ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

राममणिको नवनिर्मित भवन हस्तान्तरणः भारतीय राजदूत भन्छन्– सहयोग निरन्तर रहन्छ

१३ फाल्गुन २०८०, आईतवार
१३ फाल्गुन २०८०, आईतवार

बुटवल, १३ फागुन ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले तिलोत्तमा नगरपालिकाको मणिग्राममा निर्मित क्याम्पस भवन हस्तान्तरण गरेका छन् ।

राममणी बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव समारोहमा राजदूत श्रीवास्तवले भारतीय राजदुतावासद्वारा निर्मित उक्त भवन क्याम्पस सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा बोल्दै राजदुत श्रीवास्तवले सरकार परिवर्तन भईरहेप नि नेपाल र भारतको सम्बन्ध र सहयोग आदानप्रदान भने युगौंयुग सम्म रहिरहने बताए ।

नेपाल भारतका लागि छिमेकी राष्ट्रमात्र नभएर असल मित्र समेत रहेको उल्लेख गर्दै राजदुत श्रीवास्तवले भारत र नेपालको सम्बन्ध दुईदेशका सरकारका बिचमा मात्र नभएर धार्मिक एवं सामाजिक रुपमा पनि बलियो रहेको बताए ।

उनले लुम्बिनी मार्फत नेपालको विकास सम्भव रहेको बताउँदै गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकहरुलाई आकर्षित गर्न सके लुम्बिनीको मात्र नभई सिंगो नेपालकै आर्थिक विकास हुनसक्ने बताए ।

राजदुत श्रीवास्तवले लुम्बिनीमा पछिल्लो समय भारतीय धार्मिक पर्यटकहरुको संख्या बढ्दै गएको बताए । लुम्बिनी आउने पर्यटकहरुलाई नेपालका अन्य धार्मिक स्थलहरुको अवलोकनको लागि लैजान सके पर्यटन मार्फत नेपालको आर्थिक विकास हुने उनले बताए ।

‘अहिले लुम्बिनीमा अन्य मूलुकका सँगै भारतीय पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ, यहाँ आउने पर्यटकहरुलाई नेपालका अन्य धार्मिक स्थलहरुमा लैजान सके त्यसैको मार्फत नेपालको विकास गर्न सम्भव छ,’ राजदुत श्रीवास्तवले भने ।

राजदुत श्रीवास्तवले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत समग्र क्षेत्रका विकासमा सहकार्य गर्दै आएको बताए ।

‘नेपालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत क्षेत्रको विकास हुन सके नेपाल र भारतको सम्बन्ध अझै मजबुत बन्न सक्छ,’ ‘यस्ता क्षेत्रहरुको विकासमा भारत सरकार सहयोगको लागि सदैव तयार छ,’ उनले भने ।

राजदुत श्रीवास्तवले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजदुत बनाउन भारत सरकारले समुदाय विकास कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताए ।

सन् २००३ देखि भारत सरकारले नेपालका लागि अगाडी सारेको समुदाय विकास कार्यक्रम मार्फत हालसम्म ५५० वटा विद्यालय भवन निर्माण भईसकेको बताए । लुम्बिनी प्रदेशमा मात्र ६१ र रुपन्देहीका १२ वटा विद्यालय भवन निर्माणमा राजदुतावास मार्फत भारत सरकारले आर्थिक अनुदान उपलब्ध गराएको उनले बताए ।

भारत सरकार नेपालको विकासमा कसरी सहभागी भएर सहयोग गर्न सकिन्छ भन्नेमा सधै रहन्छ, नेपालका विभिन्न ईकाईहरु स्थानीय तह र जिल्ला समन्वय समितिसँगको समन्वयमा ५५० वटा विद्यालय भवन निर्माण भईसकेका छन् भने ९५० वटा एम्बुलेन्स र २५० वटा स्कुल बस उपलब्ध गराईसकेको छ,’ उनले भने ।

राजदुत श्रीवास्तवले यसअघि नेपालका विकास परियोजनामा भारतीय दूतावासले खर्च गर्न सक्ने पाँच करोडको सिमिततालाई बढाएर २० करोड बनाईएको स्मरण गर्दै तिलोत्तमा वा रुपन्देही आसपासमा पनि त्यस्तो नयाँ योजना संचालन गर्ने चाहना रहेको बताए । ‘यसअघि पनि तिलोत्तमा र सिंगो रुपन्देहीभित्र धेरै योजनाहरु सम्पन्न भईसकेका छन्, अब भने रुपन्देहीभित्र कुनै त्यस्तो ठूलो योजना गर्ने ईच्छा छ,’ श्रीवास्तवले भने ।

२०६८ साल माघ ७ गते निर्माण शुरु गरिएको यो भवन २ करोड ४७ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भएपनि भवनको हस्तान्तरण भने लामो समयसम्म हुन सकेको थिएन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सदियौंदेखि सहकार्य गर्दै आएको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिकाको शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा भारत सरकारको सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष धु्रव कुमार धिताल, उपाध्यक्ष कृष्ण प्रसाद पौडेल, क्याम्पसका संरक्षक रोमणी प्रसाद पाठक, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठक, राममणिका उपप्राध्यापक मुक्तिनाथ गैह्रे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा क्याम्पसले प्रकाशन गरेको मुखपत्र दिपिकाको विमोचन सहित क्याम्पसको विकासमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । २०४५ सालमा समुदायबाट संचालन गरिएको यो क्याम्पसमा हाल प्लस टु देखि स्नातकोत्तर सम्मका विभिन्न विषयमा २ हजार ६ सय ८४ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?