ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन
१२ औं वार्षिकोत्सव विशेष

तिलोत्तमामा नयाँ कार्यक्रमको चाङ : कार्यान्वयनमा चुनौति

२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

स्थानीय तहको पहिलो निर्वाचनबाट नयाँ नेतृत्व आएसँगै देशभरमै लोकप्रियता र चर्चा कमाएको तिलोत्तमा नगरपालिका दोस्रो कार्यकालमा पनि त्यही पदचाप पछ्याउने क्रममा छ । पहिलो कार्यकालमा नेकपा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका नेपाली कांग्रेस रूपन्देही सभापति समेत रहेका रामकृष्ण खांण दोस्रोपटक एमालेका नेता मोहन चापागाईसंग झिनो मतान्तरले विजयी बनेका थिए । खांणले कार्यभार सम्हालेको डेढ वर्ष भन्दा बढी भइसकेको छ ।

नगर कार्यपालिकामा बहुमतमा रहेको एमालेसंगको टकरावका कारण पहिलो वर्ष त्यति धेरै नयाँ काम गर्न नसकेका मेयर खांणले दोस्रो वर्षको नीति तथा कार्यक्रम र वजेट एमालेबाट निर्वाचित उपमेयरसहितका जनप्रतिनिधिसंगको सहमतिका साथ ल्याए । जसले गर्दा नगरपालिकामा थुप्रै नयाँ कार्यक्रमहरू अघि सारिएका छन् ।

नगरपालिकाले शिक्षातर्फ स्वर्णिम आयोजना अन्तर्गत प्रत्येक वर्ष ४ वटा विद्यालयको भवन निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । यस्तै कक्षा ५ को परीक्षा नगरस्तरीय परीक्षा गर्ने कार्यक्रम छ । यस्तै नगरभित्र महिला विद्यालय सञ्चालन गर्ने पनि पालिकाको योजना छ । कृषितर्फ तिलोत्तमाको आफ्नै कृषि पकेट कार्यक्रम सञ्चालन गर्दैछ । सामूहिक खेती गर्दा जोताईमा ५० प्रतिशत अनुदान दिएको छ ।
पशुु सेवातर्फ लम्पी स्किन रोगविरुद्ध निःशुल्क खोप लगाएको नगरपालिकाले भेटनरी एम्बुलेन्स सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ ।
स्वास्थ्यतर्फ बासुदेव घिमिरे नेतृत्वमा हुँदा कोभिड अस्पताल बनाइएको स्वास्थ्य संस्थालाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने योजना छ । यस्तै नयाँ मातृ शिशु अस्पताल निर्माण र सञ्चालन, ७ वटा स्वास्थ्य चौकीमा मेडिकल वेस्ट (फोहोर ) म्यानेजमेन्ट सिस्टम स्थापना र सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । उद्यमतर्फ स्थानीय उत्पादन प्रवद्र्धन गर्न मेड इन तिलोत्तमा हाउस सञ्चालन, तिलोत्तमा इकमर्स सेवा सञ्चालन कार्यक्रम छन् । रोजगारीतर्फ तिलोत्तमा जब सञ्चालन गरी बेरोजगारको तथ्यांक संकलन गरी रोजगारदातासँग समन्वय गरेर रोजगारीमा जोड्ने योजना छ । पर्यटनतर्फ तिलोत्तमा घुमौं,तिलोत्तमा चिनौं, घुम्न जाऔं तिलोत्तमा अभियान सञ्चालन, भिजिट लुम्बिनी स्टे इन तिलोत्तमा, रोहिणी तिनाउ सौन्दर्यकरण योजना रहेका छन् । सम्पदा संरक्षणतर्फ तिलोत्तमा सम्पदा संरक्षण सूचि निर्माण र तिलोत्तमा सीमसार क्षेत्र घोषणा रहेका छन् । खेलकुदतर्फ तिलोत्तमा क्रिकेट कप आयोजना, तिलोत्तमा स्पोर्ट्स अवार्ड सञ्चालन गरी खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गरिने नगरप्रमुख रामकृष्ण खांणले बताए ।
यस्तै नगर प्रमुख नव प्रवर्तन, नगर उपप्रमुख समता विकास केन्द्र सञ्चालन, खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना, हाइवेमा चार्जिङ स्टेशन स्थापना, हाइवे देखि प्रशासनिक भवनसम्म निःशुल्क अटो रिक्सा सेवा, तिलोत्तमा नगर बस सञ्चालन कार्यक्रममा समेटिएका नगर प्रमुख खांणले बताए । ‘समृद्ध नगर र खुसी नगरबासी बनाएर हामी अगाडि बढ्ने लक्ष्यमा छौं’–नगर प्रमुख खाँणले भने– ‘नगरलाई स्मार्ट सिटी पनि बनाउने लक्ष्य छ, त्यसअनुसार आफ्नै अप्टिकल फाइबर बिच्छयाएका छौँ,हाइवेमा वाइफाइ फ्रि गरेका छौं ।’
हाइवे र चोकमा सिसिटिभी क्यामेरा जडान, कार्यालयमा कन्ट्रोलरुम स्थापना
दुई ठाउँमा एएनपीआर क्यामेरा जडान पनि नयाँ कार्यक्रम रहेका छन् । पूर्वाधारतर्फचालु आर्थिक वर्ष १७ वटै वडामा एक–एक किलोमिटरका दरले १७ किलोमिटर सडक अत्याधुनिक प्रविधिमार्फत कालोपत्रे गर्ने योजना छ । नगरपालिकाको आफ्नै सुबिधासम्पन्न सभाहल निर्माण, पूर्वाधार एम्बुलेन्स सञ्चालन, नयाँ बारुणयन्त्र खरिद र व्यवस्थापन तथा हाइवे एम्बुलेन्स सञ्चालन गर्ने योजना छन् । यस्तै २० प्रकारका घर नक्सा तयार गरी उक्त नक्सा अनुसार घर बनाए नक्सा बनाउने दस्तुर निःशुल्क गर्ने कार्यक्रम पनि छ ।

यस्तै पुराना घरधनीहरूलाई समेत २ वर्षभित्र सोक्ता (पानी सोस्ने ठाउँ) निर्माण अनिवार्य गराउने, नगरभरि ढल सञ्जाल योजना तयार गर्ने र प्रत्येक वडामा ५ जनाका दरले विपद व्यवस्थापन तालिम सञ्चालन गर्ने योजना छ । नगरको मुख्य प्रशासनिक कार्यालयमा एकद्वार नागरिक सेवा केन्द्र स्थापना, तिलोत्तमा सूचना प्रविधि सम्मेलन आयोजना, डिजिटल तिलोत्तमा कार्यक्रम सञ्चालन, तिलोत्तमा सूचना प्रविधि आविस्कार केन्द्र स्थापना, लक्षित समुदायका लागि समता विकास कार्यक्रम सञ्चालन गर्ने योजना र कार्यक्रम रहेका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

नगरपालिकाले थुप्रै नयाँ कार्यक्रम अघि सारेपनि छिट्टै कार्यान्वयन हुनेमा नगरबासीहरू भने विश्वस्त छैनन् । जनप्रतिनिधिहरूले लोकप्रिय हुन पूरा गर्न नसक्ने योजना र कार्यक्रम पनि गर्छु भनेर प्रचार गर्ने तर पछि पूरा नगर्ने प्रवृत्ति हावी रहेको नगरबासीहरूको गुनासो छ ।
‘घोषणापत्रमा नगरपालिकाले विगतमा लिंँदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था अन्त्य गरी सरकारी बजेटमा बनाउने, फोहोर शुल्क नलिने, ३० युनिट विद्युत महशुल र खानेपानीको न्यूनतम महशुल निःशुल्क गरिने घोषणापत्र ल्याएका थिए, यी कुनै पनि पूरा भएका छैनन् अहिलेका कार्यक्रम पनि पूरा होलान् भन्ने कसरी विश्वास गर्ने ?’– तिलोत्तमा ११ का एक युवाले भने–‘एक घर एक रोजगार वा व्यवसाय, तिलोत्तमा चक्रपथ निर्माण, नागरिक लगानी आवास योजना, प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र बनाउने, नगरपालिकालाई भ्रष्टाचारमुक्त र बेरुजू शुन्य बनाउने भनिएको थियो केही पनि पूरा भएका छैनन् शुरु हुनुपर्ने भएका छैनन् ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल नगरपालिकाले अघि सारेका नयाँ योजना र कार्यक्रमहरू नगरवासीका माग र आवश्यकतासँग मेल खाने गरी अघि सारिएकाले कार्यान्वयन हुनेमा शंका गर्न नहुने बताउँछन् । ‘तिलोत्तमालाई विगतमा जस्तै राम्रा काम गरेर झन् बढी चर्चित र स्मार्ट बनाउने गरी नगर प्रमुख,उपप्रमुख सहित सिंगो कार्यपालिका र कर्मचारी प्रशासन एकजुट भएर लागेका छौं, नगरका योजना र कार्यक्रम कार्यान्वयनमा नगरबासीको पनि साथ चाहिन्छ’–अर्यालले भने–‘सचेत नागरिकको साथ भएमा तिलोत्तमालाई अघिल्लो कार्यकालमा जस्तै देशमै नमूना नगर बनाउन सकिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?