ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

क्यान्सरको उपचारमा संसारमै अत्याधुनिक टोमोथेरापी मेसिन वीर अस्पतालमा

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

बुटवल,१८ भदौ । क्यान्सरको उपचारको लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन वीर अस्पतालमा आइपुगेको छ । मेसिन आइपुगेको पछि जडान कार्य भइरहेको छ। यस्तो खाले मेसिन भारतमा पनि प्रमुख तीन अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै छ।

केही दिन अघि उक्त टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको थियो। अब एक महिना मेसिन जडानको साथै प्राविधिक काम मिलाउनु समय लाग्ने भएकाले एक महिनाभित्रमा मेसिन सञ्चालनमा आउने छ। वीर अस्पतालमा दैनिक ५० जना जति क्यान्सरका बिरामी आउने र उनीहरुको लागि दिइने उपचार सेवा भनेको रेडियोथेरापी नै हुने र हाल बिरामीलाई सो सेवा रोकिएको भए पनि यो मेसिन सञ्चालनपछि दुई सिफ्टमा गरी दैनिकी ६०र७० जनासम्मलाई उपचार सेवा दिने लक्ष्य रहेको अस्पतालको भनाइ छ।

हाल क्यान्सरका बिरामीले निजी स्वास्थ्य संस्थामा रेडियोथेरापी गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले मेसिन आएको एक महिनामा सन्चालन गरेर बिरामीलाई सेवा दिने गरी तयारी थालिएको बताएका छन।

उनका अनुसार मेसिनलाई दैनिक दुई सिफ्ट गरी सन्चालन गर्ने तयारी भएको बताए। गरिब तथा बिपन्न विरामीहरुको लागि टोमोथेरापीबाट दिनु पर्ने सेवा पूर्ण रुपमा निशुल्क हुने समेत प्राडा बस्नेतले बताए।

२३ वर्ष पुरानो कोबाल्ट–६० मेसिन २०७२ सालमा बिग्रिएपछि रेडियोथेरापी अवरुद्ध हुँदा वीर अस्पतालमा आउने विपन्न बिरामी मर्कामा परेका थिए। २३ वर्षअघि ल्याइएको कोबाल्ट मेसिन बिग्रिएपछि वीरमा क्यान्सर रोगीको ुरेडियोथेरापीु सेवा पूर्ण रूपमा बन्द भएको थियो।

त्यसपछि वीर अस्पतालले ०७४ सालमा लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिसँग मेसिन किनेको थियो । एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन ४० करोड ३३ लाख ३८ हजार चार सय रुपैयाँमा भ्याटबाहेक खरिद सम्झौता भएको थियो।

त्यसपछि पहिलो पटक २०७५ यो मेसिन आएको भए पनि वीर अस्पतालमा मेसिन राख्ने स्थान नै नभएपछि सशस्त्र अस्पताल लगिएको थियो। त्यसपछि मेसिन अस्पतालको चौरमा बेवारिसे रूपमा राखिएपछि मेसिन नखोल्दै बिग्रिएको थियो।

मेसिन जडाननै नगरी बिग्रिएपछि मेसिन उत्पादक अमेरिकी कम्पनी एकुरेका प्रतिनिधि नेपाल आएका थिए। उनीहरुले बलम्बु स्थित मेसिन राखिएको ठाउँमा पुगेर अवलोकन गरे। मेसिनको पाटपूर्जामा नै खिया लागेपछि उत्पादक कम्पनी एकुरेका प्रतिनिधि मेसिन जडान गर्न उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुन्जेलसम्म जडान गर्न नसकिने भन्दै फर्किएका थिए।

प्रयोगनै नगरी बिग्रिएपछि कम्पनीले पुन अर्को मेसिन दिने निर्णय गरेको थियो। सोही अनुरुप हाल टोमो थेरापी मेसिन वीर अस्पताल आइपुगेको हो। तत्कालीन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा। गणेश गुरुङ र वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले उक्त मेसिन खरिद गर्ने निर्णय गरेका थिए। लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालीले मेसिन ल्याएको हो।

पाँच लाख जनसंख्या बराबर एउटा रेडियोथेरापी मेसिन चाहिने विश्वव्यापी मान्यता छ । तर, नेपालमा हाल विभिन्न स्वास्थ्य संस्थामा पाँच वटा लिन्याक र दुई कोवाल्ट गरी जम्मा सात मेसिन छन । नेपालमा ४२ लाख जनसंख्या बराबर एक मेसिनको व्यवस्था छ ।

नेपालमा बर्सेनि करिब ३० हजार क्यान्सरका नयाँ बिरामी, वीरमा आउने तीन हजार बिरामीले रेडियोथेरापी पाउँदैनन्। वीर अस्पतालका अनुसार प्रत्येक वर्ष क्यान्सरका चार हजारभन्दा बढी बिरामी अस्पतालमा आउँछन् । उपचार गर्न आउने सबैजसो गरिब तथा विपन्न नागरिक हुन ।

टेमोथेरापी मेसिन क्यान्सरका बिरामीको उपचारको लागि आवश्यक अत्याधुनिक उपकरण हो। यो क्यान्सरका बिरामीको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि हो।

नेपालले चार वर्षको पहलपछि यो मेसिन पहिलोपटक भित्र्याएको हो। नेपालमा हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?