ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

सर्जिकल सेवाले बिरामी बढायो

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

नवलपरासी,२५ भदौ । जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा शुरु भएको प्रभावकारी सर्जिकल (शल्यक्रिया) ले अस्पतालमा बिरामीको आकर्षण बढेको छ । केही महिना पहिला विर अस्पतालबाट सरुवा भई पृथ्वीचन्द्र अस्पतालमा आएका सर्जन चिकित्सक डा.किरण पाण्डेले सर्जिकल सेवा प्रभावकारी बनाएपछि अहिले बिरामीको चाप बढनुका साथै शल्यक्रियाद्वारा उपचार गराउन चाहने विरामी अस्पतालमा आउन थालेका हुन् ।

विगत बर्षमा सर्जिकल सेवाका लागि रिफरल सेन्टरले चिन्ने यो अस्पतालमा सर्जन चिकित्सकको उपस्थिति र विश्वासले बिरामीको चापा बढेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । अहिले विरामीको चाप दिनहुँ बढ्दै गएको छ,उनले भने, बिरामीको चाँप बढदा अस्पतालमा बिरामी ब्यवस्थापन गर्न चुनौती समेत थपिदै गएको छ । यसबारे आफुले लुम्बिनी प्रदेश सरकार तथा संघिय सरकारका प्रतिनिधिलाई समेत जानकारी गराई सकिएको बताए । निमित्तको भरमा चल्दै गरेको यो अस्पतालमा सर्जिकल सेवाले आकर्षण थपेको छ, उनले थपे, अन्य सेवा तथा सर्जिकल सेवाका समपुरक सेवा समेत थपियो भन्ने अझ जटिल प्रकृतिका सेवा प्रवाहित गर्न सकिन्छ ।

अहिले अस्पतालको प्रमुखको रूपमा तिनै सर्जन चिकित्सक डा.पाण्डे नै काम गर्दै आएका छन् । प्रदेश सरकारले खाली रहेका चिकित्सकको पदपुर्तिका लागि आश्वासन दिएको सुनाउँदै उनले प्रदेश सरकारले चाँडै कि चिकित्सकको पदपुर्ति गर्न चिकित्सक पठाउनुपर्छ, कि अस्पतालले नै भर्ना लिइने गरि भर्ना खुलाउन अख्तियारी प्रदान गर्नुपर्छ । चिकित्सकको पदपूर्तिले अस्पतालमा थप सेवा बिस्तार गर्न सक्ने उनको भनाई थियो । अस्पतालमा आउने बिरामीलाई सिमित साधनस्रोतले अधिकतम सेवा दिईने कार्यमा प्रयासरत रहेको सर्जन चिकित्सक डा. पाण्डेले बताए ।

अहिले अस्पतालमा विरामीको चाँप बढेको छ, उनले भने, अस्पतालमा विरामी बढनु बिरामीको चिकित्सक प्रतिको विश्वास हो । तर साधन स्रोत कम हुँदा ब्यवस्थापकिय कार्यमा केही चुनौतिहरू रहेका छन् । ३० लाख लगानी गरि अहिले सर्जिकल थिएटरलाई ब्यवस्थित गरिएको छ, उनले थपे, सर्जिकल सेवालाई अहिले प्रभावकारी बनाइएको छ । तर पूर्ण क्षमतामा सर्जिकल कार्य गर्नका लागि एनेस्थेसीयोलोजिष्ट विशेषज्ञ चिकित्सक, रेडियोलोजिष्ट विशेषज्ञ चिकित्सक र जनरल फिजिसीयन विशेषज्ञ चिकित्सक अतिआवश्यक छ ।

त्यो सँगै अस्पतालमा बालरोग विशेषज्ञ चिकित्सक र प्रसुती तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकको पनि उत्तिकै आवश्यकता रहेको छ । यसले उच्च स्तरको प्रसूति सेवा दिन सक्ने आधार बनाउने छ । अस्पतालमा केही संघसस्थाले आईसियु र भेण्टिलेटर सेवा सञ्चालनका लागि उपकरण सहयोग गरेका छन्,तर चिकित्सक अभावले त्यो सञ्चालनमा ल्याउन सकिएको छैन् । भेण्टिलेटर समेत सञ्चालन गर्न सकियो भन्ने जतिसुकै जटिल प्रकृतिका पनि सर्जरी गर्न सक्ने दाबी सर्जन चिकित्सक डा.पाण्डेको थियो । यसका लागि स्थानिय राजनीतिकर्मी, बुद्धिजिवि नागरिक समाज र आमउपभोतmा क्षेत्रमा काम गर्ने समाजका अगुवाहरू ब्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने आपेक्षा समेत रहेको डा.पाण्डेले बताए ।

अस्पतालको मेडिकल रेकर्डर शाखाका अनुसार गत आर्थिक बर्षमा कुल १ हजार ६ सय सर्जरी भएको मध्ये डा.पाण्डे आए पश्चात असार महिनामा मात्रै ३ सय २७ जनाको सर्जरी गरिएको थियो । विगत अन्य महिनामा फाटफुट रूपमा सर्जरी हुदै आएकोमा अहिले सर्जरी गराउनेको संख्या वृद्धि भएको रेकर्डले देखाएको मेडिकल रेकर्डर पुजा न्यौपालेले बताईन् । उनका अनुसार कुल सर्जरी मध्ये ८ सय ६ वटा माईनर र २ सय ६५ मेजर सर्जरी भएका छन् । साउन महिनाको रेकर्ड अहिले आईनपुगेको भए पनि साउन महिनामा पनि सर्जरी गराउने संख्या उल्लेख्य रहेको छ ।

प्रतिनिधिसभा सदस्य (सांसद) धु्रव बहादुर प्रधानसँग आफुले अस्पतालमै आउन आग्रह गरि अस्पतालको अवस्थाबारे जानकारी गराएको अध्यक्ष गुप्ताले सुनाए । साँसद प्रधानले आफुले सक्दो संघिय सरकार तथा अन्य दातृनिकाय तथा संघसस्थासँग पहल गर्ने आश्वास समेत दिएको उनले जनाए । साँसद प्रधानसँग यस अस्पतालका लागि तत्काल आवश्यक चिकित्सकका लागि लिखित पत्र समेत दिइएर अस्पताल ब्यवस्थापनमा सहयोग गरेको जनाउदै उनले ५० सैयाको यो अस्पतालमा लुम्बिनी प्रदेश सरकारबाट अहिले दरबन्दी अनुसारका चिकित्सक उपलब्ध हुन नसक्दा केही समस्याहरू देखिएकोले संघिय सरकार प्रतिनिधिसभा सदस्य र यस क्षेत्रका साँसद तथा पूर्व कानुन मन्त्री समेत रहेका साँसद प्रधानसँग अस्पतालका प्रमुख प्राथमिकतामा रहेका ६ बुदे माग राखेर पत्राचार गरिएको उनले पत्र देखाए ।

पृथ्वीचन्द्र अस्पताल नवलपरासी जिल्लाको जिल्ला अस्पतालको रूपमा लुम्बिनी प्रदेश सरकार अन्तरगत रही सेकेण्डरी ए तहको ५० शैयाको विशेषज्ञ अस्पतालको रूपमा यस क्षेत्रका जनताहरूलाई सेवा प्रवाह गर्दै आएकोमा यस अस्पतालको स्विकृत दरबन्दी बमोजिमको विशेषज्ञ चिकित्सकहरूको पदपुर्ति हुन नसकि रहेको हुदा सेवा प्रवाहमा कठिनाई भई रहेको तथा अस्पतालमा पिउँने पानी ब्यवस्थापनका लागि पानीको उपयुतm स्रोत नभएको हुदा अस्पतालको बिरामीहरूको लागि पिउने पानीको सुविधा तथा गुणस्तरिया सेवा प्रवाहको लागि एनेस्थेसीयोलोजिष्ट विशेषज्ञ चिकित्सक,रेडियोलोजिष्ट विशेषज्ञ चिकित्सक, जनरल फिजिसीयन विशेषज्ञ चिकित्सक, बालरोग विशेषज्ञ चिकित्सक र प्रसुती तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक माग गरेको उनको भनाई थियो । पुर्वमन्त्री तथा साँसद प्रधान साँसद हुनु पहिला नै करेड बढि लगानीको पृथ्वीचन्द अस्पतालमा आफ्नो निजी लगानीमा दुई तल्ले प्रसुती भवनको निर्माण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?