ट्रेंडिंग:

>> नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य >> अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप >> अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रस्तुतिः बुद्ध सर्किटमा मोनोरेल र नमुना राजधानीका लागि विदेशी लगानीको आह्वान >> बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर >> महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन >> पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति >> रवि लामिछानेको प्रतिक्रिया- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’ >> अदालतका दुई कर्मचारी घुससहित पक्राउ >> कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु >> वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >> फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ? >> धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली >> नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार >> दीपक मनाङे जेल चलान >> नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ >> अवैध लागूऔषधसहित पक्राउ >> दीपक मनाङेलाई जिल्ला अदालतमा पेश, आजै कारागार चलान हुने >> नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित >> कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज >> रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश >> रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान लिन शुरु >> बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय >> स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार बन्न कस्तो योग्यता चाहिन्छ ? >> अखिल तिलोत्तमाको अक्षयकोष निर्माण अभियान >> कप्तान पुजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य >> सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन >> लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन >> रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो >> रवि लामिछाने पोखरा विमानस्थलमै, भैरहवाको मौसम प्रतिकुल हुदा उडान हुन सकेन >> बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी सार्वजनिक >> फिल्म ‘कार्साङ’ मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक >> सुन तोलाको २४ सयले घट्यो >> नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने >> भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू >> दीपक मनाङे पक्राउ >> लाल आयोगको प्रतिवेदनमा के छ ? >> ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी >> काठमाडौँ महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई १६ खेलमा प्रशिक्षण दिने >> माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो- प्रधानमन्त्री ओली >> एकादशीमा गुल्मी र पाल्पाका पालिकामा बिदा >> रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक व्यवस्थापनमा चुनौति >> पर्यटकहरूमाथि हुने सास्ती रोकियोस् >> कता गैरहेको छ, शिक्षामा भएको लगानी ? >> सीमा पारीको प्रदूषण, वारी सास्ती >> पहाडी हावापानीमा लटरम्म किवी >> रवि लामिछानेलाई बुटवल ल्याइँदै >> तिहारको देउसी–भैलोः संस्कृतिको बचाउ कि, कमाउ धन्दा ? >> तीस बर्षपछि स्वास्थ्य चौकीले पायो नयाँ संरचना >> आज हरिबोधनी एकादशी : तुलसीसँग विष्णुको विवाह गरी मनाइदै >> यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

भीम प्रदेशको उत्कृष्ट अस्पताल

११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

भैरहवा (बुटवलटुडे), ११ असोज । रूपन्देही जिल्लाको भैरहवामा अवस्थित भीम अस्पताल बिभिन्न तथ्यांकले लुम्बिनी प्रदेशमा अग्रपंक्तिमा आएको छ । लुम्बिनी प्रदेशमा रहेका १२ वटा अस्पताल मध्ये भीम अस्पताल तेस्रो नं. मा आउन सफल भएको भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

भीम अस्पतालमा भएको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै अध्यक्ष भण्डारीले बिगतका वर्षको तुलनामा कार्य प्रगति धेरै राम्रो भएको बताएका छन् । दैनिक २–३ सय बिरामीको उपचार गर्ने भीम अस्पतालले आज दैनीकरूपमा ७ सयदेखि ८ सय सम्म सेवा दिनु जिल्लाका लागि र प्रदेशकै लागि उत्कृष्ट भएको बताए । सरकारबाट बजेट कटौती भएपनि विकास समितिले धेरै अस्पतालको विकासमा काम गरेको बताए । प्रादेशीक अस्पताल बुटवललाई बजेट दिँदा भैरहवाको अस्पताललाई बजेट नदिनु अन्याय भएको बताए ।

हामीले आज एसी, पंखा, ह्वील चेयर दातासंग मागेर सहयोग उठाएर अस्पताल चलाउनुपर्ने बाध्यता छ भण्डारीले भने अस्पतालमा भीड बढेको छ पहिलेको तुलनामा धेरै कार्य प्रगति भएको छ तर सरकारले बजेटमा कटौती गरिदिएको छ । कोभीडको २ करोड ४९ लाख रकम अझैपनि सरकारबाट अस्पतालले नपाएको बताउँदै भण्डारीले अस्पतालका समस्या समाधानमा प्रदेश सरकारले ध्यान नदिएको बताए । सरकारले हामीलाई भौगोलिकरूपमा पक्षपात गरेको छ हामी भोलेन्टीयर काम गर्दा यो टिम लाग्दा सरकारले किन पक्षपातको ब्यवहार गर्यो भण्डारीले प्रश्न गर्दै भने, हामी कोभिड अस्पतालको समयमा वडा अध्यक्षलाई पेटीमा राखेर अक्सीजन दिएका हौँ । आज दाताले दिएका कारण नै अक्सीजन सेवा दिएका छौँ । हाम्रा बहुवर्षिय योजनाहरू सरकारले बजेट उपलब्ध नगराउँदा अलपत्र परेका छन् भण्डारीले भने ।

बिभिन्न सुचकमा समेत भीम अस्पतालले एक सय पूर्णाङ्कमा ८८ नं. पाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजनम कुर्मीले अस्पतालले सेवा ग्राहीलाई सहजतामा ध्यान दिनुपर्ने बताए । जिल्ला स्तरको अस्पताल भएकाले ३ वर्षको अबधीमा ९० प्रतिशत सम्मको प्रगति हुनुपर्ने बताए । डाक्टरको राम्रो ब्यवहार छ भने दिनरात लाइन लाग्ने तर ब्यवहार राम्रो नभएमा बिरामी अन्यत्र जाने हुँदा राम्रो ब्यवहार गर्नुपर्ने बताए ।

रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकारी अस्पताल जनताको बाध्यता क्षेत्र होइन रोजाइको क्षेत्र बन्नु पर्ने बताए । नागरिकलाई सन्तुष्टी दिनका लागि आग्रह गर्दै अर्यालले गेटबाट प्रबेश गर्दा नै अस्पतालमा सेवा लिनेले म सेवा लिएपछि नीको भएर जान्छु भएर जानुपर्ने बताए । सरकारी निकायमा भएका स्रोत र साधनलाई उपयोग गर्नुपर्ने उनको तर्क थियो ।

जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाँइले अस्पतालमा मुस्कान सहितको सेवा पहिलो हुनुपर्ने बताए । रूपन्देही जिल्ला शिक्षा, स्वास्थ्यमा अंगाडी नै भएको बताउँदै भीम अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो हुनु राम्रो काम भएको बताए । अस्पताल विकास समितिका सदस्य लक्ष्मि केसीले भीम अस्पतालका बहुवर्षिय बजेट सरकारबाट कटौती हुनु गलत काम भएको बताइन । बजेट, सेवा सुबिधा कटौती हुँदा केही पछाडी परे जस्तो भएको बताउँदै अस्पताल प्रदेश सरकारबाट बिभिन्न सेवा, सुबिधाबाट बञ्चीत भएको बताइन । भीम अस्पतालका मेसु मोहम्मद नुरुल होदाले भीम अस्पतालले गरेका बिभिन्न प्रगति बिविरण प्रस्तुतीकरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?