© २०२३
बुटवल, १९ माघ । बावुआमाको इच्छा थियो संस्कृत विषयको राम्रो ज्ञाता बनाउने । आफ्ना बावुआमाको इच्छा पुरा गर्ने उनको पनि ठूलो सपना थियो । त्यहि सपना बोकेरसंस्कृत विषय अध्ययन गर्न स्याङ्गजा जिल्ला गल्याङ नगरपालिकाको पकवादीबाट भारतको लुधियाना तर्फ पढाई खर्च बोकेरहानिए मुक्तिप्रसाद भण्डारी । तरउनी संस्कृतका ज्ञाता नबनेरधागो उद्योगको जागिरे बन्दै भारत जानुको उद्देश्यबाटै मोडिए ।
युगनाथ भण्डारी रचन्द्रकला भण्डारी तीनवटा छोरा छोरी मध्ये कान्छा छोरा हुन् मुक्तिप्रसाद भण्डारी । २०२४ सालको असारमहिनामा जन्मिएका मुकितलाई बावु आमाले प्रारम्भिक शिक्षादेखि नै संस्कृत विषयतर्फ लगाव लगाएका थिए ।
प्रारम्भिक शिक्षा गाउँबाटै हासिल गरेका भण्डारीले १३ वर्षको उमेरमा भारतको लुधियाना तर्फ लागेका हुन् । संस्कृत विषयमा माध्यमिक तह सम्मको अध्ययन पुरा गरे । स्याङ्गजाको ग्रामिण बस्तीबाट सयौंकोस टाढा मुक्तिप्रसाद अध्ययनका क्रममा पुग्दा मध्यम वर्गिय भण्डारीलाई आर्थिक समस्याले सताउन लाग्यो । संस्कृत विषयमा उच्च शिक्षा हासिल गर्न पुगेका उनलाई कहिल्यै नमेटिने गरी धागोले मन खिच्यो । रोजगारीसँगै आर्थिक उपार्जनको खोजीमा भौतारिदै जाँदा नजिकैको बजारराजस्थानमा धागो कारखानामा खोजे जस्तो रोजे जस्तो रोजगारीको अवसरपाएपछि बावुआमा रआफ्नो बाल्य कालको सपनालाई उनले चटक्कै मोडिदिए ।
कारखानाबाट महिनाभरी काम गर्दा पाएको परिश्रमिकले गर्दा संस्कृत विषय पढ्ने इच्छा नै हराएको बताउने भण्डारी आर्थिक उपार्जनसँगै कारखानामा सिकेको सीपलाई अझ बढी तिखार्न लुधियानाको ठूलो धागो कारखानामा जागिरे भएको बताउँछन् ।
दुई वर्षको गहिरो अनुभव संगालेरफर्किएरबुटवलको ज्योतिनगरमा होजियारी उद्योग सञ्चालन गरेरजागिरेबाट मालिक बन्न पुगे । यहि क्रममा २०४७ सालमा स्याङ्गजा गल्याङ नगरपालिकाको तुलसीभञ्याङ गाउँबाट झपकला सँग श्रीमान श्रीमतीको नाता कायम गरे । नाता काउम गरेकै वर्षदिनमा छोराको बावु बनेको बताउने भण्डारी लगातारतीन सन्तानको बावु बनेपछि जीवन संगिनीलाई कहिल्यै नफर्किने गरी दैवले चुटालेरलगेको बताउँछन् । पत्नी वियोगको पिडामा भौतारिदै, उद्योग सञ्चालनको जिम्मेवारी एक साथ लिएरअगाडि बढेको भण्डारीले वियोगको दुईवर्ष पछि बुटवल ११ की मिनासँग दोस्रो सम्बन्ध जोडे पनि यो सम्बन्धलाई पनि निष्ठुरी दैवले १० वर्षपछि पुन चुटालेरलगिदिएको पीडालाई भाव विह्रोल हँुदै व्यत गरे ।
बुटवलमा पहिलो पटक होजियारी उद्योग आफुले नै सञ्चालन गरेको दावी गर्ने भण्डारी भन्दछन् । आफू एक्लैले सञ्चालन गरेको उद्योगमा यतिखेर२५ जनाले प्रत्यक्ष रूपमा रोजगारीको अवसरप्राप्त गरेका छन् । उमेरका हिसाबले झण्डै तीन बीस पुग्न आटेका भण्डारीलाई धन राख्ने प्रसस्त ठाउँ भएपनि मन राख्ने ठाउँ नहुँदाको पीडाले भत्भति पोलि नै रहँदो रहेछ ।
आफूले दुःख गरेरआर्जन गरेको सीप रप्रविधिबाट सञ्चालित उद्योगले जेठो छोराले इन्जियरिङ्ग विषयको अध्यन पुरा गरेरकाठमाडौको कलेजमा आफुले अध्यन गरेको विषयलाई अध्यापन गर्दे आएको कान्छो छोरा पनि इन्जियरिङ्ग विषय पुरा गरी नेपाल टेलिकममा स्थायी पदमा कार्यरत रहेको रकान्छी छोरीले पनि दाजुहरूको पढाइलाई पछ्याउदै गएको बताउने भण्डारीसँग ८३ बसन्त पारगरेकी आमालाई लालन पालन गर्दे आएको बताउछन् ।
संस्कृत विषय अध्ययन गर्ने सपना बोकेरप्रदेशिएका भण्डारी उद्यमी बन्ने सपना बोकेरघरफकिए । जसोतसो गरेरदुईलाख रुपिया जोहो गरेरउद्योग सञ्चालन गर्दा उनी सम्झिन्छन् भनिन्छ “त ँआट म पु¥याउँछु ” भने जस्तै आफुले उत्पादन गरेको बस्तु बजारमा सहज रूपमा पुग्न नसक्दाको पिडा सम्धmदै उनी भन्दछन् त्यतिबेला पनि विदेशी बस्तुको मोहका कारण आफना उत्पादन ले बजारपाउन सकेन । आफैले उत्पादन गरेको बस्तुलाई विदेशी लेवल लगाए पछि बजारको माग अनुसारउत्पादन गर्न नसकेको बलियो अनुभव संगालेका उद्यमी भण्डारी भन्दछन् बजारको माग अनुसारउत्पादन बढ्दै गयो । उत्पादन बढ्दै गए पछि कारखानामा कामदारको संख्या पनि बढ्दै गयो ।
आफ्नै प्रत्यक्ष नियन्त्रण रनिगरानीमा सञ्चालित उद्योगमा १० हजारदेखि ४८ हजारमासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने श्रमिक रहेको बताउँछन् । स्वदेशमै यस्ता उद्योगबाट रोजगारीको अवसरसृजना हुने भए पनि नयाँ पुस्तामा यस्ता उद्योगको रोजगारीको अवसरप्रति आकर्षण घट्दै गएको गतिलो अनुभव उनले संगालेका छन् । नयाँ पुस्तालाई आकर्षण गर्न सरकारी तर्फबाटै पहल हुनुपर्ने उनको सुझाव छ ।