ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

लुम्बिनीको मुख्यमन्त्रीमा चौधरीलाई ‘रिप्लेस’ गर्लान महरा !

१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

लमही, १८ चैत । नेपालको पछिल्लो राजनीतिक समिकरण अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले पाउने निश्चित झै बनेको छ । हालसम्मको छलफल अनुसार माओवादी केन्द्रले लुम्बिनी सरकारको नेतृत्व गर्ने सम्भावना बढेको छ । यदी माओवादी केन्द्रले सरकारको नेतृत्वमा पाएमा रोल्पा निर्वाचन १ (क) बाट निर्वाचित जोखबहादुर महरा मुख्यमन्त्री हुने पक्का भएको छ । उनकै नेतृत्वमा बन्ने सरकारमा रोल्पा १ (ख) बाट निर्वाचित रोल्पा दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ पनि मन्त्री बन्ने सम्भावना बढेको छ ।

२३ गते भित्र सरकारको नेतृत्व परिवर्तन हुन सक्ने भएको छ । केन्द्रको गठबन्धनको समीकरण फेरियसगै मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले २२ गते बिश्वासको मत लिनु पर्ने हुन्छ।अहिले राजनीति समीकरण हेर्ने हो भने मुख्यमन्त्री चौधरीको स्पष्ट बहुमत ल्याउने सम्भावना न्यून रहेको देखिन्छ । लुम्बिनीमा नयाँ सरकार गठनका लागि केही दिनदेखि लगातार रूपमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भइरहेको वार्ता तथा सम्वादको आधारमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने सम्भावना बढेको स्रोत बताउँछ ।

सम्भावित भागबन्डामा लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले लिने गरी छफल घनीभुत रूपमा भएको नेकपा (माओवादी केन्द्र) लुम्बिनी संसदीयका नेता जोखबहादुर महराले बताए । नेकपा (माओवादी केन्द) पार्टी, संसदीय दल, मुख्य नेतृत्वहरू सबैले सरकारको नेतृत्व पार्टीले लिनु पर्दछ भन्ने छ । हालसम्म पार्टीका उच्च नेतृत्वहरूपनि लुम्बिनीमा पार्टीले नै लिनुपर्ने पक्षमा रहेको छ ।” उनले भने–“पार्टीका नेताहरू लाग्नुभएको छ त्यसमात्रै होइन सत्ता समिकरण दल पनि माओवावादी केन्द्रलाई दिनु पर्दछ भन्नेमा सकरात्मक रूपमा रहेको रहेको महराले बताए ।
यस्तै लुम्बिनी प्रदेशका इन्चार्ज एवं नेकपा (माओवादी केन्द) का सचिव चक्रपानी खनाल ‘बलदेव’ ले लुम्बिनीमा माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने गरि छलफल भएको बताए । “हामीले दुईपटक अरूलाई बनायौँ, हाम्रो पार्टीको नेतृत्वमा नै सरकार बन्दछ, सरकारबाट जनताको जनजिविकाको सवाललाई नयाँ ढंगले सम्वोधन गर्नुपर्दछ उनले भने । यद्यपि माओवादी केन्द्रले सरकारको नेतृत्व पाएन भने नेकपा एमालेले लिने र सरकारको नेतृत्व लिला गिरिले लिने छन ।लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७ ,राप्रपा (४), लोसपा (३), जनमत (३), जनमोर्चा (१) को समर्थन जुटाउँदा पनि मुख्यमन्त्री चौधरीले बहुमत जुटाउन सक्ने अवस्था देखिदैन ।

एमाले–माओवादी गठबन्धनसँग पनि प्रष्ट बहुमत छैन । एमाले (२९) माओवादी (सभामुखसहित ११), जसपा (३) र एकीकृत समाजवादी (१) जोड्दा ४१ हुन्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर हालको गठबन्धन सरकार जोगाउने सक्ने सम्भावना पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?