ट्रेंडिंग:

>> हुण्डी कारोबार गर्ने तीनजना रुपन्देहीबाट पक्राउ >> कर्णालीका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिने >> थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’ >> रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते >> रुखले च्यापिएर १४ वर्षीया बालिकाको मृत्यु >> षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’ >> लुम्बिनीमा पिकअप र कार ठोक्किदा २ जनाको मृत्यु >> उपेन्द्र यादवले भने, ‘भूमि सबन्धी विधेयकको विरोध रहन्छ’ >> ४३.१ प्रतिशत विद्यालयहरूमा मात्र इन्टरनेट पहुँच >> १९ वर्षमुनिको साफ फुटबल: सेमिफाइनलमा नेपाल आज बङ्गलादेशसँग भिड्दै >> विद्युत अवरुद्धपछि प्राधिकरणको स्पष्टीकरण : “चिन्ता लिनु पर्ने अवस्था छैन” >> गभर्नर नियुक्तिमा चलखेल भइरहेको प्रचण्डको आरोप >> कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई >> महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल सुपर-३ मा प्रवेश >> बर्दघाटको पहाडी भेगका किसानलाई हाते ट्याक्टर >> २४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग >> ‘दाइजाे मृत्यु’ प्रकरणमा श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता >> संघीय निजामती सेवा विधेयक समितिबाट पारित >> सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरिका बदल्नुहोस् >> रास्वपाका सांसद असिम शाहले सोधे, ‘सरकार आफै डार्क मोडमा लान खोजेको हो ?(भिडियोसहित) >> राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ >> राजापुर नगरपालिकामा जिल्लाकै कम बेरुजु >> कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ महिलाको मृत्यु >> एकै पटक ३ हजारले बढ्यो सुनको मूल्य >> जलवायु परिवर्तन, हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीः प्रधानमन्त्री  >> रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्धा न्यायधिशद्वय चुडाँल र श्रेष्ठको इजालासमा >> पेट्रोलियम पदार्थको मूल्य घट्यो >> महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अतुलनीय >> प्रदेश सांसदले गरे सरकारको ध्यानाकर्षण >> शिक्षा र राजनीतिः राष्ट्रको भलाइका लागि समान पाटो >> बंगालको खाडी र अरब सागरको हावा नेपालमा, वर्षा र हिमपात हुने सम्भावना >> नेपालको राजनीति र नागरिक निराशा >> मदन आश्रित स्मृति दिवसमा रक्तदान >> मुलुकको अर्को बेथितीः बेरुजुको छलाङ >> प्रदेश सांसदमा फरक पहिचानको प्रयासमा सन्जु >> दलित र सीमान्तकृत समुदायमा विशेष आयआर्जन कार्यक्रम >> पाणिनिको कसरी भयो लुम्बिनीमै कम बेरुजु ? >> काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा >> कुलमानको दाबीमा महालेखाको आपत्ति : प्राधिकरणको नाफा यथार्थपरक छैन >> ईलिट जेआर र बुटवल १९ फाईनलमा >> कर छलीको आरोपमा रुपन्देहीका दुई व्यवसायी माथि मुद्दा दायर, एक करोड ४४ लाख बिगो माग >> भारततर्फको समस्याले नेपालको विद्युत सेवा आंशिक अवरुद्ध >> घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय >> राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन >> बजार क्षेत्रमा अग्नि नियन्त्रण स्प्रे जडान >> टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै पाैने ३ अर्ब मागदाबी >> बहराइनमाथि नेपालको संघर्षपूर्ण जित >> पाँचौ दिन लगातार घट्यो सेयर कारोबार >> यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह >> नेपाल बहराइनको खेल वर्षाले रोकियो

कृषिमा भविष्य खोज्दै ‘भुवनेश्वर’

भारतबाट आयात हुने फल, फूलरतरकारीका बिरुवा उत्पादन गरी स्वदेशमै पनि उत्पादन गर्नरआम्दानी लिन सकिन्छ भन्ने कामको सन्देश दिइरहेका छन् ।
२० भाद्र २०८१, बिहीबार
२० भाद्र २०८१, बिहीबार

बुटवल, २० भदौ ।
वि.सं. २०६२ मा सिद्धबाबा डेरी उद्योग स्थापना गरेका भुवनेश्वर न्यौपाने मिहिनेती व्यक्तिको रूपमा पहिचान बनाएका छन् । रूपन्देही डेरी व्यवसायीको संस्थापक अध्यक्ष समेत रहेका उनले डेरीजन्य बस्तुको उत्पादनरबजारीकरण मात्रै लगाव छैन, कृषि क्षेत्रमा केही नयाँ गरिरहन्छन् । उनले भारतबाट आयात हुने फल, फूलरतरकारीका बिरुवा उत्पादन गरी स्वदेशमै पनि उत्पादन गर्नरआम्दानी लिन सकिन्छ भन्ने कामको सन्देश दिइरहेका छन् ।

बुटवल उपमहानगरपालिका ११ मा उनको सिद्धबाबा डेरी उद्योग अहिले पनि सञ्चालनमा छन् । दूध, दही, ध्यु सहितका अन्य डेरीजन्य बस्तु उत्पादन गरी बिक्री गर्दै आएका न्यौपानले कृषि क्षेत्रमा नै ठोस योजना बनाएर काम गर्नुपदर्छ भन्ने योजना सहित काम सुरुवात गरेका हुन ।

रूपन्देहीको देवदह खैरेनी क्षेत्रमा अन्य साथीहरूसंगको सहकार्यमा २५ कठ्ठा जग्गा भाडामा लिएर कृषि कर्मको सुरुवात गरेका उनले एक बर्षमा कृषि क्षेत्रमा फूल, फलरतरकारीका विरुवा (नर्सरी) स्थापना गरी कृषि अभियानमा होमीएका थिए । ग्रेट भिजन एग्रीकल्चर प्रालि स्थापपना सामूहिक व्यवसायीक खेतीमा सुरुवात गरेका थिए । देवदह मा सामूहिक रूपमा व्यवसायिक खेती गरेको केही समय पछि सहकार्य टुटेपछि उनले अहिले एक बर्ष देखि देवदहको संरचनालाई बुटवलरतिलोत्तममा बिस्तार गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ शान्ती चौक नजिकैै उनले जिभीए नर्सरी स्थापना गरेका छन् भने तिलोत्तमा जानकीनगरमा पनि नर्सरी स्थापना गरी व्यवसायिक रूपमा तरकारीका बिरुवा, फूलका विरुवा, फलफूलका विरुवा उत्पादन गर्दै आएका हुन ।

पूर्णरूपमा अर्गानिक पद्दतीबाट कृषिजन्य उत्पादन गर्नुपर्दछ, दीर्घकालिनरूपमा अर्गानिक खेतीबाट सोही अनुरूपको उत्पादन गर्नुपर्दछ भन्ने हेतुले उनले १५ कठ्ठा जग्गा भाडामा लिएर नर्सरी स्थापना गरेका हुन ।
स्थापना गरेको नर्सरीमा अहिले मौसमी फलफूल सहित बेमौसमी फूल, फलरतरकारीका विरुवा उत्पादन भैरहेका छन् । दशैैं तिहार लक्षित फूलमा सयपत्री फूलका विरुवा, गुधौली फूलका बिरुवा उत्पादन भएका छन् । यस्तै १२ कठ्ठा भन्दा बढि क्षेत्रफलमा अहिले धान खेती हुँदै आएकोमा धान खेतीपश्चात त्यहाँ मेवा खेती गर्ने, तरकारी खेती गर्ने योजना बनाएका हुन ।
प्रति कठ्ठा, प्रति महिना १ हजारका दरले १५ कठ््ठा जग्गा सहित न्यौपानेले ४ जनालाई फार्ममा रोजगारी समेत दिएका छन् । देवदहको भलुहीमा उनले अहिले पनिव्यवसायी गड्यौला पालन गरेका छन् । जसबाट गड्यौला मल उत्पादन गरी त्यो मल फार्ममा प्रयोग गरेका छन् । जसमा १० कठ्ठा जग्गा रहेको छ ।

जानकीनगरमा रहेको विक्रि केन्द्रमा पनि अर्गानिक गोठेमल, गड्यौला मल प्रयोग गर्दै आएको छ । १८ लाख बढि लगानी भएको फार्ममा निकट भविश्यमा पाल्पाको झुम्सा क्षेत्रमापनि विस्तार गर्ने योजना न्यौपानले बनाएका छन् । लागनीको लागि पार्टनर समेत खोजीएकोरयसमा दोभान क्षेत्र केही पुर्व कृषि विज्ञ समेत यसमा आकर्षित भएको कारण अहिलेको फार्मलाई अझ बिस्तार गर्ने योजना उनले बनाएका छन् । उनि भन्छन्–‘अबको किसान भनेको उत्पाादनमा लाग्नु आवश्यक छ, करेसाबारी, बाँझो रहेको जमिन, जग्गालाई हराभरा बनाएर केही भएपनि उत्पादन लिन सकिन्छ भन्ने सन्देश दिनको लागि अभियानको सुरुवात गरिएको हो ।’

गुल्मी जन्म, पाल्पा डुम्रे घर भएका उनी बुटवलमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । नेपाल डेरी एशोसीयसनका केन्द्र्रीय सदस्य समेत रहेका न्यौपानले डेरी उद्योगको संग संगै फल, फूलरतरकारीलाई आत्मनिर्भर बनाउने, विषादी रहित तरकारी उत्पादन गर्नको लागि योजना बनाएर लागिएको बताउँछन् ।

मेवा खेतीलाई व्यवसायिक रूपमा उत्पदान गर्ने योजान उनले बनाएका छन् । २० थरीका फल, २०÷२५ जातका फल, फलफूलको विरुवा उनले कलमीरूपमा निर्माण गर्दै आएका छन् । ‘बाँझो जग्गामा मेवा, कागती, बेलाउती लगायतका बिरुवा लगाउन सकिन्छ, त्यही अनुसार काम गर्न सकिने गरी योजना बनाएका छौं ।’

सामान्य रूपमा साधारण टेक्नोलोजीको प्रयोग गरी उत्पादन गर्न सकिने भएपनि त्यो तर्फ अन्य व्यक्तिहरूले ठोस ध्यान दिन नसकेको भन्दै यसमा अभियानको रूपमा अगाडि बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?