ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल

रूपन्देहीमा कुखुरापालक किसान संगठित

११ कार्तिक २०८१, आईतवार
११ कार्तिक २०८१, आईतवार

बुटवल, ११ कार्तिक ।
रूपन्देही जिल्लामा कुकुरापाल किसानहरू संगठीत भएका छन । जिल्लामा अहिले सम्म व्यवसायिक कुखुरापालन गर्दै आएका किसानहरू संगठीत भएका थिएनन् । बुटवलमा पहिलो पटक भेला आयोजना गरी किसानहरू संगठीत भएका हुन । तामनगरमा जिल्ला समिति भेला आयोजना गरी जिल्ला तर्दथ समिति गठन गर्ने समेत तयारी गरेका हुन ।
आयोजना गरिएको भेलामा बोल्दै तदर्थ समितिका संयोजक ऋषिराम काफ्ले ले व्यवसायीक रूपमा कुखुरा पाल्दै आएका किसानहरू उचित मुल्य नपाएको कारण मर्कामा परेको बताएका थिए । उनले विगत लामो समय देखि किसानहरू संगठीत हुन नसक्दा बाहिरबाट आयात गरिएका अवैध कुखुराको कारण समस्या सृजना भएको उनको भनाई रहेको थियो । भारतबाट अवैध रूपमा भित्रीने कुखुराको कारण नेपाली किसानले पाल्दै आएका कुखुराको उचित मुल्य नपाएको भन्दै उनले यसको लागि प्रहरी प्रसासन, किसान, उपभोक्ता, स्थानी तह सबैले बेलैमा सचेत भएर कारवाही गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रूपन्देहीका प्रमुख उमकान्त चपाईंले ठूला व्यवसायिक किसानको कारण स–साना किसान सधै मर्कामा पर्ने गरेको भन्दै यसको लागि रूपन्देहीका किसान संगठित हुनु आफैमा राम्रो कामको सुरुवातभ एको बताए । उनले अवैध रूपमा सिमापरिवाट आयात हुनु कुखुरा नियन्त्रणको लागि सम्बन्धीत निकायहरू जिल्ला प्रशासन, प्रहरी प्रशासन, स्थानीय पालिकाको विचमा संमन्वय गरी कडाईका साथ पालना गराउन सकीएमा नेपाली किसानले केही हदसम्म भएपनि लाभ पाउने भन्दै उनले आफ्नो स्थानबाट यसमा पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताएका थिए ।
किसानको समस्या राष्ट्रय समस्या भएको भन्दै उनले पालिकाको घुम्ती बैठक, जिल्ला प्रशासनको बैठकमा समेत यो विषयमा आफूले कुरा उठाउने र आफ्नो निकायबाट सहयोग गर्ने बताएका थिए ।

बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले मासुजन्य व्वसायमा सिमाना समस्या भएको भन्दै बाहिरकाट आयात हुने मासुजन्य अवस्था रोक्न आवश्यक रहेको बताएका थिए । उनले खुल्ला नाकाको कारण मासुजन्य अवस्था अखाद्य मासुजन्य अवस्था रोक्न आवश्यक रहेको बताएकन थिए । उनले मासुजन्य उत्पादनको लागि उपमहानगरपालिकाले पहल गर्दै आएको बताए । अहिले किसान फार्म खोल्ने, भारतबाट ल्याएर बेच्ने काम गलत भएको भनेको भन्दै यसलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले भनेः–‘अवैधरूपमा भारतबाट आउने कुखुराको कारण समस्या छ, यसमा सबै मिलेर निरत्साहित गर्न आवश्यक छ ।’

भारतबाट आउने चाडबाडमा कडाइका साथ हामी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको बिचमा संमन्वय गर्ने काम गरिएको बताए । कुखुराको बधशाला बनाउनका लागि पिपि मोडल मा अगाडि बढाउन सहयोग गर्छाै । यसमा लगानी गरेर अगाडि बढ्नको लागि हामी तयार छौ, नगरपालिका टेवलमा बसेर छलफल गरेर अगाडि बढ्ने छौ ।’’ कुखुरा व्यवसायीहरूले निर्माण गर्ने कुखुरा बधशालाको लागि नगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाइ रहेको थियो । पशु बधशाला (बाख्रा, खसी) मा सुरुवाती दिनमा व्यवसायीहरूबाट लगानी नभएको कारण पिपी मोडलमा सहभागी गराउन नसकीएको र ५ बर्ष पछि पुनः टेन्डर आह्वान हुँदा व्यवसायीहरूलाई नै प्रथामिकता दिने भन्दै उनले कुखुराको बधशाला निर्माणको लागि भने पहिला नै लगानी शुनिश्चत गरी लगानी गरी सहकार्य मोडलमा चलाउने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्ञ लुम्बिनीका अध्यक्ष तेज कुमार पाठक, विषादी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष हुमाकान्त लम्साल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रूपन्देहीका पशु विकास अधिकृत पार्वता पौडेल, बुटवल उपमहानरपालिका पशु पंक्षी शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडे, नेपाल भेटेरीनरी एशोसीयसन लुम्बिनी प्रदेश अध्यक्ष डा. युवराज पन्थ लगायतले आ आफ्नो भनाई राखेका थिए । भेला बाट नयाँ समिति समेत चयन हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?