ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

अवैध क्लिनिक प्रशासनले गरायो बन्द : प्रशासन भन्छ– प्रक्रिया पुगेन, सञ्चालक भन्छन्–प्रमाणपत्र दिइएन

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

धनगढी, २८ भदौ ।

जिल्ला प्रशासन कार्यालय कैलाली सहितको टोलीले धनगढीका निजी अस्पतालहरूमा छापा हानेर अनुगमन गर्यो । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले धनगढीको स्वस्तिक अस्पताल, सञ्जीवनी अस्पताल र सौभाग्य अस्पतालमा छापा हानेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वस्तिक अस्पताल र सञ्जीवनी अस्पताल अवैध रूपमा चलाइरहेको पाइएपछि प्रशासनले ती अस्पताल बन्द गराएको छ ।

‘स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, प्रहरी लगायतका सरोकारवालाहरू हामी सबैले तीन अस्पतालमा अनुगमन ग¥यौँ । कानुनी प्रक्रिया पूरा नगरेरै सञ्चालनमा रहेको पाएपछि हामीले बन्द गराउन निर्देशन दिएका हौँ,’ प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने, ‘हाम्रो काम अनुगमन र तत्कालका लागि सेवा रोक्ने हो थप कारबाहीको लागि हामीले स्वास्थ्य कार्यालय र निर्देशनालयलाई पत्राचार गरेका छौँ ।’

प्रशासनको टोलीले मङ्गलवार साँझ अस्पतालहरूको अनुगमन गरेको थियो । अनुगमन पश्चात् दुवै अस्पतालहरूलाई सेवा बन्द गर्न पत्र पठाइएको थियो । त्यस लगत्तै बुधवार जिल्ला प्रहरी कार्यालयको टोली अस्पतालमा पुगे सँगै अहिले दुवै अस्पतालमा ताला लागेको छ । ‘अनुगमनपछि जिल्ला प्रशासन कार्यालयबाट अस्पताल बन्द गराउन हामीलाई पनि बोधार्थ पत्र आएको थियो प्रशासनको निर्देशन कार्यान्वयन गराउन प्रहरी टोलीलाई अस्पतालमा पठाएको थियो । अस्पताल प्रशासनलाई बन्द गर्न आग्रह गर्दा उहाँहरू आफैले ताला लगाउनु भयो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देव पालले भने ।

कानुनअनुसार सेवा सञ्चालन गर्न १५ शैय्याको अस्पतालका लागि स्थानीय तह, २५ शैय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, एक सय शैय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ । तर स्वस्तिक र सञ्जीवनीले अनुमति नलिई सेवा सञ्चालन गरिरहेका थिए ।

प्रशासनको निर्देशनपछि हाललाई बन्द भएका अस्पतालहरूमाथि थप निगरानी बढाइने प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले बताए । ‘अनुगमनमा म पनि सहभागी थिएँ । कानुनी प्रक्रिया पूरा गरेको पाएनौँ । २५ शैैयाको अस्पताल सञ्चालनका लागि आवश्यक मापदण्ड पनि पूरा नभएको पाएपछि प्रशासनले बन्द गर्न निर्देशन दिएको हो । यसरी अनुमतिबिना अस्पताल चलाउन पाइँदैन, थप कारबाहीका लागि कानुनमा टेकेर प्रक्रिया अगाडि बढाउँछौँ,’ जोशीले भने ।

‘चिकित्सकको लापरबाहीले गएको थियो ज्यान’

दर्ता प्रक्रिया नै पूरा नगरी अवैध रूपमा सञ्चालनमा रहेको स्वस्तिक अस्पतालले गत भदौ १० गते पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिकेपछि बिरामीको मृत्यु भएको थियो । उपचारको लागि भदौ ९ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो ।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्यधिक रक्तस्राव भई बिरामीको मृत्यु भएको हो । घटनाको भोलिपल्ट पीडित पक्ष र अस्पताल प्रशासनबीच २२ लाख रकम क्षतिपूर्ति दिने सहमति भएको थियो ।

‘सञ्जीवनी पनि २ ठाउँमा अवैध तरीकाले सञ्चालनमा’
जिल्ला प्रशासन कार्यालय कैलालीले बन्द गराएको सञ्जीवनी अस्पताल पनि दर्ता प्रक्रिया नै पुरा नगरी अवैध रूपमा दुई ठाउँमा सञ्चालनमा थियो ।
सेती प्रादेशिक अस्पतालको क्षेउबाट सेवा सञ्चालन गरेको अस्पतालले सोही ठाउँबाट सञ्चालन स्वीकृति नपाउँदा राष्ट्र बैंक नजिकबाट पनि सेवा सञ्चालन गरिरहेको थियो । दुष्यन्त बस्नेत सञ्चालक रहेको सञ्जीवनी अस्पतालले गत वर्ष सञ्चालन स्वीकृतिका लागि धनगढी उपमहानगरपालिकामा निवेदन दिएको थियो । तर, उपमहानगरले पूर्वाधार निरीक्षण गर्दा उपयुक्त नदेखिएपछि अनुमति प्रक्रिया रोकिए पछि सञ्चालन अनुमति पाउन सकेको थिएन ।

धनगढी उपमहानगरले अनुमति नदिएपछि सञ्जीवनी अस्पतालका सञ्चालकहरू सोही भौतिक संरचना र ठाउँमै २५ शैय्याको सञ्चालन अनुमति लिन स्वास्थ्य कार्यालय कैलाली पुगेका थिए । स्वास्थ्य कार्यालय कैलालीले प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाको ३ सय मिटरभित्र निजी स्वास्थ्य संस्थालाई अनुमति नदिने कानुन बनाएको बताएपछि त्यहाँबाट पनि अस्पताल सञ्चालन अनुमति पाउन सकेन ।

त्यसपछि पनि सो अस्पतालले २ ठाउँबाट नै सेवा सञ्चालन गरिरहेको थियो । यद्यपि सञ्चालक बस्नेतले भने अस्पताल दुई ठाउँबाट सञ्चालन नभएको र सुकुटी नाला नजिकको अस्पताल भनेको ठाउँमा फार्मेसी मात्र रहेको दाबी गरिरहेका थिए ।

अझ फेरि पुनः धनगढी उप–महानगरबाटै अनुमति लिन ४ असार २०८० मा सञ्चालन अनुमतिको निवेदन दर्ता गराइएको छ तर दोस्रो पटक भने अस्पताल सञ्चालन गरिरहेको ठाउँ खोला किनारमा रहेको छ ।

‘प्रक्रिया पुग्दा पुग्दै प्रमाण पत्र पाएनौ’

अनुगमन पश्चात् प्रशासनले बन्द गराएका स्वस्तिक अस्पताल र सञ्जीवनी अस्पतालका सञ्चालकहरूले भने सम्पूर्ण प्रक्रिया पुगिसकेको अवस्थामा पनि स्वास्थ्य निर्देशनालयले प्रमाणपत्र नदिएको दाबी गरेका छन् ।

‘स्वस्तिक अस्पतालले सम्पूर्ण मापदण्ड पुरा गरेको छ । २०७९ फागुन १८ गते स्वास्थ्य कार्यालय कैलालीले अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताउँदै निर्देशनालयलाई पत्र पठाएको थियो,‘ स्वस्तिक अस्पतालका अध्यक्ष महेशराज जोशीले भने, ‘सबै कागजात पूरा गरेर निर्देशक जगदीश जोशीलाई भेट्न गएको थिएँ उहाँले कागजात पुगेन भन्नु भयो । कहिले उहाँ नभेटिने कहिले केही कहिले केही, मैले सकिन सरकारी निकाय सँग,‘ उनले भने ।

यद्यपि अस्पताल भने बन्द नहुने उनको भनाइ छ । ‘उपमहानगरपालिका सँग कुरा भइरहेको छ १५ शैय्याको भए पनि भोलीबाटै अस्पताल सञ्चालन हुन्छ,’ जोशीले भने ।

सञ्जीवनी अस्पताल सञ्चालक बस्नेत सँग भने यो समाचार तयार पार्ने बेला सम्म सम्पर्क हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?