ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

परामर्श–संवादबाट घट्न सक्छ आत्महत्या

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

बुटवल, २५ भदौ । देवीनगरमा एक जना महिलाले शुक्रबार आत्महत्या गरिन् । फरियाको पासो लगाएर किचनमा आत्महत्या गरेकी उनी केही दिन पहिलेमात्र जापानबाट स्वदेश फर्किएकी थिईन । जापानमा रहेका छोराबुहारीसँगै नातिलाई लिएर उनी नेपाल फर्केकी थिईन । घरमा कुनै प्रकारको समस्या थिएन । एक छोरी युरोप रहेकी उनी त्यहाँ जाने तयारीमा समेत थिईन । घरमा श्रीमानश्रीमतीमात्र बसोबास गर्ने हँुदा एक्लोपनाको सिकार भएका थिए । एकाएक के कारणबाट उनी आत्महत्या गरिन त्यो रहस्य नै छ । एक महिनाको अवधिमा नै बुटवलका नाम चलेका औषधी ब्यवसायी सुसाईड नोट नै छोडेर आत्महत्या गरे । यी केही उदाहरणमात्रै हुन ।

नेपालमा आर्थिक वर्ष २०७९/२०८० मा ६ हजार ९ सय ९३ जनाको आत्महत्याका कारण ज्यान गुमाएका छन । जुन अघिल्लो वर्षको तुलनामा २.३९ प्रतिशतले बढी हो । नेपालमा प्रत्येक दिन २० जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ । अझ १५ देखि ४९ वर्ष उमेर समूहमा महिलाको मृत्युको प्रमुख कारण आत्महत्या बनेको छ । आत्महत्याबाट मृत्यु हुने कुल पुरुष ५६ प्रतिशत, महिला ३२, बालक ८, बालिका ४ प्रतिशत रहेका छन ।

यो तथ्यांकले नेपालमा आत्महत्याबाट धेरै मृत्यु हुनेमा कोशी प्रदेश पहिलो नम्बरमा छ । बागमती दोस्रो र लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ । प्रत्येक वर्ष १० सेप्टेम्बर विश्व आत्महत्या रोकथाम दिवस संसारभर नै सचेतना कार्यक्रम गरि मनाइँदै आएको छ । तर पनि यो घट्ने नाम लिँदैछ । मनोरोग विशेषज्ञ डा. मनोज ढुंगानाले आत्महत्याको दर विश्वमा नै बढ्दो रहेको बताउँछन । प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गरेको छ । अझ ९० प्रतिशत मानसिक समस्याकै कारण आत्महत्याको प्रयास गर्ने गरेको उनले बताए । बाँकी ५ प्रतिशत लागूऔषध सेवन मुख्य कारण देखिएको उनले बताए । संवाद जरुरी छ र संवाद नै मानसिक समस्या कम गर्ने उपचार हो । आफ्नो धरातलभन्दा माथि योजना बनाउँदा दुर्घटना हुने कारण हो । भौतिक सुविधामात्र सबै होईन भन्ने बुझ्ने र बुझाउन जरुरी रहेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका नायब उपरिक्षक दानबहादुर थापाले आत्महत्या न्यूनीकरण गर्ने दायित्व समाजको सबै वर्गको भएको बताए । यसका कारणहरू खोज्ने काम भएका छन । त्यसमध्ये पनि प्रहरीको अनुसन्धानबाट केही कारणहरू भेटिएको बताए । भविष्यको आशा नदेख्ने, आफ्नो क्षमता भन्दा बढि खर्चिलो हुँदा व्यवहार बिग्रेर पनि आत्महत्या गर्ने गरेको देखिएको उनले बताए । कुनै उमेर समुहमा सिमित नरहेको उनले बताए । एक अर्कामा हुने सद्भावपुर्ण सम्बन्ध हराएको छ । परिवारको सदस्यहरू बिच कुनै किसिमको आत्मियता पाउन सक्दैनौ । यो मुख्य कारण हो । प्रहरीले प्रमोशन, निरोधात्मक गतिविधि र दण्डनात्मक विधिबाट गरि ३ पि मार्फत काम गर्ने उनले बताए । लागूऔषध दुब्यर्सनी, आत्महत्या रोकथाममा काम गर्दै आएको बताए । समुदायका हरेकले मानिसको जिवनमा आशा जगाउने गरि सानो रूपमा भए पनि काम गर्दै जानुपर्ने उनले बताए । प्रहरी समुदाय साझेदारी सहकार्य गरेर सधै अघि बढ्न चाहेको उनले बताए । दुई दर्जन क्लबहरूको सहभागीता रहेको थियो ।

बुटवलमा सचेतना रयाली

यसैबिच ‘आशा जगाऔ, जीवन बचाऔ’ नारासहित विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामुलक रयाली गरिएको छ । विदेशबाट आउनेमा मानसिक स्वास्थ्यको परामर्श नहुदा आत्महत्याको दर बढेको छ । रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको आयोजनामा राजमार्ग चौराहाबाट प्लेकार्ड सहित निस्किएको रयाली पुष्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
क्लबका ईलेक्ट प्रेसिडेन्ट तथा मनोरोग विशेषज्ञ डा. बिक्रम काफ्लेले आत्महत्या रोक्न सकिने दाबी गरे । वर्तमान समयमा नसक्नुको कारण महत्वपूर्ण कुराहरू छुटेको बताए । आत्महत्या गर्न लागेको ब्यक्तिले संकेत गर्ने, ईच्छा ब्यक्त गर्ने, आफ्नो सम्पत्ति नामसारि दिने, सुतिरहन पाएजस्तो गर्ने कुरा आत्महत्यालाई कायरको दृष्टिकोणबाट हेरिनु गलत रहेको बताए । कुरा सुनिदिनाले राहत महसुस हुन्छ । धेरै कुरा राख्छ । त्यसपछि बल्ल ब्यवस्थापन हुन्छ । ‘क्षणिक बिचार हो जसलाई रोक्न सके समाधान हुन्छ ।’—उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?