धान गरी आवश्यक कारवाही बढाउन अख्तियारमा लेखी पठाउने ठहर्छ ।’

विमान खरिद प्रस्तावसम्बन्धी कागजात(आरएफपी) बनाउँदादेखि नै कंसाकारका साथै बेलायती नागरिक शर्मा पनि संलग्न रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । टेण्डर प्रक्रियाबाट विमान खरिद गर्नुपर्नेमा उनीहरुले आशयपत्रको प्रक्रिया अघि बढाएका थिए ।

भ्रष्टाचारको योजनामा सुरुवातदेखि नै बेलायती नागरिक शर्माको भूमिका रहेको भनी अख्तियारले प्रश्न उठाएको थियो । टेण्डर प्रक्रियाबाट अघि बढाउनुपर्ने खरिद प्रक्रियालाई उनले आशय प्रक्रियाको बाटोमा लगे, जसलाई विशेष अदालतले पनि भ्रष्टाचारको प्रमुख आधार भनेको छ ।

विमान खरिदका लागि बैना भुक्तानीदेखि छलफलबाट विमानको रकम तय गर्ने प्रक्रिया विवादमा परेको थियो । उनीहरुले मूल्य समायोजनका नाममा वास्तविकभन्दा बढी रकम भुक्तानी गरेकोमा विशेष अदालतले दोषी ठहर गरेको छ ।

निगम भ्रष्टाचार प्रकरणमा तोकिएको भन्दा कम क्षमताको विमान खरिदको प्रश्न सबैभन्दा बढी गम्भिर थियो । उडान भर्दा २४२ टन क्षमताको विमान खरिद गर्नुपर्नेमा २३० टनको विमान खरिद भएको थियो । त्यसले गर्दा वाइडबडी विमानहरु लामो दुरीको उडान गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

विमानको क्षमता घटाउने भूमिकामा निगमका महाप्रबन्धक कंसाकारका साथै आपूर्तिकर्ता समेत रहेको एएआर कम्पनीका प्रतिनिधि दीपक शर्मा संलग्न थिए । उनले विमानको क्षमता घटाउन पत्राचार गर्ने, सुझाव दिने कामहरु गरेको पाइएको छ । उनले नेपालको विमानस्थलमा २३० टन क्षमताको विमान नै पर्याप्त रहेको भनी इमेलहरु लेखेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

अनुसन्धान अघि बढेपछि अख्तियारले बेलायती नागरिक शर्मालाई बयानका लागि आउनू भनी सूचना निकालेको थियो, तर उनी उपस्थित भएनन् । फरार रहेकै अवस्थामा अख्तियारले उनीमाथि मुद्दा चलाएको थियो ।

निगमलाई दुईवटा विमान बेचेको आयरल्याण्डको ‘हाइफ्लाई एक्स’ नामक कम्पनी शर्माकै समूहले खडा गरेको थियो । २१ फेब्रुअरी २०१७ (१० फागुन, २०७३) मा आयरल्याण्डमा दर्ता भएको कम्पनीले एयरबसबाट दुईवटा वाईडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो । यही कम्पनीसँगको खरिदविक्री र त्यसपछिको कारोवारमा अमेरिकामा शर्माको कामकारवाहीमाथि प्रश्न उठेको थियो ।

आयरल्याण्डमा हाइफ्लाई एक्स नामक कम्पनी खोलेर विमान आपूर्ति गरेको उक्त कम्पनीले नेपाली अधिकारीहरुलाई रकम दिन युनाइटेड अरब इमिरेट्स (यूएई)मा खाता खोलेको र त्यहाँ रकम प्रवाह गरेको भेटिएको थियो ।

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिलसले उनले यूएईको दुबई बाहेक अमेरिका र आयरल्याण्डमा पनि खाता खोलेको र रकम प्रवाह गरेको फेला पारेको थियो । एक प्रतिवेदन अनुसार, उनले करिव २५ लाख अमेरिकी डलर घुसका लागि प्रवाह गरेका थिए ।

आठ वर्षअघि नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा दुईवटा वाईडबडी विमान खरिद गरेको थियो, जसमा करिव एक अर्ब ४७ करोड भ्रष्टाचार भएको दावी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?