© २०२३
बुटवल, ९ भदौ । फुटबल खेलाडी बन्ने सपना बुनेका नेपाली युवाका सपना पुरा गराउने व्यक्तिको नामको सूचीका एक हुन् याम गुरुङ । युवाहरूबाट संभावना भएको उत्कृष्ट व्यक्ति खोज्ने । राष्ट्रिय टिममा खेल्ने खेलाडी बनाउने यामको नियमित कर्म हो ।
स्याङजा जिल्ला पुतलीनगरपालिका वडा नं. १० धिमरी गाउँमा २०२७ साल बैशाख १३ गते उनको जन्म भएको थियो । मलायाका लाहुरे बुबा सुर्जेलाल गुरुङ युके भर्ति भएका थिए । उनै बुबासंगै उनको आमा, एक जना भाई र एक जना बैनीसहितको परिवार तराई झरे । २०३७ सालमा रूपन्देहीको मंगलापुरमा बुबाले पहिले नै किनेको जग्गामा बसाइँ सरे । सानैबाट फुटबलमा रुचि राख्ने उनी विद्यालयस्तरमा धेरै प्रतियोगितामा भाग लिए । काठमाडौंमा बिरेन्द्रशिल्ड प्रतियोगिता खेलेको उनी स्मरण गर्छन ।
एसएलसी लगत्तै घर फर्किए । मोफसलमा फुटबलको धेरै क्रेज थियो । उनी विभिन्न फुटबल प्रतियोगिता खेले । डिंगरनगरमा भएको एक प्रतियोगिता खेल्ने क्रममा उनको खुट्टामा चोट लाग्यो । खुट्टामा पटकपटक प्लास्टर गराउँदै करिब एक वर्ष नै खेलबाट टाढा भए । साथीहरू खेलेको हेर्दै मैदानमा भने पुग्थे । योसंगै उनको पढाइमा बिश्राम लाग्यो । केही समयपछि ब्रुनाईमा रहेका बुबाको आग्रहमा उनी १९८५ मा उनि त्यतै हानिए । त्यहाँ रहेर उनी काम गर्थे । खाली समयमा भने उनी फुटबलमा नै बिताउँथे । खेल्दा खेल्दै उनलाई एउटा क्लबले अनुबन्ध गर्यो । ब्रुनाई लिगमा उनी स्पेनर क्लबबाट खेले । ३ सिजन खेलमा भाग लिए । उनको पोजिसन मिड फिल्ड थिए । करीब ९ वर्ष रोजगार गरि उनी १९९९ सम्म नेपाल फर्किए । भर्खर बिदेशमा फुटबल खेलेर नेपाल फर्किएका उनलाई खोजी हुन्थ्यो । नेपालमा उनी आफनो अनुभव विभिन्न लोकल खेलहरूमा देखाउँथे ।
उनी हरेक ठाउँमा खेल्न पुग्थे । फुटबल खेल बुझेका उनी बिस्तारै खेलको प्राविधिक पक्ष विकासमा लाग्ने सोंच बनाए । यही क्रममा उनी आफनो क्षमता विकासमा लागे । काठमाडौंमा ‘सि’ लेभलको एएफसी कोचको तालिम लिए । १२ दिनको तालिम सक्दा उनमा फुटबल प्रशिक्षकको भुत सवार भयो । उनी फेरि ‘बि’ लेभलको एएफसी कोच हेटौडामा सन २०११ मा गरे । बिदेशी प्रशिक्षकबाट ३ हप्ताको कडा मेहनत गरेर उनी तालिम सके । यसैगरि यसको पाँच वर्षको अन्तरालमा सन २०१६ मा पहिलो ब्याचका रूपमा ‘ए’ लेभलको एएफसी कोचिङ लाईन्सेसको तालिम लिए । एक महिनासम्म काठमाडौंमा बसेर उनले पुरा गरे । नेपालमा टप लेभलका खेलाडीहरू बालगोपाल महर्जन, कुमार थापा, हरि खड्का, उपेन्द्रमान सिंह लगायतका धेरै पूर्व खेलाडीहरूसंग उनले भाग लिए ।
नेपालकै फुटबलको ईतिहासमा ‘ए’ लभेलको कोर्ष गर्ने प्रशिक्षक याम गुरुङ एकमात्र यस्ता ब्यक्ति हुन जो काठमाडौं बाहिर बसेर फुटबलको बिकासमा लागे । कुनै पनि ए, बि, सि डिभिजन खेल खेलेका छैनन । तर पनि देशका अधिकास क्लबमा पुगेर खेल सिकाएका छन । धेरै हस्तीहरूलाई उत्पादन गरेका छन । टप खेलाडीहरूलाई खेल सिकाएका छ । नेपालका राष्ट्रिय र डिभिजन क्लबका टिममा उनको चेला छन । ३ वर्ष अघि काठमाडौं भएको ‘ए’ डिभिजन ललितकृष्ण मेमोरियल यु—१८ लिग प्रतियोगितामा भाग लिएका १३ वटा क्लबहरूमध्ये सात वटा टिममा आफूले सिकाएका खेलाडीहरू नै क्याप्टेनहरू हुँदा उनी दंग थिए । फुटबलमा लागेर ब्यक्तिगत लाभ पाउनेभन्दा पनि देशकै लागि केही दिन सकेकोमा खुशी छन ।
रूपन्देहीका बिभिन्न क्लबहरूमा कोचका रूपमा उनले काम गरे । पैसाभन्दा पनि उनको खेल विकास पहिलो रोजाई थियो । एन्फाको ग्रासरुट विकास गर्न लक्ष्यसहित बुटवलको देबिनगरमा २०६६ सालमा एन्फा एकेडेमी स्थापना भयो । काठमाण्डौमा देशभरबाट छनौट भएका २६ जना १२ वर्ष मुनिका खेलाडी पहिलो ब्याचको रूपमा बुटवल आए । जहाँ उनले फुटबलका कखरा सिकाउँथे । बिमल घर्तीमगर, निशान्त ढुंगाना, आकाश थापा, असोक थापा, शिव सुवेदी लगायत यो ब्याचमा खेले । जो कोही नेपालको फुटबलमा नाम कमाउन सफल भएका छन । नेपालका स्ट्राईकर बिमल घर्ती मगर जो नेपाली टिममा छन । त्यसबेला राम्रा दुई खेलाडीहरू रन्जन थापा र सागर नेपाली भने दुर्घटनामा ज्यान गुमाए ।
यही ब्याचले कोकाकला कप, प्याब्सन, एनप्याब्सन, जिबिस कप जित्दै नेपालमा नाम कमायो । यही आधारमा यो टिम भारतमा २०११ मा सुब्रतो कप खेल्ने अवसर पायो । ९ वटा देश सहित सहभागी भएको नेपालको यो टिमले पहिलो पटक च्याम्पियन बन्न सफल भयो । इतिहास रच्यो । पहिलो ब्याचलाई खेल सिकाएका एक वर्षको अन्तरालमा अर्को ब्याचलाई आयो । रेजिन सुब्बा, नितिन थापा, बिशाल सुनार सहितको खेल सिकाए । तत्कालिन समयमा यु—१६ राष्ट्रिय टिममा यिनीहरू परेका थिए । मोफसलका खेलाडीहरू दक्ष भएपनि अवसर नपाउने गरेको उनको दुखेसो छ । यु—१२ का आयुष घलान, दिपेश गुरुङ, प्रदिप लम्साल, मनङगे नकर्मीसहितको टिमलाई काठमाडौंमा उनले तालिम दिए । उनीहरूलाई कोरियामा भएको यु—१२ फुटबल फेष्टिबलमा नेपालबाट सहभागी भएको टिमले स्वर्ण पदक जितेको थियो । जहाँ ४० टिम भाग लिएका थिए । फुटबलमा लागेर धेरै युवा खेलाडीहरूको माया पाएका छन । यही क्रममा कोभिड १९ संक्रमणकाल उनको परिवारमा ठूलो पीडा आयो । कोभिड संक्रमणकै कारण बुबा गुमाए ।
फुटबल प्रशिक्षणको ईतिहास
सबैभन्दा पहिले उनले एन्फा एकेडेमीको पहिलो ब्याचलाई प्रशिक्षण गरे । जहाँ रहेर उनले बिमल घर्तीसहित धेरै खेलाडी उत्पादन गर्न सफल भए । बि.सं. २०७२ मा जगदम्बा लुम्बिनीको प्रशिक्षक रहे । पछिल्लो केही समय खुमलटार टिमको प्रशिक्षक रहे । २०७९ हुने भनिएको एनएसएल कपमा उनी एफसी चितवनबाट प्रशिक्षकका जिम्मेवारी पाएका थिए । तर एन्फा बिबादकै कारण खेल हुन सकेन । स्कलर्स होम एकेडेमी, तिलोत्तमा फुटबल एकेडेमीसहित धेरै फुटबल क्लबहरूमा उनी आवद्ध छन ।
निरन्तर योगदानमा लागेका उनी पछिल्लोसमय राष्ट्रिय टिममा अवसर पाए । नेपालको राष्ट्रिय महिला यु—२० टिमका प्रशिक्षणको जिम्मेवारी पाएका छन । गतवर्ष २०७९ पुसमा जिम्मेवारी पाएका उनी छोटो तयारी सहित बंगलादेशमा भएको महिला साफ प्रतियोगितामा भाग लिए टिमलाई लिएर गए । बंगलादेशमा भारतलाई ३—१ हराएको नेपाल फाईनलमा आयोजकसंग हार्न पुग्यो । उपविजेतामा चित्त बुझायो । फ्रेवुअरी ३ देखि ९ सम्म ४ खेल खेल्यो । एएफसी कप पहिलो चरणको छनौट खेल खेल्न प्लालेस्टाईनमा गयो । पहिलो राउण्डमा छनौट हुँदै साउथ एशियाको पहिलो टिम बन्यो । मार्चमा ८ देखि १२ सम्म खेल खेल्यो । जहाँ प्लालेस्टाईन र नर्थन म्यारिना आईल्याडसंग खेल खेल्यो । एशियाको १२ टिममा नेपाल पर्न सफल भयो । यो ठूलो उपलब्धि हो । दोस्रो चरण खेल्न यही टिम म्यानमार पुग्यो । जुन ६ देखि १० सम्म खेल खेल्यो । म्यानमार, चाइना टाईपाइ र चाइनासंग नेपालले खेल्यो । जहाँ यो हार ब्यहोर्दै नेपाल फर्कियो । विश्वकप खेल्ने टिमसँगको प्रतिस्प्रर्धा र नेपाली टिमको आफनै तयारीमा कमी भएको उनी स्वीकार्छन ।
एन्फा नेतृत्वलाई सुझाव
लामोसमय नेपाली फुटबल र नेतृत्व बुझेका गुरुङ मोफसलको खेल विकासमा एन्फोका ध्यान जानपर्ने सुझाव दिन्छन । एन्फामा गणेश थापा हुँदै नरेन्द्रमान श्रेष्ठ, कर्मा छिरिङ र पंकज नेम्वाङसम्मका नेतृत्व उनले हेरे, बुझेका छन । नेपाली फुटबलको भविष्य राम्रो देखेका उनी एन्फा भित्रका विकृति हटाउने गरि नेतृत्व लाग्नुपर्ने सुझाव दिन्छन । फिफाको मुल नारा ग्रासरुट बोकेको एन्फाले आफनो मातहतका क्लबहरूहरू पूर्वाधार विकासदेखि एकेडेमी चलाउन सम्मका आवश्यक सहयोग गर्न सके जुनियर हुँदै राष्ट्रिय टिम बलियो बनाउन सकिने उनको दाबी छ । यसैगरि प्रदेशस्तरमा संरचना बनाउने देखि दक्ष जनशक्ति उत्पादनमा सरोकारवाला निकायहरूको ध्यान दिनुपर्ने उनी बताउँछन । धेरै खेलाडी उत्पादन गरेका उनी खेलमा भविष्य नदेख्दा बाहिर जान बाध्य भएको भन्दै ब्यवसायिक खेलाडीको अवधारणालाई सरकारले जोड दिनुपर्ने उनी बताउँछन । राजनीतिक खिचातानी र आफन्तबादबाट घेरिएको नेपाली फुटबल लामो समयमा पनि बामे गतिमै छ । फुटबल विकासको आधार ग्रासरुट खेल हो । तर नेपालमा रहेको अधिकांश फुटबल क्लबहरू ग्रासरुटमा ध्यान दिएको पाउँदैनौ । फुटबलमा प्राविधिक पक्ष विकासमा सरोकारवाला निकाय ध्यान नजाँदा पनि यो पछि परेको छ ।
विच भलिबलमा अन्तराष्ट्रिय कास्य
उनी नेपालका पहिलो विच फुटबलको कोच पनि हुन । उनले नेपालको राष्ट्रिय टिमलाई सन २०१४ मा भएको साफ प्रतियोगितामा प्रशिक्षण गरे । पहिलो अनुभव लिँदै गरेको नेपाली टिम तेस्रो स्थान हासिल गर्यो । खेलमा माल्दिसलाई नेपालले पराजित गरेको थियो ।