ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क

१२ आश्विन २०८०, शुक्रबार
१२ आश्विन २०८०, शुक्रबार

दाङ, १२ असोज ।

घोराही उपमहानगरपालिका १६ की २२ वर्षीया सर्मिला आचार्यलाई गत साउनमा छाती दुख्ने समस्या भयो । अत्यधिक छाती दुखाइसँगै चिटचिट पसिना आउन थालेपछि उनलाई एम्बुलेन्समार्फत तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियोे । परीक्षणका क्रममा हृदयघात भएको पत्ता लागेपछि प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि जिल्ला बाहिर जान सुझाव दिए ।

उनलाई भेरी अस्पताल नेपालगन्ज अस्पतालमा ५ दिनको उपचारपछि डिस्चार्ज गरियो । हाल उनी नियमित चिकित्सकको सम्पर्कमा रहेर थप औषधि सेवन गर्दै आइरहेकी छन् । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टरका अनुसार उनलाई मायोकार्डियल इन्फेक्सन (हृदयघात) भएको हो  । धमनीमा बोसो जमेर रगत प्रवाहमा आउने समस्याका कारण हुने हृदयघात नभई एक्कासि धमनी च्यातिएर हृदयघात भएको रिपोर्टमा आएको उनको भनाई छ ।

घोराही –६ का ३८ वर्षीय बिजय केसीलाई पनि मुटुको समस्या भयो । प्रारम्भिक उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी बिजयले सामान्य मेडिसिन सेवासँगै थप उपचारका लागि जिल्ला बाहिर जान सुझाव पाएपछि काठमाडौँ पुगे । काठमाडौँको सहिद गंगालाल अस्पताल उपचार पुगेका उनलाई हृदयघात भएको पत्ता लागेपछि दुई हप्ता अस्पताल बसाई पछि घर फर्किएका थिए । छाती दुखेर अस्पताल पुगेका उनलाई हृदयघातको कुनै पनि लक्षण देखिएको थिएन । स्वास्थ्य परिक्षण गर्दा मात्रै हृदयघात भएको पत्ता लागेको हो ।

सामान्यतया मोटोपन, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, व्यायामको कमीजस्ता कारणले मुटुको धमनीमा शतप्रतिशत अवरोध भएर हृदयघात हुने गरेको छ । अकस्मात हुने यस्तो किसिमको हृदयघातको जोखिममा युवाको संख्या बढ्दै गएको देखिएको छ । युवा महिलामा गर्भावस्था, औषधिको अत्यधिक प्रयोग, बान्ता, तीव्र भावनात्मक तनाव, माइग्रेन, टाउको दुखाई आदि कारणले एससिएडी हुने गरेको चिकित्सकहरू बताउँछन् ।

मुटु रोग पनि विभिन्न कारणले लाग्ने गर्छ । पछिल्लो समय देखिने धेरै मुटु रोग भने जीवनशैलीमा आधारित मुटु रोग रहेको चिकित्सकहरू बताउँछन् । यसले गर्दा पछिल्लो समय मानिसहरू युवा अवस्थामा नै मुटु रोगको शिकार बनेका छन् । यसका साथै मानिसलाई जन्मजात मुटु रोग पनि हुन सक्छ । जन्मजात मुटु रोग लागेको पनि हुन सक्ने चिकित्सक बताउँछन् ।

सामान्यतया मोटोपन, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, व्यायामको कमीजस्ता कारणले मुटुको धमनीमा शतप्रतिशत अवरोध भएर हृदयघात हुने गरेको छ । अकस्मात् हुने यस्तो किसिमको हृदयघातको जोखिम युवाको संख्या बढ्दै गएको देखिएको छ । उसो त, युवा महिलामा गर्भावस्था, औषधिको अत्यधिक प्रयोग, बान्ता, तीव्र भावनात्मक तनाव, माइग्रेन, टाउको दुखाई आदि कारणले एससिएडी हुने गरेको चिकित्सकहरू बताउँछन् ।

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । आज शुक्रबार विश्व मुटु दिवसको नारा मुटुको प्रयोग, मुटु बारे जानकारी रहेको छ । वर्षेनी मुटु दिवस मनाउने गरिए पनि यसको जोखिम बढ्दै गएको छ ।

नेपालमा वर्षेनी ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको बताईन्छ । यो रोगको लागि सरकारले १ लाख रुपैंयाँ दिने भएपनि यसको उपचार महंगो रहेको छ । कतिपय दुर्गम ठाँउमा यो रोगको पहिचान हुनबाट नै कतिपय मानिसहरु बन्चित भएको अवस्था छ । सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धलाई निःशुल्क मुटुको शल्यक्रिया तथा उपचार गर्ने गरेको जनाएको छ ।

बदलिँदो जीवनशैली र खानपान पछिल्लो समय मुटु रोग बढ्दै जानुको मुख्य कारण हो । धुम्रपान, मद्यपान, कोलेस्ट्रोल, ब्लड प्रेसर बढ्नुलगायत पनि यसका कारक हुन् । थाइराइड, सुगर, बढ्दो मोटोपन पनि मुटु रोग बढ्दै जानुका कारण रहेको छ । यस्तै, पहिलेको तुलनामा मानिसहरूमा मुटु रोग बढ्ने कारण स्वास्थ्य सचेतना पनि रहेको चिकित्सकको भनाई छ । तीनदेखि १५ वर्षका बालबालिकामा लगातार घाँटी दुख्ने, लामो समयसम्म टन्सिल हुने, बच्चामा लगातार घाँटी दुखेर ज्वरो आउनुका साथै हातखुट्टाका जोर्नीहरू दुख्ने र सुन्निने भएमा पछि गएर मुटुको भल्भ खराब हुने उनीहरुको भनाई छ ।

दाङमा कति मुटुका बिरामी छन् भन्ने यकिन तथ्यांक भने छैन । स्वास्थ्य कार्यालय दाङले पालिकाहरुमार्फत तथ्यांक संकलनको काम गर्ने गरेको बताए पनि मुटु सम्बन्धी बिरामीको संख्या जिल्लामा यकिन हुन नसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बरबहादुर कुँवरको भनाई छ । पालिकाहरुको वार्षिक स्वास्थ्य समिक्षा भर्खर गरिएको जनाउँदै उनले नसर्ने रोगहरुको विषयगत प्रतिवेदन तयार पार्ने काम भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?