© २०२३
बुटवल, १८ भदौ । लुम्बिनी प्रदेशमा क्षयरोगी अर्थात टिबीका विरामीहरूको पत्ता लगाउनको लागि खकार ढुवानी सेवा सुरुवात भएको छ । प्रदेशका गाउँ गाउँमा रहेका क्षयरोगको संभाभित मानिसहरू सहज रूपमा प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन । गाउँको स्वाथ्य चौकीमा क्षयरोग परिक्षण गर्ने जीन एक्सपटको सेवा तथा सुविधाको अभाव रहेको छ । यसै कारणले गर्दा प्रदेशममा खकार ढुवानी सेवा सुरुवात भएको हो ।
एक संस्थाको सहयोगमा अहिले प्रदेशका ९ वटा जिल्लामा ६८ पालिकाहरूमा यो सेवा जारी रहेको छ । क्षयरोग संक्रमितको अवस्था बारेमा जानकारी लिनको लागि यसरी पालिकामा रहेका स्वाथ्य चौकी, केन्द्र मा संकलन गरिएको खकार परिक्षणको लागि निःशुल्क रूपमा प्रयोगशाला सम्म ल्याउने व्यवयवस्था सरकारले गरेको हो ।
यसको लागि अहिले लुम्बिनी प्रादेशिक प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल सहितका पाल्पामा दुई वटा अस्पता, बाँकेमा ३ वटा अस्पताल, कपिलवस्तुमा २ वटा अस्पतालमा यो सेवा जारी रहेको छ । यसरी गाउँ गाउँमा संकलन गरिएको खकर परिक्षणबाट लुकेर रहेका व्याक्तिहरूमा पनि क्षयरोग पत्ता लाग्ने दरमा बढोत्तर आएको सेभ द चिल्डे«नका लुम्बिनी प्रदेश बरिष्ठ कार्यक्रम प्रमुख मिम बहादुर सिंह बताउँछन् । उनका अनुसार पहिलाको तुलानामा ४३ प्रतिशत भन्दा बढि क्षयरोग पत्ता लाग्ने दरमा समेत १७ प्रतिशतले वृद्धि भएको उनको भनाई रहेको छ ।
सरकारले व्यवस्थपन गरेका जिन एक्सपर्ट बाट यसको परिक्षण हुँदै आएको छ । एउटा परिक्षण गरेको एक्सर्पटले ५० रूपैयाँ पाउने व्यवस्था समेत गरिएको छ । जसबाट संका लागेका विरामीहरूको विषयमा ओपीडीमा रहेका चिकित्सकहरूले खकार परिक्षणको लागि सम्बन्धीत प्रयोगशालामा सिफारिस समेत गर्दै आएका छन् ।
यसरी संकलन गरेको खबर बढिमा ७ दिन भित्र प्रयोगशाला सम्म लैजाने व्यवस्था गरिएको छ । प्रदेशका १८ वटा स्थानमा यसको परिक्षण हुदै आएको छ । लुम्बिनी प्रदेशमा यसरी गाउँ गाउँबाट परिक्षण सेवा घरमा नै उपलब्ध भएपछि क्षयरोगको उपचारको लागि समेत सहज भएको बताइएको छ । सुरुवातमा पत्ता लगाउन नै समस्या भएको बेलामा पत्ता लागे पछि उपचारको लागि सहज हुने गरेको छ ।
क्षयरोगको बास्तविक तथ्यांकको लागि समेत प्रदेशमा काम भएका छन् । तथ्याङ्क भन्दा बास्तविक तथ्याङ्क आएको छ भने केस समेत नयाँ पत्ता लाग्ने दर समेत बृद्धि भएको छ । निजी अस्पतालमा आउने विरामीहरूको समेत परिक्षण गरी सोही अनुसारको डाटा म्यानेजमेन्ट नेटवर्कमा जडान गरिएको कारण अहिले निजी क्षेत्रबाट समेत क्षयरोगका विरामीहरूको अवस्थ बारेमा विवरण आउन थालेको छ ।
१५वटा सरकारी अस्पताल र १२ वटा निजी अस्पताल तथा स्वाथ्य संस्थाहरूमा टेक्नीकल नेटवर्क गठन गरिएको छ । जसको नियमित रूपमा बैठक तथा छलफल समेत हुने गर्दछन् । जसकाट पनि डाटामा सुधार आएको हो । अघिल्लो बर्ष मात्रै ८ हजार ८५ जना नयाँ केश पत्ता लागेको छ । प्रति लाख मा १ सय ५७ जना क्षयरोगी भएको केन्द्रीय तथ्याङ छ । यसले पहिचान गर्नको लागि सबैभन्दा ठुलो भुमिका निर्वाह गरेको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका टिभी,एचआईभी फोकल पर्सन राम प्रसाद भट्टराई भन्छन्–‘डाटा म्यानेजमेन्ट राम्रो भएको छ टिभी एचआईभी मलेरीया लगायका क्षेत्रमा राम्रो सहयोग पाएको छौ जस्ले गर्दा तथ्याङ जिरो प्रतिशत ईरर आएको छ ।’