© २०२३
काठमाडौँ । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रह मार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार र मरुभूमिको वनस्पतिको मनोरम तस्बिर खिचेको छ ।
यो अब ताडका रूखहरू र बालुवाका थुप्राहरूको बीचमा निलो लगुन जस्तो देखिन्छ । मोरक्कोको इरिकी ताल पनि ५० वर्षपछि पूर्ण रूपमा पानीले भरिएको छ । यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो ।
दक्षिण(पूर्वी मोरक्कोमा वर्षभरि औसत २५० मिमी भन्दा कम वर्षा हुन्छ । तर, सेप्टेम्बरमा नै पछिल्ला दुई दिनमा धेरै क्षेत्रमा असामान्य वर्षा भएको छ । सबैभन्दा प्रभावित क्षेत्र टाटामा वर्षापछि अचम्मको दृश्य देखिएको छ । यस्तै, राजधानी रबातबाट करिब ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागौनित गाउँमा २४ घण्टामा १०० मिलिमिटर वर्षा भएको छ ।
मोरक्कोको मौसम विज्ञान महानिर्देशनालयका अनुसार यो दुर्लभ उष्णकटिबंधीय आँधी हो र यसले भविष्यमा मौसमको ढाँचा परिवर्तन गरेको छ । यसले भविष्यमा थप आँधी आउन सक्छ । यो वर्षाले भूमिगत पानीका स्रोतहरू पुनःपूर्ति गर्न मद्दत गर्न सक्छ । दुर्भाग्यवश, भारी वर्षाको कारण आएको बाढीले मोरक्को र अल्जेरियामा २० भन्दा बढी मानिसको ज्यान लियो र किसानहरूको बाली नष्ट गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी