ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता
शिक्षक अभाव

गुणस्तरमा ‘जनशक्ति बाधक’

१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), १५ भदौ ।
पछिल्लो समयमा सरकारी विद्यालय प्रति अभिभावकहरूको विश्वास बढ्दै गएपनि सरकारले यथेष्ट मात्रामा शिक्षकको व्यवस्थापन नगर्दा धेरै विद्यार्थीहरूलाई एउटै शिक्षकले अध्यायपन गराउनुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय सूचना प्रविधिसँगै सरकारी तथा निजी शैक्षिक संस्थाहरूबीच निकै प्रतिस्पर्धा हुने गरेको छ । तसर्थ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गइरहेको भन्ने अभिभावकको गुनासो शिक्षा क्षेत्रका लागि कुनै नौलो बिषय होइन ।

शिक्षकहरू आफू सामुदायिक विद्यालयमा अध्यापन गराए पनि छोराछोरीहरूलाई भने निजी विद्यालयमै पढाउन जोड दिन्छन् । जसले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास कति रहेछ भन्ने स्पष्ट पार्दछ । पश्चिम क्षेत्रको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्ने कर्ममा पाएको सफलताले भने अभिभावकहरूको यस बुझाईलाई गलत सावित गरेको छ । यस विद्यालयको प्रगतिको कथा निकै लोभलाग्दो छ । साथै अन्य विद्यालयलाई अनुकरणीय समेत रहेको छ ।
शिक्षकले चाहे गर्न सक्छन् भन्ने भनाईलाई यस विद्यालयले अनुसरण समेत गरेको छ । यो नै विद्यालयको सफलताको मूल मन्त्र बनेको छ अहिले । कुनै समयमा विद्यार्थी अभावका कारण निकै सकसपूर्ण वातावरणमा पढाइ भएको यस विद्यालयमा अहिले भर्ना हुन आउने विद्यार्थीबीच प्रतिस्पर्धा हुन्छ । शिक्षक, अभिभावक तथा यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिका कारण अहिले १ हजार ५ सय १६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको वातावरण शान्त छ । विद्यार्थीहरू अनुशासति छन् । आदिवासी, जनजाति र मधेशी समुदायका विद्यार्थीहरूको बाहुल्य छ ।

२०३४ सालमा स्थापना भएको सो विद्यालयको शैक्षिक गुणस्तर बढेको डेढ दशकभन्दा बढी भएको छैन । २०६७ सालमा एस.एल.सी. परीक्षामा ३७ प्रतिशतमात्र विद्यार्थीहरू उत्तीर्ण भएपछि विद्यालयको बाटो मोडियो । आफूसँगैका विद्यालयमा धेरै विद्यार्थी उत्तीर्ण भएको र आफ्नो विद्यालयको भने न्यून प्रतिशत विद्यार्थी पास भएपछि प्रधानाध्यापक बलदेब लामिछानेको अगुवाईमा शैक्षिक सुधार अभियान अघि बढाइयो । अभियान अन्तर्गत सबै शिक्षकले एउटै प्रण गरे के, कसरी हुन्छ राष्ट्रिय माविलाई उत्कृष्ट विद्यालय बनाउने । जस अन्तर्गत बढी विद्यार्थी एसलसीमा किन फेल भए भन्ने विषयमा बृहत् छलफल भयो । त्यसपछि यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा शिक्षक, कर्मचारी र अभिभावकहरू समेत होमिए । त्यस लग्त्तै २०६८ सालमा ८२ प्रतिशत उत्तीर्णको नतिजा आयो । एस.एल.सी.मा २०७२ सालमा विद्यालय थप सुधारका लागि पुनः अनुसन्धान भयो ।

२०७५ सालमा विद्यालयका प्रत्येक कक्षामा ३ जना विद्यार्थी र शिक्षकहरूबीच सरसफाई, फूलबारी हेरचाह लगायत विभिन्न समिति गठन गरियो । त्यतिबेला सम्म शिवराज नगरपालिकामा विशेष गरेर नेपाल आदर्श मावि, समयथान मावि र सरस्वती मावि के प्रतस्पिर्धा हुने गर्दछ । अनुसन्धान पछि विद्यालयले पढाउने शैली परिवर्तन गर्नेतर्फ लाग्यो । तत्कालीन शिक्षा मूल्यांकन र निर्णयात्मकमात्र भएकोले अब यसलाई सुधारात्मक बनाउनुपर्छ भन्नेतर्फ जोड दिइयो ।

यसै अभियान अन्तर्गत २०७८ सालमा विद्यालय क्षेत्रभित्र टोल समिति गठन गरियो । सोही कार्यसँगै बालमैत्री शिक्षण सिकाई सुरु भयो । त्यस अन्तर्गत सकारात्मक अनुशासन पद्धतिलाई पनि अपनाउँदै अघि बढियो । त्यस्तै विद्यार्थी र शिक्षकहरूलाई केन्द्रित गरेपछि अब विद्यालयको ध्यान अभिभावकतर्फ अघि बढ्यो प्रअ लामिछानेले विगत सम्झिएको बताउँछन् । करिब १५ घण्टासम्म विद्यार्थी, अभिभावकहरूसँग हुने भएकोले विद्यार्थीसँगै अभिभावकहरूलाई पनि जागरुक बनाउन आवश्यक ठानेर अभिभावक शिक्षातर्फ विद्यालयले अभियान सञ्चालन गर्यो ।
त्यसै क्रममा अभिभावकसँग विद्यार्थीको बानी व्यहोरा परिवर्तनको लागि प्रशिक्षण दिने काम भयो । विद्यार्थीहरू घरमा गएर के के गर्छन् ? कति समय पढ्छन् ? कति समय खेल्छन् ? कति समय घरको काम गर्छन् ? र कति बेला सुत्छन् ? भन्ने समयको अनुसन्धान गर्ने काम गरियो । अभियान हालसम्म पनि जारी छ । विद्यालयको क्याचमेन्ट एरियामा अभिभावकले विद्यार्थीको शैक्षिक, पारिवारिक, व्यवहारिक लगायतको अवस्थाबारे टोल समितिले विद्यालयसम्म सूचना आदानप्रदान गर्ने पुलको कार्य गरको विद्यालयले जनाएको छ । अभिभावकलाई सचेत गराएपछि उनीहरूमा पनि जिम्मेवारी बोध समेत भयो । उनीहरू विद्यालय सुधारको लागि सकारात्मक देखिए ।

शिक्षण सिकाईको लागि कक्षा १० को अध्ययनलाई विशेष ध्यान दिइयो । उक्त कक्षामा अध्ययनरत विद्यार्थीका लागि हरेक शुक्रबार अतिरिक्त क्रियाकलापको व्यवस्था गरियो । जसबाट विद्यार्थीले खारिने अवसर पाए । प्रधानाध्यापाक लामिछाने भन्छन्, “यसरी कडा मेहनत गरेपछि यतिबेला उत्कृष्ट बनाउन सफल भयौँ । अन्य गतिविधिमा पनि जिल्लाका अन्य विद्यालयको तुलनात्मक रूपमा अगाडि नै छौँ,” उनले थपे ः “ एघार कक्षाको भर्ना भएपछि एक शिक्षक बराबर करिब ७५ जना विद्यार्थीलाई अध्ययन गराइरहेका छौँ । शिक्षकहरू विद्यार्थीलाई गुणरस्तरीय शिक्षा प्रदान गर्न अहोरात्र खटिएका छन् । विद्यार्थीको चाप बढेकोले सकस पूर्ण वातावरणमा अध्ययपन गराउनुपर्ने बाध्यता छ ।”
विद्यालयले यसरी सफलता हाँसिल गर्नुमा विद्यालयको परीक्षा सञ्चालनमा सुधार ल्याउनु पहिलो प्रयास भएको शिक्षकको भनाई छ । उक्त विद्यालयमा २१ शिक्षक र ५ कर्मचारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमकान्त खनालले जनाए । विद्यालयले लिने हरेक आन्तरिक परीक्षाको सन्र्दभमा कडा नियम बनाइएको छ । प्रवेशपत्र बिना परीक्षामा प्रवेश दिइदैन, चिट चोरेको पाइएमा विद्यार्थीलाई परीक्षा दिनबाटै बञ्चित गराउने गरिएको छ । जसले विद्यार्थीमा पढ्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।

प्रत्येक परीक्षाको उत्तरपुस्तिका परीक्षार्थीलाई फिर्ता दिने र सुधारको लागि समेत सुझाव दिने गरिएको छ । परीक्षामा थोरै अंक ल्याउने विद्यार्थीको अभिभावकलाई बोलाएर आफ्नो बालबच्चाको पढाइको अवस्थाबारे जानकारी दिइन्छ । आफ्नो छोराछोरीको अध्ययन सुधारका लागि उनीहरूलाई सल्लाह पनि दिने गरिएको छ । सँगसँगै कमजोर विद्यार्थीहरूलाई शिक्षकको निगरानीमा अध्यापन गराउने गरिएको गरिएको छ । विद्यालयमा सरसफाई, खानेपानी, शौचालय, फूलबारी हेरचाह र आधारभूत स्वास्थ्य सामाग्री लगायत व्यवस्था रहेको कक्षा ५ मा अध्ययनरत विद्यार्थीले बताउँछन् ।

शैक्षिक क्षेत्रमा थप प्रभावकारीता ल्याउन माविस्तरका विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्नमा जोडदिन आवश्यक रहेका शिक्षक सन्तोष केसीको भनाई छ । यस योजनाले विद्यार्थीको मात्र नभएर समग्र विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न मद्दत समेत पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?