© २०२३
बुटवल, १८ माघ । तिलोत्तमा नगरपालिका १ की माया न्यौपानेको भान्सामा मिलको तेल प्रयोग हुन थालेको ९ वर्ष पुग्यो । बजारको प्याकेटको तेलमा शंका लागेपछि उनी मिलबाटै तोरीको तेल ल्याएर प्रयोग गरेको उनको भनाइ छ । हेरेर ल्यायो, मन ढुक्क हुन्छ उनले भनिन्, के राख्यो भन्ने चिन्ता पनि भएन । बुटवलको कालिका नगरमा रहेको मिलमा भेटिएकी न्यौपानेले बजारको प्याकेटमा रहेको तेल खाँदा स्वास्थ्यमा असर देखिन थाले पछि मिलको तेल प्रयोग गर्न थालेको बताईन ।
पाल्पा माईत भएकी न्यौपाने आफु सानै हुदा घरमा मिल रहेको र मिलकै तेल महामारी व्यवसाय शुरु गरेकी हुन् । खाने गरेको बताईन । उनी भन्छिन्–माईतमा मिलको तेल खाए पनि विहे पछि घरमा आउदा प्याकेटको तेल प्रयोग गर्नु पर्दथियो तर पछि यसको बेफाईदाका बारेमा घरमा श्रीमान सासु सुसुरालाई बुझाएपछि हाम्रो परिवारले मिलको तेल खान थालेका हौ ।
बुटवलको सुख्खानगरकी गंगा भट्टराईले पनि लामो समय देखि नै मिलमा पेलेको तोरीको तेल खाने गरेको बताईन । रूपन्देहीको सालझण्डी माईत भएकी उनी भन्छिन म सानै हुदा देखि नै बुवा आमाले घरमा नै उत्पादन गरेको तोरीको तेल खाएर हुकिए त्यसैले होला मलाई मिलमा नै पेलेको तेले खान मन पर्छ पारी बुटवलको अमृत आयल मिलमा भेटिएकी ग्राहक हुन् उनी । पहिले पहिले घरको तोरी सकिएपछि यहाँबाट तेल लाने हो हाम्रो परिवारले अहिले पनि यहाँको तेलमा विश्वास छ त्यसैले खाने गरेका छौ । बजारको खाने तेलमा विभिन्न खालका मिसावट हुने भएकाले पनि हाम्रो परिवारमा धेरै जसो र सकेसम्म मिलको तेल नै प्रयोग हुने गरेको भट्टराईको भनाई छ ।
बुटवल दिपनगरकी माया भुषाल तेलको मिल सञ्चालक हुन् । २०४४ सालमा अर्घाखाँचीमा जन्मिएकी भुषालले मास्टरसम्मको अध्ययन गरेकी छन् उनी भन्छिन्, आफू पढेलेखेको, श्रीमानले वैदेशिक रोजगारीमा भएपछि आर्थिक समस्या भएन । सन्तानलाई पनि राम्रो शिक्षा दिनुपर्छ र रोजगारीको अवसर पनि हुन्छ भनेर काठमाडौमा बसेको थिए तर २०७६ सालमा आएको कोरोना महामारीले व्यवसाय गर्न सिकायो । मलाई त्यो समय नत जागिर नत विदेशमा कमाई सोच्दा पनि नमिठो लाग्ने । यस्तो बेलामा आफनो व्यवसाय भएको भए हुन्थ्यो भन्ने लाग्यो । के गर्ने त सोच्न नै केहि समय लाग्यो हामीलाई माया सुनाउँछिन् । तर पनि आफनै व्यवसायमा रमाउनु पर्छ भन्ने सोचाईले मलाई व्यवसायी बनायो । उनी भन्छिन्–यदि कोरानाको महामारी नभएको भए म उहि सानोतिनो निजि जागिरे बाहेक केहि हुदैन थिए तर महामारीले मलाई आफनै घरमा स्वरोजगार बनायो । श्रीमानले विदेश छाड्नु भयो मैले काठमाडौ आफनै ठाँउमा नयाँ व्यवसाय । जसमा पनि नयाँ पुस्ताको कम आकषर्ण छ त्यसैले हामीले मिल रोजेका हौ । आजभोली यो छोटो समयमा फुर्सद भन्नै नै छैन । यहाँ तोरी पेल्ने र बेच्ने गरिरहेका छौ । यहाँ एक पटक आएका ग्रहाकहरू नदोरिएको रेर्कड पनि कम छ उनी थप्छिन् । आफनै ठाँउमा सफा र स्वच्छ तेल बेचेका छौ कम मुनाफा राखेका छौ किन भने यहाँ वरिपरि रहेका पुरना तोरी मिलसँग प्रतिर्शप्रर्दा गर्नु परेका छ । भुषाल भन्छिन् आजको दिन सम्मको कुरा गर्ने हो भने हाम्रो व्यापारमा तेलसँगै विभिन्न प्रकारका पिठोहरू पाि बेचेर पिसेर हामी दैनिक ३५ हजार बराबरको व्यपार गरिरहेका छौ । केहि चार वर्ष अधि मात्रै सञ्चालनमा ल्याएको मिलमा श्रीमान श्रीमती सहित एक जना पुर्णकालिन कर्मचारी अरू बाकी चार जना दैनिक ज्यालादारीको रूपमा काममा गरिरहेका छन् ।
२०३१ सालमा मिल स्थापना गरेर व्यवसाय गरिरहेका अमृतलाल श्रेष्ठलाई अहिलेको समय सपना जस्तै लाग्छ । १० हजारमा तोरी पेल्ने मिल किनेर बहिनी ज्वाईसँगको सहकार्यमा शुरु गरेको व्यवसाय अहिलेसम्म पनि निरन्तर छ । श्रेष्ठ भन्छिन्, पहिलेको खस्यौली बजारमा तोरी मिल यहि एउटा मात्रै थियो । यहाँ टाढा टाढाबाट आउने र रातीमा यहि बाँस बस्ने, बिहानै तेल बोकेर जानेहरू धेरै थिए । त्यस बेला अरू मिल नै थिएन, किन्ने भन्दा पनि पेल्नेको संख्या धेरै थियो उसबेला । उनीहरू यहाँ आउन र जाने पनि समय धेरै लाग्दथियो अहिले जस्तो साधन थिएन । त्यसैले पनि उत्पादन भएको तोरी पेल्न आउने संख्या धेरै थियो ।
विगत सम्झदै श्रेष्ठ भन्छन्, गाउँघरतिरका व्यापारीहरूले एक पटकमा १ हजार लिटर, कसैले १५ सय लिटर सम्म बेच्ने लैजान्थे । त्यसबेला जम्मा ४० रुपियाँ लिटर तेले थियो अहिले ३ सय पुग्यो । अहिले बुटवल उपमहानगर पालिका वडा नं १ पारी बुटवलमा रहेको अमृत आयल मिलमा आज पनि तेल किन्न आउने संख्या धेरै छ । पहिले तोरी लिएर आउँथे आजभोली तेल किन्न आउने धेरै छन् श्रेष्ठ भन्दछन् । विगत र अहिलेको सम्झना गर्दे श्रेष्ठ भन्छन्, पहिलेको समाज त कहाँ पाउनु ईमान्दारी धेरै थियो अहिले कम छ आजभोली सबै नगदमा कारोवार हुन्छ त्यसबेला विश्वासमा काम हुने गर्दथ्यो । तर पनि तोरी पेलेर नै चार छोरी र एक छोराको जीवनलाई सुखद बनाएको छु त्यसैमा खुशी लाग्छ ।
उनी भन्छिन्, पहिले जस्तो तोरीको तेल खानेको संख्या घटेको छ आजभोली त बच्चालाई लगाउने, सुत्केरीलाई खुवाउनेहरू मात्रै धेरै छन् । गाँउ गाँउमा पोकामा तेल पुग्छ व्यापारीलाई पनि खुल्ला लाने बेच्न असजिलो । उनले निरन्तर मिलकै तेल खाने ग्राहक पनि आफुकहाँ रहेको सुनाए । जसका लागि हामी घर घरमा पु¥याउने गर्दछौ । आज पनि पुराना ग्राहक विदेश पुगे पनि बेला मौकामा यहाँबाट तेल लैजाने गरेको श्रेष्ठको भनाई छ ।
लामो समयदेखि आफनै घरमा गरिरहेको व्यवसायले सन्तान र आफनो जीवन नै गुजारा गरेको बताउने श्रेष्ठले पछिल्लो पुस्ताले देखासिक गरेकै कारण सफल हुन नसकेको बताए । उनी भन्छन्, निरन्तरता र लगनशीतला लगाउन सके आफ्नै देशमा पनि बाँच्न सकिन्छ । म मेरो छोरालाई पनि यहि व्यवसायमा रमाउन सिकाएको छु म पछि उसले पनि यहि स्थापित व्यवसायलाई सम्हाल्छ भन्नेमा ढुक्क छु । आजभोली त सजिलो छ फोनको भरमा तोरी मिलमा आउँछ । हाम्रो मिलमा दाङ्ग बाकेको तोरी आउँछ । राम्रो स्वास्थ्यकर सामान बेच्ने हो भने ग्रहाकको कमी नहुने उनको बुझाई छ ।
बुटवलको हाटबजारमा विगत २५ वर्षदेखि नेशनल आयल मिल सञ्चालन गरिरहेका राज आमलले पनि पछिल्लो केहि वर्ष देखि मिलको तेल खानेको संख्या बढेको बताए । उनले प्याकेटमा तेल आउन थालेको घटेका ग्राहकहरू आजभोली स्वास्थ्यमा समस्या देखिन थालेपछि फर्किएको बताए । उनी भन्छन्, त्यसबेला भिनाजुको पनि कपिलबस्तुमा तोरी पेल्ने मिल थियो, त्यसैको सिको गरेको हो मैले पनि ।
बीचमा पाँच सात वर्ष धेरै ग्रहाकले प्याकेटको तेल खाए पनि अहिले बिस्तारै धेरै ग्रहाकहरू फकिएका छन् । उनी भन्छन्, प्याकेटको तेलमा लोगे एउटा कम्पनीको भए पनि तेलमा शुद्धता हँुदैन । यहाँबाट धेरै रोगहरू देखिन थालेको छ । तर मिलको तेल त आफनै आखा अगाडी पेलेर लिन पाईन्छ । शुद्धतामा ग्यारेन्टी हुने भएकाले नै होला ग्राहकले रोज्ने ।
लामो समयदेखि मिल सञ्चालन गरिरहेका आलमले विगतमा आफुहरूले व्यवसाय शुरु गर्दा साईकलमा घर सम्म तेल पु¥याईदिने त्यहाँबाट अगाडी पु¥याईदिएको तेलको पैसा ल्याउने र बाकी अर्को पटक जादा पैसा ल्याउने गरि सामान बेच्ने गरेको बताए । व्यवसाय शुरु गर्दा पातलो बस्ती, पसल कम, मान्छेको भीडभाड नभएको अवस्था थियो तर पनि यहाँ तोरी पेल्न र तेल किन्न आउने संख्या बाक्लो थियो । ४ सय रुपियाँ भाडा तिरेर शुरु गरेको सटरको भाडा मात्रै अहिले मैले १ लाख २८ हजार तिर्ने गरेको छु । मेरोमा दैनिक ५० देखि ६० जना ग्राहक तेल किन्नका लागि आउने गर्छन । यहाँ ५ जनाले रोजगारी पाएका छन् उनीहरूले न्यूनतम २० हजारदेखि २४ हजार सम्म पारिश्रिमक दिने गरेको आलमले बताए ।
बुटवलको कालिका नगरका किस्मतकुमार श्रेष्ठले २०६३ सालबाट तोरीको मिल सञ्चालन गरिरहेका छन् । उनले तेल पेल्नु र बेच्नु उनको दैनिकी हो । श्री शुभ लक्ष्मी तोरी मिलको नामबाट उनले बुटवलको इट्टाभट्टीमा लामो समय सम्म मिल सञ्चालन गरे । त्यहाँ कमाएको पैसाले कालिकानगरमा जोडेको घरमा नै अहिले मिल सञ्चालनमा छ । मिल जहाँबाट घर परिवार र छोराछोरीको लालन पालनसँगै सम्पती जोडिएको व्यवसाय प्रति उनको लगाव अझै पनि उस्तै छ । यहाँ पश्चिमबाट तोरी किनेर ल्याउनु मिलमा पेलेर ग्रहाकलाई बेच्नुमा जति सन्तोष अन्त छैन उनलाई । बीचको केहि समय आफना ग्रहाकले पनि बजारमा आएमा स्ता तेल खाएको स्वीकार गर्ने श्रेष्ठले पछिल्लो समयमा धेरै मानिसहरू मिलको तेल प्रति आकर्षण बढेको बताउँछन् ।
बुटवलमा सञ्चलानमा रहेका धेरै तोरी मिलहरूमा पछिल्लो समयमा तेल किन्नेको संख्या बढिरहेको छ । मुल्य जति बढे पनि स्वास्थ्यका हिसावले राम्रो हुने भएकाले पनि तेल प्रति ग्राहकको रुचि बढेको छ । तर स्थानिय मिलहरूमा प्रयोग हुुने कच्चा पदार्थ अथवा तोरी स्थानीयस्तरमा उपल्बध नहुँदा समस्या हुने गरेको छ । यहाँका अधिकांश मिलहरूले भारतका विभिन्न शहर र लुम्बिनी प्रदेशको पश्चिम दाङ्ग, बाके, बर्दिया लगायतका स्थानबाट तोरी ल्याउने गरेका छन् । बस्ती बिकाससँगै खेतीपाती गर्नेको संख्या घट्नुले पनि कच्चा पदार्थ पाउन नसकिएको मिल सञ्चालकहरूको बुझाई छ ।