ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

ऋण खोजेर उपमहानगरलाई सटर भाडा तिर्दै व्यवसायी

बुटवलबाट व्यवसायी विस्थापित हुनुका विभिन्न कारणहरूमध्ये मुख्य बजारको सडक बिस्तारमा ढिलाई र सटर भाडा महँगो रहनुलाई मुख्य मानिएको छ । तर महानगर भने आफ्नै मातहतमा रहेको सटरको भाडा घटाइरहेको छैन । नगरको सिंहदरबारको रूपमा रहेको बुटवल उपमहानगरपालिका कार्यालय गेट अगाडिको सटरमा भाडा तिर्दै आएका व्यवसायी चर्को भाडाका कारण आफूहरू व्यवसायबाट पलायन हुने दिन कुरिरहेका छन् ।
९ माघ २०८०, मंगलवार
९ माघ २०८०, मंगलवार

बुटवल, ९ माघ । बुटवल सुख्खानगरकी सरस्वती पौडेल कपडा व्यवसायी हुन् । बुटवल बजारलाई कार्यक्षेत्र बनाएर विगत १३ वर्षदेखि उनले हाटबजारको सटरमा व्यवसाय गरिरहेकी छिन् । उनीसँगै उनका श्रीमान पनि यही व्यवसायमा छन् । श्रीमान श्रीमती दुबैले घर परिवार पाल्ने मुख्य आयआर्जनको बलियो माध्यम बनाएर व्यवसाय गरेको लामो समय भएको छ ।

बुटवलको हाटबजारमा रहेको बुटवल उपमहानगर पालिकाले भाडामा लगाएको सटरमा उनको कपडा, जुत्ता बेच्ने व्यवशाय छ । पौडेल भन्छिन्–‘पछिल्लो समयमा व्यापार नचल्दा उपमहानगरलाई भाडा बुझाउन समेत गाह्रो छ । आजभोलि त ऋण गरेर भाडा तिर्नुपर्न अवस्था सृजना भएको छ । पहिलो कुरा व्यापार छैन अनि सटर भाडा महङ्गो हुँदा मारमा छौं ।’ स्थानीय सरकार आँखै अगाडी नदेखे जस्तो गर्छ । नगर भाडा दिन भन्दा त पहिलेकै ठेकेदारलाई बुझाउँदा सहज थियो । त्यस बेला व्यापार पनि राम्रो थियो । त्यहि बेलाको व्यापार सोंचेर गरिरहेको ठाउँ छाडेर कहाँ जाने भनेर टेन्डरको बेलामा बढिबढाउ गरेर टेन्डर हालियो अहिले न छोड्न सकिन्छ नत यहाँ चल्न सकिएको छ । स्थानीय सरकारले हाम्रो रमिता हेरेको छ । यस्तै हो भने हामीले मर्नुपर्छ अब उनले भनिन ।

तीन वर्ष पहिले ८ हजार ५ सय तिर्ने गरेको सटरको भाडा अहिले ५० हजार तिरेको पौडेलको भनाइ छ । त्यो पनि महिनाको मसान्तमा नबुझाए ३ प्रतिशत फाईन तिर्नुपर्छ । त्यसपछि वर्षपिच्छै ५ प्रतिशतले बृद्धि हुन्छ, उनले थपे ।

हर्कबहादुर रायले पनि एक वटा किचन स्टोर सञ्चालन गरिरहेका छन् । उनी बुटवलको हाटबजारमा २०५५ सालबाट नै यस ठाउँमा व्यवसाय गर्दै आएका पुराना व्यापारी हुन् । जुनबेला खेतमा सानो टंकीमा सामान राखेर व्यवसाय शुरु गरेका रायलाई अहिले अचम्म लाग्छ । उनी भन्छन्–‘त्यसबेला हामीले १० रुपियाँ बैठकी तिरेर व्यवसाय गरेका थियांै । त्यसपछि बनेका यी भवनको सटरमा ३ हजार ५ सय भाडा तिरेर व्यापार गरेका हौं । तर अहिले भन्दा पनि मन भारी हुने भाडा नगरपालिकालाई बुझाउनु पर्छ । यहाँ पहिले जस्तो व्यापार पनि छैन, अझै कोरोनापछि त व्यापार शुन्य जस्तै छ । तर पनि महिनाको मसान्तीमा ५० हजार भाडा जसरी पनि तिर्नुपर्छ । सुविधाको कुरा त सात सटरलाई एउटा शौचालय छ । एक हप्तामा सफा गर्न आउँछन् उनीहरूको के बाटो हेर्नु भनेर म आफै सफा गर्छु ।’

अम्बिका भुषालले बुटवलको हाटबजारमा १७ वर्षदेखि मणि एण्ड दिपक सप्लायर्स सञ्चालन गरिरहेकी छन् । उनी भन्छिन्–पहिले बाटामा नै यहि व्यवसाय गरियो त्यसैले बानी परे जस्तो भयो तर पछिल्लो समयमा खुलेको टेन्डरमा पाँच वटामा राख्दा बल्ल एउटा परो र अनि व्यवसाय गरका छौं तर पनि भाडा तिर्न गाह्रो छ । अझै अरू गासको कुरा त के गर्नु त्यसमाथि पहिले जस्तो व्यापार छैन । ४३ हजारमा टेन्डर परेको हो हामीले बिजुली, फोहर र प्रत्येक वर्षमा बढ्ने ५ प्रतिशत गर्दा अहिले ४८ हजार रुपियाँ बुटवल उपमहानगर पालिकालाई बुझाउनुपर्छ ।’
बुटवल बेलबासका नगेन्द्रप्रसाद अर्यालले २०६३ सालबाट हाटबजारमा भाँडा पसल शुरु गरेका हुन् । त्यसबेला त यहाँ टाढाटाढाबाट भाँडा किन्न आउनेको भीड थियो । व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो तर अहिले त कोहि आइहाल्छन् कि भनेर कुर्ने मात्रै काम भएको छ । अब यो समयमा आए के गर्ने गरिरहेको व्यवसाय धरापमा परेको छ । अरू गर्न समय र उमेरले दिँदैन । ३ हजार ५ सय भाडा तिरेर राम्रो कमाई भएको पसल हो तर अहिले यो टेन्डर गरेर नगरपालिकालाई भाडा बुझाउन थाले पछि त ३३ हजार भाडा बुझाउनुपर्छ । व्यवसाय छैन भाडा बढेर आकास पुग्यो अब त यी भाँडाकुडा कता लैजाम भन्ने अवस्था आएको छ उनले भने ।

सटर व्यवसायी संघ बुटवलका अध्यक्ष खुमानन्द खनालले व्यापारी बीचको अस्वस्थ लडाइँको मारमा अहिले सबै व्यवसायी परेको बताउँछन् । उनी भन्छन् टेन्डर गर्दाको समय र अहिलेको समयमा आकास पातलको फरक छ । त्यो समय व्यापार असाध्यै राम्रो, भीडभाड बजार गर्न आउनेको संख्या धेरै किनमेल पनि धेरै हुने सटर भाडा पनि कम थियो । यहाँ व्यवसाय गर्नेले त्यो बेला राम्रै सम्पति जोडे । उनी भन्छन्, हामी सबैले त्यहि बेलाको माहोललाई हेरेर टेन्डरका बेलामा बढिबढाउमा टेन्डर हालेका हौं । यो ठाउँ छाडेर कता जाने ? व्यवसाय गर्न सरसामान कता लैजानु ?

हामी व्यापारीले आजको समयको कल्पना पनि गरेनौं । खनाल भन्छन्, कोरोना माहामारीले थला पा¥यो हामीलाई त्यसमाथि महङ्गो सटर भाडा । बजार खुलेपछि पनि व्यापार छैन सोंचे जस्तो किनमेल भएको छैन । सबैमा आर्थिक महङ्गीको प्रभाव परे जस्तो छ । मेरो फेन्सीमा एउटा सिर्जनमा ५ जोर लुगा किन्ने ग्राहकले अहिले मुस्किलले एक जोर किनेको छ । अवस्था सबैमा यस्तो छ ।

यो असहज परिस्थितिमा हामीले बुटवल उपमहानगर पालिकामा गएर विभिन्न चरणको छलफल गयौं तर नगरले हामीलाई सहयोग गरेन । हामीले अरू केही नभए पनि वर्षमा बृद्धि हुने ५ प्रतिशत रकम मिनाहा गरिदिन अनुरोध गरेका थियौं हुन्छ हुन्छ भनेर आश्वासन दिएपनि व्यवहारमा लागू भएन । त्यसमाथि हामीले महिनाको मसान्तमा भाडा बुझाउन सकेनौं भने जरिमाना समेत तिर्नुपर्ने दुःखद अवस्थाको सामना गरिरहेका छौं खनालले भने । उनी भन्छिन्, हामीले अन्जान र समयलाई हेरेर पारेको टेन्डर आज लिनु न छाड्नु भएको छ । अब यहाँबाट पनि धेरै व्यापारीहरू पलायन हुने अवस्था सृजना भएको छ ।

बुटवल उपमहानगर पालिकाले ९४ वटा सटरलाई हाट बजारमा भाडामा लगाएको छ । ति सटरको भाडामा न्यूनतम २१ हजार देखि ९६ हजारसम्म रहेको संघका अध्यक्ष खनालले जानकारी दिए । यो रकम पनि वार्षिक ५ प्रतिशतका दरले वृद्धि हँुदा अहिले न्यूनत सटरको मुल्य २४ हजार १ सय ५० रुपिया पुगेको छ । त्यसै गरी अधिक्तम भाडा ९६ हजारको मुल्य बढेर एक लाख १० हजार ५ सय रुपियाँ पुगेको छ । यता बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले खरिद ऐन लाई टेकेर काम गर्दैै गरेको जानकारी दिए । उनले खरिद ऐन भन्दा वाहिर गएर सम्बोधन गर्न नसकिने बताए । उनले भने–‘खरिद ऐन मा स्थानीय तहलाई अधिकार नै दिएको छैन, हामीले दायाँ बायाँ गरे, हामी माथि नै प्रश्न उठ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?