ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

दुब्लाउने औषधि खाँदा, अस्पताल भर्ना

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

बुटवल, १० भदौ ।
बुटवलको ट्राफिक चोक बस्दै आएकी सृष्टिसेन ठकुरी आफैमा स्वास्थ्यकर्मी हुन । एक दिन उनी सामाजिक सञ्जाल टिकटक चलाउँदै गर्दा ‘एक महिनामा नै दुब्लाउने औषधी’ भनेर राखीएको विज्ञापन देखिन् ।
उमेर सानो छदैँ ६९ किलो तौल बढेपछि उनले साथिको सहयोगबाट अनलाईन अर्डर गरी ‘गार्सिनिया कम्बोजिया’ नामको औषधी मगाईन् । औषधी खाएको दिनदेखि नै उनमा टाउको दुख्ने, रिंगटा लाग्ने भएको थियो । तर उनले सामान्य औषधी खाँदै बसिन् । बिस्तारै उनले यो समस्या बढ्दै गयो । आफ्नो आमा बाबालाई समेत नभनिकन उनले सेवन गर्दै आएकी थिइन । पछि उनमा थप जटिल समस्या देखियो ।

जन्डीसको समस्या देखिएपछि उनी उपचार गरिन्, तर निको भएन, थप मृगौलामा समेत असर गर्न सुरु गरेको स्वास्थ्य परिक्षणबाट थाहा भयो । यसरी दुब्लाउने भनेर खाएको औषधीको ‘साईट ईफेक्ट’ को कारण गम्भिर प्रकृतिको समस्या देखिन थालिसकेको थियो ।
यसरी गम्भीर समस्या देखिएपछि उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ईमेर्जेन्सीमा भर्ना गरेर उपचार सुरु गरिएको छ । केही दिन उपचार पछि उनी क्याविनमा सिफ्ट भएकी छिन् । उनको उपचारमा संलग्न चिकित्सक बरिष्ठ फिजिसियन डा. नन्दु पाठकका अनुसार उनी जस्तै यो क्षेत्रमा सोही प्रकृतिको दुब्लाउने भन्दै औषधि खाएका ३ जनालाई गम्भिर समस्या आएपछि उपचार गरिएको छ ।

एक जना पाल्पाका बिरामी बुटवलको निजी अस्पतालमा उपचार गराउँदा थप उपचारको लागि काठमाडौं पठाइएको छ भने एक जनाको नेपालगञ्ज अस्पतालमा उपचार भैरहेको छ । बुटवलकै एक निजी अस्पतालमा १ जनाको उपचार भैरहेको छ । यो क्षेत्रमा मात्रै ३ जना यस्तो प्रकृतिको बिरामी भेटिएका हुन ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत बरिष्ठ फिजिसीयन चिकित्सक डा. नन्दु पाठकका अनुसार यो दुब्लोपना बनाउने भनिएको औषधी आफैमा औषधि होईन, एक प्रकारको बिरुवाको विउलाई कम्पनीले विभिन्न केमिकल (लिड) हालेर बनाएको कारण प्रत्यक्ष असर देखिएको बताउँछन् । उनी भन्छन्–‘अनलाईनमा देखिएको कुरामा झट्टै विश्वास गर्ने नेपालीको बानी भएको कारण पनि समस्या भएको छ, यो औषधि होईन, गर्सिनिया कम्बोजिया नामको बस्तु खाँदा दिर्घकालीन समेत समस्या आउने देखिएको छ, यसमा लिड मिसाइएको पाइएको छ ।’

गार्निया कम्बोडिया फल मालाबार इमली पनि भनिन्छ, एक लोकप्रिय वजन घटाउने पूरक हो । मानिसहरू भन्छन् कि यसले तपाईंको शरीरको बोसो बनाउने क्षमतालाई रोक्छ र यसले तपाईंको भोकमा ब्रेक राख्छ । तर यसको अतिरिक्त तौल घटाउनुले रगतमा चिनी र कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रणमा राख्न मद्दत गर्न गर्ने दाबी गरिएको छ । यो सेवन गर्नाले रिन्ड, हाइड्रोक्सीसिट्रिक एसिड, वा एचसीए, साइट्रेट लाइसेज नामक इन्जाइमलाई रोक्ने पाइएको छ । यसले मस्तिष्क रासायनिक सेरोटोनिनको स्तर पनि बढाउँछ, जसले गर्दा कम भोक लाग्ने समेत यसको प्रत्यक्ष असर देखिएको पाइएको छ ।

जर्नल अफ ओबेसिटीमा प्रकाशित एक समीक्षाले अध्ययनमा गार्सिनिया क्याम्बोगिया लिने मानिसहरूले यसलाई नलिने मानिसहरूको तुलनामा करिब २ पाउन्ड बढी गुमाएको पाइएको छ । क्यालोरी आहार र व्यायाम कार्यक्रमबाट तौल घट्ने सर्वमान्य नियम भएपनि यसले टाइप २ मधुमेह र उच्च कोलेस्ट्रोल समेत बढाएको पाइएको थियो । केही समय पहिला गरिएको अनुसन्धानले पत्ता लगाएको छ कि गार्सिनिया क्याम्बोगियाले कोलेस्ट्रोलको स्तर सुधार गर्न सक्ने दाबी गरिएको थियो । ट्राइग्लिसराइड्स र एलडीएल (“खराब ’कोलेस्ट्रोल) कम गर्न र एचडीएल (“राम्रो“ कोलेस्ट्रोल) बढाउन सक्ने भनेर भनिएपनि यसको दीर्घकालिन असर रहेको छ । यसको साईड ईफेक्टमा चक्कर आना, सुख्खा मुख हुने, टाउको दुख्ने, पेट दुख्ने वा पखाला लाग्ने जस्ता समस्या देखिने गरेको पाइएको छ ।

विश्व खाद्य तथा औषधि मा यसको प्रयोग असुरक्षित मानेको छ । सन् २०१७ मा एफ डीए ले सबैलाई गार्सिनिया कम्बोजिया भएको तौल घटाउने उत्पादन प्रयोग गर्न बन्द गर्न चेतावनी दिएको थियो । कारण मानिसहरूले यसलाई लिभरमा गम्भीर समस्याहरू पाएका थिए । क्याप्सुलको रूपमा रहेको यो औषधी खाना खाना भन्दा ४५ मिनेट पहिला १/१ गोली १ महिना सम्म र डेढ/डेढ गोली गरेर खानुपर्ने भन्दै आइएको थियो ।

बेचेको थाहा पाए प्रहरीलाई खबर गर्नु
तौल घटाउने भन्दै बिक्रीवितरण भइरहेको गार्सिनिया कम्बोजिया बेचेको पाइएमा जानकारी दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको थियो । केही समय पहिला विज्ञप्ती नै जारी गरी विभागले यस्तो प्रकृतिको खाद्यपरक बस्तु विक्रि वितरणमा रोक समेत लगाएको थियो । विभागले सूचना प्रकाशित गरी गार्सिनिया कम्बोजिया नाम गरेको आहारपूरक खाद्यपदार्थको झूटो अनुज्ञापत्र नम्बर राखेर बिक्रीवितरण गरिएको उल्लेख गरेको छ ।
यो खालको औषधी खाँदा चक्कर लाख्ने, सुख्खामुख हुने, टाउको दुख्ने, पेट दुख्ने वा पखाला लाग्ने जस्ता समस्या देखिने गरेको पाइएको छ, जन्डीस हुने, अन्त्यमा मृगौलामा समेत असर पर्ने गरेको पाइयो’ ।
गार्सिनिया कम्बोजियालाई नानो फुड नेपाल प्रालिले उत्पादन गरेको छ भने जीटीएम हर्बल प्रालिले बिक्रीवितरण गरेको छ । यसको उत्पादन र बिक्रीवितरणका लागि अनुमति नलिइएको विभागले जनाएको छ । यस प्रकारको नक्कली उत्पादनले स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने जनाउँदै विभागले बेचिएको पाइएमा जानकारी दिन भनेको हो । विभागले भनेको छ, ‘यस प्रकारको नक्कली उत्पादनको उपभोगबाट मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने हुँदा सम्पूर्ण उपभोक्तामा सजग रहन तथा कहींकतै बिक्रीवितरण भएको देखिएमा विभाग वा विभाग मातहतका कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?