ट्रेंडिंग:

>> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन हस्तान्तरण

अनुसन्धान केन्द्रको रुपमा विकास गर्न मुख्यमन्त्रीको सुझाव

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बुटवल, १५ साउन ।

एड्स, क्षयरोग र मलेरिया विरुद्धको ग्लोबल फण्डको अनुदान र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोग तथा लुम्बिनी प्रदेश सरकार र अन्य सरोकारवालाहरुको समन्वयमा अत्याधुनिक प्रविधि जडित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा शुभारम्भ भएको छ । कोभिड १९ संक्रमणको बेला गुणस्तरीय ल्याबको अभाव झेलेको लुम्बिनीबासीलाई लक्षित गरी पहिलोपटक प्रदेशस्तरको सुविधासम्पन्न ल्याब स्थापना भएको हो । एक समारोहका बीच सेभ द चिल्ड्रेनका कन्ट्री डाईरेक्टर हेयथर कम्पबेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई औपचारिक रुपमा भवन हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आम नागरिकको स्वस्थ्य सेवामा पहुँच बनाउने गरि सेवा पुर्याउने लक्ष्य रहेको बताए । प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन सुझाव दिदै यसमा आवश्यक पर्न सबै किसिमको गुणस्तरीयताप्रति सहज रहन सुझाव दिए । ‘रिसर्च सेन्टरको रुपमा विकास गर्नुस’—उनले भने । दक्ष जनशक्ति तयार गर्ने गरी यहाँबाट तालिम चलाउने, नयाँ दक्ष जनशक्ति तयार गराउने गरी लाग्न सुझाव दिए । ‘यसमा प्रदेश सरकारको साथ र सहयोग रहने छ’—उनले प्रतिवद्घता जनाए ।

भर्खर भारत भ्रमण गरी फर्किएका मुख्यमन्त्री चौधरीले भारत भ्रमणको क्रममा मुक्तिनाथ सडक, लुम्बिनी र उत्पादनलाई जोड दिनुपर्ने सुझाव आएको बताए । रुपन्देहीलाई आर्थिक क्षेत्र बनाउने लक्ष्यलाई शिक्षा, स्वस्थ्य, पर्यटन जस्ता विषयमा जोड्न जरुरी रहेको भन्दै उनले एक क्षेत्र एक उत्पादनलाई जोड दिनुपर्ने, आलोचना गर्नेभन्दा पनि सबै तहका सरकारबाट सुझाव र आवश्यक योजना ल्याउन सुझाव दिए ।

लुम्बिनीमा संसारका नोबेल पिस पुरस्कार प्राप्त गरेका ब्यक्तित्व ल्याएर बालबालिका र शान्तिको विषयमा बृहत् कार्यक्रम गर्ने तयारी रहेको उनले बताए । यसका लागि केन्द्र सरकारबाट सहकार्य गरी शान्ति र करुणा प्रचार गर्ने गरी अघि बढ्ने उनले बताए । भारतीय पर्यटकहरु नेपाल आउन चाहन्छन तर यहाँको भौतिक पूर्वाधारको समस्या रहेको उनले दुःखेसो गरे । सानासाना विकासभन्दा पनि अब गेम चेन्जर योजना ल्याउनुपर्ने सुझाव पाएको उनले बताए । बृहत्तर, समन्वयात्मक, एकीकृत र दिगो लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा, प्रदेश भित्रका प्रयोगशाला सेवाहरुको समन्वय, सुपरीवेक्षण, अनुगमन, नियमन, अन्तर क्षेत्रगत निरीक्षण, अवस्था विश्लेषणलाई सबलीकृत गरी प्रयोगशाला सेवाको प्रभावकारीता बढाउने, प्रदेश सरकारलाई प्रदेश जनस्वस्थ्य प्रयोगशाला सेवा सम्वद्ध मानव संशाधन योजना, नीति, नियमावली र कार्यक्रमहरुको मस्यौदा तयारीमा परामशएदायी निकायको रुपमा भुमिका निर्वाह गर्ने उनले बताए ।

कार्यक्रममा प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले प्रदेशको स्वस्थ्य सेवालाई मजबुत बनाउने गरी सेवा शुभारम्भ भएको बताए । दाताहरुको सहयोग र प्रदेश सरकारको समेत सहकार्यमा ८ करोड ७० लाख २० हजार ४सय ७० रुपैयाँको लागतमा तयार भएको प्रयोगशालालाई थप स्तरवृद्धि गर्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड संकमणको बेला धेरै समस्याहरु ब्यहोर्नुपरेको स्मरण गर्दै आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताए । लेभल २ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाई भएको भन्दै उनले अहिले बनेका पूर्वाधारबाट पक्कै पनि आम नागरिकले सेवा पाउने उनले बताए । स्वास्थ्य जनताको पहँुच भन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनी पुग्नेको संख्या बढाएको उनले दुखेसो गरे । तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय भएर प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने आवश्यक बजेट रोक्ने काम गलत भएको भन्दै उनले वर्तमान सरकारले आफनो क्षेत्राधिकार भन्दा बाहिरका केन्द्रस्तरको अस्पताललाई बजेट बिनियोजन रोक्न सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले तीन तहकै सरकारको सहकार्यमा शुरु भएको योजनालाई स्थानीय सरकारबाट आवश्यक जग्गा उपलब्ध गराएको बताए । रोगको शीघ्र र सही पहिचान नै विश्वसनीय र गुणस्तरीय स्वस्थ्य सेवा दिनुपर्ने उनले सुझाव दिए । प्रदेशस्तरमा नै स्वस्थ्य समस्याको पहिचान गरि समयमा नै उच्च गुणस्तर युक्त उपचार उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारले प्रदेश जनस्वस्थ्य प्रयोगशालाको निर्माण गर्ने योजना अनुसार काम गर्न सुझाव दिए ।

योजना गरिएका सेवाहरु

रगत गणना, कलेजो परीक्षण, मृगौला परीक्षण, लिपिड प्रोफाईल परीक्षण जस्ता नियमित परीक्षण, प्रादेशिक रक्तसंचार सेवा केन्द्र स्थापना तथा संचालन, ब्लड कल्चर र औषधी संवेदनशीलता परीक्षण लगायतका माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणहरु, एचआईभी भाईरल लोड टेस्टिङ जस्ता मोलिक्युलर परीक्षण, पानीको गुणस्तर परीक्षण, रोग विज्ञान, बायोकेमिकल र हेमाटोलोनिकल परीक्षण, नमुना रिफेरल तथा नमुना ढुवानी प्रणालीलाई सुदृढिकरण गर्दै प्रयोगशाला तथा रोग निदान नेटवर्कको विकास गर्ने छन् ।

हाल प्रदान गरिएको सेवाहरु

प्रयोगशाला कर्मचारीहरुलाई क्षयरोग र औलो सम्बन्धित माईक्रोस्कोपिक तालिम, क्षयरोगको मालिक्युलर परीक्षण, एएचआईभी र यौनरोग संक्रमणको परीक्षण, कुष्ठरोग माईक्रो स्कोपी, प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम, कोभिड १९ र क्षयरोग जस्ता संक्रामक रोगहरुका लागि मोलिक्युलर परीक्षण, समय अनुकुल सेवाको सागठनिक संरचना, गुणस्तर मापन तथा ब्यवस्थापन र श्रोत साधनहरुको प्रबन्ध गर्न समन्वय बढाउन, अन्तरतहगत तथा अन्तरक्षेत्रगत निकायहरुको समन्वय एवं संचार मार्फत जनस्वस्थ्य प्रयोगशाला सेवालाई नागरिकहरुको पहुचमा पुर्याउन, प्रयोगशाला सुचना ब्यवस्थापन प्रणाली, अध्ययन अनुसन्धान तथा नीति निमार्णलाई सबलीकरण गर्ने, विकास साझेदार तथा अन्य निकायहरुसंग आर्थिक तथा प्राविधिक साझेदारीलाई मजबुत बनाउने छ ।

ग्लोवल फण्डका सिनियर पोर्टफोलियो म्यानेजर(नेपाल) का मिष्टर ईस्फनले ग्लोवल फाण्डले नेपालका विकासका लागि अहिले काम गरिरहेको बताउदै निर्माण भएको प्रयोगशलाले समुदायका मानिसहरुले सेवा पाउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?