© २०२३
बुटवल, २ साउन । समिक्षा ज्ञवाली, रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मणिग्राम स्थायी बासिन्दा हुन । सैनामैनामा रहेको कालिका आधारभुत विद्यालयमा दृष्टिविहीन राहत कोटामा अध्यापन गराउँदै आएकी उनी शिक्षक सेवा आयोग मार्फत प्रतिष्पर्धाबाट प्रावि तहको स्थायी शिक्षकमा नाम निकालिन् । पूर्ण दृष्टिविहिन रहेकी उनी गत चैत २६ गते शिक्षा विकास तथा समन्वय एकाई रूपन्देहीबाट स्थायी शिक्षकको रूपमा सिफारिस भएकी हुन् ।
अहिले मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा रहेको सिसै सेमरा आधारभूत विद्यालयमा अंग्रेजी विषय अध्यापन गराउँदै आएकी उनि त्यहाँ घरभाडामा लिएर आफ्नो आमासँगै बस्दै आएकी छिन् । विद्यालयमा उनी अंग्रेजीको साथै हिन्दी भाषा प्रयोग गरेर अध्यापन गराउँदै आएकी हुन् । नेपाली भाषा कुनै पनि विद्यार्थीले नबुझ्ने भएको कारण उनी हिन्दी भाषा प्रयोग गर्दछन् ।
रूपन्देहीको दक्षिणी क्षेत्र, पूर्ण दृष्टिविहिन भएको कारण सुरक्षाको कारण पनि उनी आफ्नो आमालाई साथमा लिएर बस्दै आएकी हुन । अन्य पहाडी समुदायिका व्याक्तिहरू नभएको नेपाली भाषा प्रयोग मा नै नआउने भएको कारण उनी यो समस्या झेल्न बाध्य भएकी हुन ।
उनि सहित ४ जना दृष्टिविहिनभएका व्याक्तिहरूलाई गत चैत २६ गते शिक्षा विकास तथा समन्वय एकाई बाट नियुक्ती सिफारिस भएपनि सुरक्षाको कारण अन्य कारण देखाउँदै पालिकाले असार २९ गते मात्रै हाजिर गराएको थियो । उनि भन्छिन्–‘हाम्रो लागि चुनौति छ, समस्या धेरै छन्, यो विषयमा कहीँ कतै बाट सहयोग भएन ।’
पूर्ण दृष्टिविहिन उनी विद्यालयको सिडीबाट लडेर खुट्टाको लिगामेन्ट च्यातिएको कारण १५ दिन प्लाष्टर लगाएर बस्न बाध्य भईन भने थप १० दिन उनी प्लाष्टर लगाएर नै विद्यालयमा गएर अध्यापन गराएको तितो अनुवभ ३ महिनामा नै रहेको बताउँिछन् । अपाङ्गता मैत्री विद्यालयको कुरा कल्पना मात्रै रहेको भन्दै उनी विद्यालयको संरचना समेत सहज नभएको कारण सिँढीबाट लडेर घाईते भई उपचार गरेको बताएकी हुन ।
उनी जस्तै रूपन्देही जिल्लाबाट अपाङ्गता कोटामा नाम निकालेका ४ जना सबै अहिले जिल्लाको विकट मानिएको मर्चवारी नगरपालिकाका विभिन्न विद्यालयमा अध्यापन गरिरहेका छन् ।
जिल्लाको सदुरमुकाम देखि टाढा, भाषाको समस्या साथै उनीहरू भाडामा बस्ने घर समेत नभएको कारण कयौं दुःख पाएको बगौली माविमा शिक्षकको रूपमा कार्यरत रेहका पूर्ण दृष्टिविहीन टिकाराम घिमिरे बताउँछन् । उनका अनुसार आफूहरूलाई पायक पर्ने स्थानमा घरपायक मिलाईदिनको लागि जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख लगायतसँग पटक पटक आग्रह गरेपनि अन्त्यमा मर्चवारी नै पारिएको गुनासो गरे ।
नेपाली भाषा, अंग्रेजीमा ज्ञान भएपनि मर्चवारी क्षेत्रमा बोलीने अवधी भाषाको ज्ञान नहुँदा विद्यालयमा अध्यायपन गराउन समेत समस्या भएको घिमिरेको भनाइ रहेको छ । विद्यालयमा राम्रो शौचालय समेत नभएको कारण दृष्टिविहीन भएको व्याक्ति लाई साह्रै समस्या भएको उनको भनाइ छ । उनी भन्छन्–‘हामी आँखा देख्दैनौ, शौचालय पनि राम्रो छैन, गाउँमा बस्नको लागि कोठा समेत पाउन मुस्कील प¥यो, आफूले खाना नपाएका र बाहिर खाउँ नत भन्दा होटल नै गाउँमा छैन ।’
उनले अपाङ्गता त्यसमा पनि पूर्ण दृष्टिविहिन भएको कारण विद्यालयमा जान आउनको लागि समेत समस्या भएको रूपन्देहीको तिलोत्तमा नगरपालिका चारनम्बर घर भएका उनी सोही विद्यालय देखि केही मिटरको दुरीमा भाडामा बस्दै आएका छन् । आफू लगायत अपाङ्गता भएका व्यक्तिहरूले धेरै दुःख पाएको भन्दै उनले सोही अनुसारको घरपायक मिलाईदिनको लागि स्थानीयदेखि केन्द्र सम्म कुरा उठाएको बताए ।
सुरुवातमा जिल्ला शिक्षा विकास तथा संमन्वय एकाई बाट नियुक्ती सिफारिस लिएर जाँदा पालिकाले हाजिर नै नगराएको, पछि विद्यालयले समेत आनाकानी गरेको तितो यर्थाथ रहेको उनको भनाई रहेको छ ।
एनिहरू जस्तै पार्वती केसी, सन्दीप भट्राई, राजेन्द्र डाँगी सबै अपाङ्गता कोटा बाट नाम निकालेका सबै मर्चवारी गाउँपालिकाका विद्यालयमा सिफारिस भएका हुन । राजेन्द्र डाँगी अल्पदृष्टिविहीन हुन भने अन्य सबै पूर्ण दृष्टिविहिन हुन । राजेन्द्र जनकल्ण मावि, सन्दीप थर्ति मावि, समीक्षा सिसै सेमरा आधारभुत विद्यालय, पर्वती जनता मावि, टिकाराम बगौली मावि मा अध्यापन गराउँदै आएका छन् ।
यता, शिक्षा विकास तथा समन्वय एकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले दृष्टिविहिन भएका व्यक्तिहरूको लागि जवरजस्ती दुर्गम क्षेत्रमा नपारिएको बताउँछन् ।
शिक्षक सेवा आयोगले लिएको परिक्षामा प्राप्तांकको आधारमा मेरिट लिष्ट प्रकाशन हुने र सोही बमोजिम सिफारिस हुने भएको कारण यो पटक ५ जना मध्ये ५ चै जना मर्चवार क्षेत्रमा परेको बताए । उनले रूपन्देहीको लागि मागेको कुल कोटामा अन्तीमबाट ५ जनाको मेरिट लिष्ट (प्रातांक) अनुुसार आएको कारण सोही अनुसारको सिफारिस भएको बुटवल टुडेलाई जानकारी दिए ।
उनले यो विषयमा भाषागत समस्या सहित अन्य विविध समस्या दृष्टिविहिन भएका शिक्षकले भोग्नुपरेको कुरा यथार्थ भएको भन्दै यो विषयमा संघीय मन्त्रालयमा समेत लेखेर पठाएको जानकारी दिए । अघिल्लो पटक शिक्षक सरुवा मापदण्डमा दृष्टिविहीन भएका वा अपाङ्गता भएका शिक्षकको हकमा घरपायक रोज्न पाउने गरी मापदण्ड आउने अपेक्षा गरेकोमा सोही बमोजिम नआएको कारण समस्या भएको प्रमुख बन्जाडेको भनाइ रहेको छ ।
नयाँ शिक्षा मन्त्री आएको सन्दर्भमा अब केही संसोधन सहित आएमा स्थायी शिक्षक सरुवा मापदण्ड अनुसार लेखीआएमा सहजीकरण गर्न आफू जहिले पनि तयार रहेको उनको भनाई रहेको छ ।