ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

दाउन्नेमा ‘सडक सास्ती’

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

बर्दघाट, २४ फागुन । फागुन २० गते आइतबार भएको छिटपुट वर्षाको कारण बुटवल–नारायणगढ सडक अन्तर्गत दाउन्ने सडक खण्डमा करिब १० घण्टा सवारी जाम पयो । आइतबार साँझ ९ बजेबाट सुरु भएको जाम सोमबार बिहान ७ बजेबाट आंशिक रूपमा खुलेर दिउँसो करिब ४ बजेपछि यातायात पूर्ण रूपमा सुचारु भयो । दाउन्नेमा १० देखि २० घण्टा जाम भन्दै सामाजिक सञ्जालका पेँजहरू रँगिए । यो त केवल नेपाली उखान ‘धुँवा भएको आँशु आएको’ जस्तो मात्र हो । धेरै अघिदेखि नै दाउन्ने सडक खण्डमा ४÷५ घण्टा जाममा फस्नु सामान्य भइसकेको छ । छिटफुट भएको वर्षाले त मात्र उत्प्रेरकको काम गरेको हो ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो अहिले यो सडकखण्डको पर्याय नै हो । तराइको चर्को घाममा १–२ पटक ट्याँकरबाट पानी छर्कने गरेपनि एकाध घण्टा पछि नै सडक धुलाम्य भइसक्छ । नारायणघाटबाट बुटवलसम्म मोटरसाइकलमा यात्रा गरेका पाल्पाका लक्ष्मण गैरे सडकका कारण निकै जोखिम मोल्नु परेको भन्दै आक्रोसित थिए । ‘सडक बनाउँदा धुलो खाल्डाखुल्डी हुनु सामान्य हो तर न्यूनीकरण त गर्न सकिन्छ नि’ आक्रोस ब्यक्त गर्दै उनले भने । धुलोको कारण स्वास्थ्यमा पनि प्रतिकुल असर परेको र यात्राका दौरान दुर्घटनाको समेत सम्भावना बढेको उनको भनाइ थियो । मोटरसाइकल, स्कुटर चालक मात्र होइन, बसमा यात्रा गर्ने यात्रु समेत खाल्टाखुल्टी र धुलाम्य सडकका कारण आजित छन । सबै यात्रुको एउटै गुनासो हुन्छ ‘न त समयमा गन्तब्यमा पुग्न सकिन्छ, न त आरामदायी यात्रा नै गर्न पाइन्छ ।’

नारायणगढ बुटवल सडक खण्डको १ सय १३ किलोमिटर सडक स्तरोन्नतीको लागि चाइना स्टेट इन्जिनियरिड कर्पोरेशनले ४२ महिनामा कार्य सम्पन्न गर्ने गरि २०७५ माघ २४ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको ५ वर्ष १ महिना बितिसक्दा सडक स्तरोन्नतीको ५० प्रतिशत पनि काम भएको छैन र कहिले सम्पन्न हुने भन्ने टुँगो समेत छैन । दोश्रो पटक म्यादथपको अवधी आउँदो साउन ६ गते सकिँदैछ ।
ठेकेदार कम्पनीले यो वा त्यो वहानामा म्याद थप गरेकै छ, १ सय १३ किलोमिटर सडकखण्डका छेउछाउका बस्तीका मानिसले हिलो र धुलोको सास्ती खेपेकै छन भने यहि सडकखण्ड भएर यात्रा गर्ने यात्रु गन्तब्यमा पुगेपछि ठूलै खड्को काटेको अनुभूती गरेका छन । पछिल्लो समय ब्यापक विरोधका आवाज उठन थालेपछि सडक निर्माणका लागि सहज रहेका केही स्थानमा एकतर्फि पिच गरेर यातायात सञ्चालनमा सहजता ल्याए पनि दाउन्नेको पीडा भने बढ्दै गएको छ ।

दाउन्ने सडक खण्ड अन्तर्गत १६ किलोमिटर सडक छिचोल्न कम्तिमा २–३ घण्टा लाग्ने गरेको छ । घुमाउरो, उकालो ओरालो सडकमा डाइभर्सनको कारण सडक दुर्घटना हुने, सडक छेउमै मालवाहक सवारी पल्टने, सवारी बिग्रदा र भासिँदा सहज यातायात सँचालन हुन सकेको छैन । पछिल्लो समय दाउन्ने सडक खण्डमा ठेकेदार पक्षले भित्तो काटने, वाल लगाउने, रिटेनिङ वाल लगाउने र पिचको समेत तयारी एकैसाथ गरेको चाइना स्टेट इन्जिनियरिड कर्पोरेशनका सूचना अधिकारी शरद श्रेष्ठले जानकारी दिए । ‘सबै काम एकैसाथ गर्दा केहि समस्या देखिएको हो, निर्माण चरणमा केहि समस्या देखा पर्छ ।‘ श्रेष्ठको भनाइ छ । दाउन्ने सडक अन्तर्गत पश्चिम खण्डमा ७२ मध्ये मात्र २८ वटा कल्भर्ट निर्माण भएका छन यस अर्थले पनि आउँदो वर्षायाममा सास्ती खेप्नु निश्चित प्रायः छ ।

हाल पश्चिम खण्डमा १ हजार ३ सय ६३ जना कामदारहरू दैनिक कार्य गरिरहेका छन । मासिक ३ देखी ४ प्रतिशतको दरमा मात्र काम भइरहेको छ । सडक निर्माण सम्पन्न गर्न तोकिएको समय सकिएको पनि साढे २ वर्ष वितिसक्दा समेत भौतिक प्रगतीमात्र ४५ दशमलव ६० प्रतिशत रहेको छ । निर्माणका लागि प्रयोग हुने कच्चा पदार्थको पर्याप्त उपलब्धता नहुँदा द्रुत गतिमा काम हुन नसकेको कम्पनीको भनाइ छ । यदि कच्चा पदार्थ सहज उपलब्ध भएमा जनशक्ति थपगरि अझै छिटो काम हुने श्रेष्ठले बताए ।

पश्चिम क्षेत्रको कुल ४८ दशमलव ५ किलोमिटर सडकमध्ये पछिल्लो समय २४ किलोमिटर सडक एकतर्फि पिचगरि यातायात सञ्चालन सहज बनाइएको श्रेष्ठको भनाइ छ । सफा चिल्ला सडकमा बुटवल नारायणगढ सडकमा यात्रा गर्ने यात्रु, सवारी चलाउने चालक र हिलो धूलो रहित सडकको छेउमा अवस्थित बस्तीका मानिसको सपना कहिले साकार हुन्छ भन्ने प्रश्नको जवाफ भने अनिश्चितकालको लागि अनुत्तरित नै रहेको छ ।
जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रमुख प्रहरी निरिक्षक राजु खत्री दाउन्ने सडक खण्डमा जाम ब्यवस्थापनको लागि उकालो सुरु हुने दुबै विन्दुबाटै ट्राफिक ब्यवस्थापनको रणनीति अपनाइएको बताउँछन । ठूला र हेभी सवारी कमजोर बाटोको कारण सडक छेउमै फँस्दा वा बिग्रदा ब्यवस्थापनमा समस्या भएको र तत्काल समस्या समाधानको लागि सडकमा ट्राफिक प्रहरीको उपस्थिति बढाउने र जाम हुने सम्भावना बढन थाले उकालो प्रस्थान विन्दुबाटै सवारी ब्यवस्थापन गरिएको उनले बताए ।

यस सडकखण्ड अन्तर्गतका बजारक्षेत्रका स्थानीयले समय समयमा दबाबमुलक प्रदर्शनी समेत नगरेका होइनन् । निर्माणपक्षले विभिन्न कारणहरू देखाउँदै उल्टै आफूहरूले सहज रूपमा काम गर्न नपाएको दाबी समेत गर्ने गरेको छ । कहिले बिजुलीका खम्बा नहटाइदिँदा काममा ब्यवधान आएको त कहिले खानेपानीको पाइपलाईन नसारीदिँदा काम सहज हुन नसकेको यस्तै कच्चा पदार्थको ब्यवस्थापनमा स्थानीय सरकारले सहयोग नगर्दा द्रुत गतिमा काम हुन नसकेको निर्माण कम्पनीको सहज जवाफ रहने गरेको छ । तोकिएको समय भन्दा दोब्बर समय गुज्रिसक्दा ५० प्रतिशत काम समेत नहुनु दुःखद पक्ष हो । नियमन निकायले अनुगमन गर्न नसक्दा बाटोकै कारण कहिले मानविय क्षति ब्यहोर्नु परेको छ भने मानविय स्वास्थ्य र समयको मूल्य पनि घट्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?