ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

सुस्ताका बालबालिका आठ पढेपछि स्कुल छाड्दै

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

सुनवल, २३ भदौ । तीनतिर बाट नारायणी नदी र एकतर्फ भारतले घेरिएको नारायणी पारीको सुस्तामा कक्षा ८ सम्म पठनपाठनका लागी एउटा मात्र विद्यालय, जनता दलित आधारभुत विद्यालय छ । आठ कक्षा भन्दा माथि अध्ययन गर्नका लागि नेपाल तर्फ आउन नारायणी नदीमा पुल नहुँदा कठिन छ । सुस्ता गाउँपालिका वडा नम्बर ५ मा रहेको सुस्ता गाउँका बालबालिका गाउँमा रहेको विद्यालयमा कक्षा ८ सम्म मात्रै पठनपाठनको व्यवस्था भएकाले अधिकांश बालबालिका कक्षा ८ उत्तिर्ण गरेपछि विद्यालय जादैनन् ।

गाउँमा पढ्ने अवस्था नहँुदा बिस्तारै कक्षा बढ्दै जाँदा बालबालिकाले पढाइ पनि छाड्दै जान्छन् । जसका कारण कक्षा १ मा भर्नादर उत्साहजनक भएपनि कक्षा ८ सम्म आईपुग्दा विद्यार्थी संख्या ह्वात्तै घट्ने गरेको छ । केहि अभिभावकले बालबालिकालाई सिमावर्ती भारतिय बजारका विद्यालयमा पढाउँदै आएका छन् । कतिपयले वारी सुस्तामा रहेका विद्यालयमा पढ्ने गरेपनि धेरैले कक्षा आठ पछि पढन् छाड्दछन् । छोराछोरीलाई ईच्छा हँुदाहँुदै पनि पढाउन नपाएको भन्दै अभिभावकले सुस्तामै कम्तिमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने माग स्थानीय अभिभावकको छ । सुस्ताका स्थानीय मुन्सि हरिजनले एसइइ समेत दिन नपाउने अवस्था रहेको बताउँदै कम्तिमा १२ कक्षा सम्म सुस्ता गाउँमै पढ्ने व्यवस्था गर्न माग गरे ।

जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म हाल ३ सय ६० जना विद्यार्थीले पढ्दै आएका छन् । विद्यालयमा विद्यार्थी भर्नादर पनि उत्साहजन नै छ । भौगोलिक विकटता कारण कक्षा आठ उत्तीर्ण गरेपछि अधिकांश बालबालिकाले पढाई छाड्छन् । जम्मा ५ प्रतिशत बालबालिकाले मात्रै विभिन्न ठाउँमा गई कक्षा आठ पछिको पठनपाठनलाई निरन्तरता दिने गरेको विद्यालयका सहायक प्रधानाध्यापक अरन्जेव खानको भनाइ छ । ‘यहाँका अभिभावकको आर्थिक अवस्था पनि कमजोर छ, बाहिर गएर पढ्ने अवस्था छैन् गाउँमै आठ कक्षा भन्दा माथि पढ्न नपाउने भएकाले मुस्किलले ५ प्रतिशत बालबालिकाले मात्रै उच्च शिक्षा सम्म अध्ययन गर्छन्’ खानले भने । कक्षा आठ सम्म संञ्चालनका लागी पनि विद्यालयमा शिक्षकको अभाव रहेको उनको भनाई छ ।

अभिभावकले कक्षा थप गरी बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिरहँदा सुस्ता गाँउपालिकाले भने पारी सुस्तामा कक्षा थप सम्बन्धमा कुनै योजना नभएको जनाएको छ । शिक्षा शाखाका चन्द्र बहादुर ठाडा मगरले भने ‘त्यहाँ विद्यार्थिहरू माथिल्ला कक्षामा पुगेपछि विद्यालयनै आउँदैनन्, त्यसैले तत्कालै कक्षा थप गर्ने योजना छैन् ।’ कक्षा आठ सम्म संञ्चालनका लागी पनि शिक्षक अभावमा धौ–धौ भइरहेको मगरले बताए । ४ जना शिक्षकको दरबन्दी छ २ जना गाँउपालिकाले थप गरी अध्यापन गराउदै आएको अवस्था हो, अझै कक्षा थप गर्ने हो भने त कसरी धान्ने उनले भने । नारायणी नदीमा निर्माणाधिन झोलुङ्गे पुलको काम पुरा भए सुस्ता गाँउका बालबालीका नारायणी वारी आएर पनि पठनपाठन गर्न सक्ने छन् । तर बालबालिकाले बिचैमा पढाई छाड्ने प्रवृत्तिको अन्त्य गर्न सुस्ता गाउँमै रहेको विद्यालयमा कक्षा थप भए सहज हुने स्थानियको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?