ट्रेंडिंग:

>> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ

सडकको दुरावस्थाका कारण बर्दघाटका व्यवसायी आन्दोलित, आयोजना भन्छ– वर्षाले काम ठप्प छ

२७ श्रावण २०८१, आईतवार
२७ श्रावण २०८१, आईतवार

सुनवल, २७ साउन ।

घाम लाग्ने बित्तिकै धुलाम्मे र पानी पर्ने वित्तिकै हिलाम्मे हुने नारायणगढ–बुटवल सडक खण्डका कारण सडकमा यात्रा गर्ने मात्र होईन सडक किनारमा बस्नेहरु पनि आजित भएका छन् । अझ व्यवसायीहरु त सडककै कारण व्यापार व्यवसाय चौपट बन्दा चिन्तित बनेका छन् । कछुवा गतिमा चलिरहेको निर्माणाधीन बुटवल–नारायणगढ सडक बिस्तारका क्रममा बजार क्षेत्र खाल्डाखुल्डी र हिल्लाम्मे भएको भन्दै बर्दघाटका ब्यवसायीहरु आइतबार सडक बन्द गरेर विरोधमा उत्रिएका छ्न । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट मुख्य बजार क्षेत्रमा ब्यवसायीहरुले आइतबार बिहान सांकेतिक रुपमा १५ मिनेट पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । बर्दघाट बजार विकास समितिको अगुवाईमा ब्यवसायीहरु विरोध कार्यक्रममा उत्रिएका थिए ।

बर्दघाट बजार क्षेत्रका खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण दुर्घटनाको जोखिम बढेको, मुख्य बजार क्षेत्रमै कामले गति नलिदा सडककै दुरावस्थाका कारण आर्थिक मन्दीको अवस्थामा ब्यवसायमा चरम असर पुगेकोले आन्दोलनमा उत्रनु परेको ब्यवसायीहरुको भनाई छ । स्थानीय सरकारले सम्बन्धित ठेकेदार कम्पनीलाई बजार क्षेत्रको सडक द्रुत गतिमा निर्माण गर्न दवाब दिनुपर्ने, खाल्डाखुल्डी पुर्न यथाशीघ्र पहल गर्नुपर्ने स्थानीय ब्यवसायीहरुको माग छ । चाडवाड समेत नजिकिसकेको अवस्थामा ठेकेदारका कारण व्यापार व्यवसायमा निकै असर परेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको व्यवसायी दिनेश न्यौपानेले बताए ।

नागरिकस्तरबाट विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएपनि बर्षायाममा बर्दघाट मुख्य बजार क्षेत्रदेखि चिसापानी सम्मको सडक हिल्लाम्मे हुँदा दिनहुँजसो दुर्घटना हुने गरेको छ । हिलो र खाल्डाखुल्डीले चिसापानी सम्मको करिब १ किलोमिटर सडकको यात्रा निकै जोखिमपुर्ण रहेको छ ।

विभिन्न माध्यमबाट पटकपटक ताकेता गर्दा समेत निर्माण कम्पनीले आलटाल गर्दै आईरहेको छ । अहिले वर्षायाम लागेको भन्दै ठेकेदारले काम नै बन्द गरेपछि सडकमा समान्य खाल्डाखुल्डी पुर्ने काम पनि अवरुद्ध छ ।

नारायणगढ–बुटवल सडक खण्डको पश्चिम खण्डका सूचना अधिकारी ईन्जिनियर शरद श्रेष्ठले भने, “अहिले कामदारलाई नै ठेकेदारले बिदा दिएकाले काम रोकिएको छ ।” वर्षायाममा बेस, सववेशका काम गर्न पनि नसकिने भएकाले काम रोकिएको र पानी पर्ने क्रम रोकिएपछि तत्कालै काम सुरु हुने बताए । अहिले आयोजनाले दाउन्ने खण्डमा सडक अवरुद्ध हँुदा बाहेक अन्य स्थानमा काम गरेको छैन । सडकको दुरावस्थाका कारण १ सय १३ किलोमिटर लामो यो सडक खण्डको यात्रा कष्टकर बनेको छ । विशेषगरी बर्दघाटदेखि बुटवलका केही बजार क्षेत्रमा सडक कालोपत्रे भएपनि बर्दघाट बजार क्षेत्रमा हुन सकेको छैन । जसका कारण हिलोले आउजाउ गर्न निकै कठिनाई भएको छ । सूचना अधिकारी श्रेष्ठले बर्दघाट, खैरेनी र बुटवल क्षेत्रमा सडक कालोपत्रेका लागि प्राथमिकतामा राखिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?