ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

माण्डवीका ‘मनछुने कार्यक्रम’

२३ माघ २०७८, आईतवार
२३ माघ २०७८, आईतवार

‘कर्मचारी–जनप्रतिनिधी’ बीच तालमेल नमिल्दा धेरैजसो स्थानीय सरकारमा विकास निर्माणको कामले गति नलिएको पाइन्छ । काम गर्दागर्दै कर्मचारी बीचमै सरुवा भएपछि जनप्रतिनिधीहरुले चाहे अनुसारको काम गर्न पाएका छैनन् । कर्मचारी नीतिगत रुपमा काम गर्न चाहन्छन्, भने जनप्रतिनिधी व्यवहारिक रुपमा । यी दुईको तालमेललाई मिलाएर लैजानसक्नेहरुले मात्र स्थानीय सरकारमा अपेक्षित प्रतिफल हासिल गरिरहेका छन् ।

प्यूठानमा दुई नगरपालिका सहित नौ स्थानीय तह छन् । कर्मचारी र जनप्रतिनिधीहरुबीच विवाद नहुने स्थानीय तहमध्ये माण्डवी अग्रपंक्तिमा पर्छ । त्यसको सकरात्मक असर विकास निर्माणमा परेको छ । गाउँपालिका स्थापनाको शुरुवाती वर्षमा कार्यकारी अधिकृत नारायण पौडेल र त्यसपछि शिसिर रिजाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । संभवतः यी दुई जना कार्यालय प्रमुखको सेवाले नै जनप्रतिनिधीहरुको पहिलो कार्यकाल पुरा हुँदैछ ।

छिनछिनमै कर्मचारी फेरबदल नभएपछि सोँचे अनुसारको कार्यसम्पादन गर्न सहज हुने गाउँपालिका अध्यक्ष श्रीधर रोकाले अनुभव सुनाए । ‘जनप्रतिनिधीको काम नीति, नियम र योजना ल्याउने हो’,उनी भन्छन्,‘कर्मचारीहरुको कार्यसम्पादनमा हामीले हस्तक्षेप गर्ने होइन्, त्यसो गरियो भने विवाद आउने कुरै हुँदैन् ।’ क्षेत्राधिकार मिच्न खोजेमा मात्र विवाद उत्पन्न हुने उनको बुझाई छ । गाउँपालिका स्थापनाको शुरुवाती वर्षदेखि हालसम्म सवै योजनाहरु विवादरहित ढंगले कार्यसम्पादन गरिएको उनले सुनाए ।

गाउँपालिकाको केन्द्र जस्पुरमा टुंगाएलगत्तै थालिएको प्रशासनिक भवनको निर्माण कार्य पुरा भएको छ । केही समयभित्र भवन उद्घाटन गर्ने योजना रहेको रोकाले बताए । गाउँपालिकाले १ हजार ५ सय घरधुरीमा खानेपानी, १ हजार १ सय घरहरु खरका छानामूक्त, उज्यालो माण्डवी कार्यक्रम अन्तर्गत सात सय घरधुरीलाई निःशुल्क मिटरबक्स वितरण र २० यूनिटसम्मको विद्युत्त महशुल निःशुल्क बनाइएको छ ।

गर्भवती र सुत्केरी महिलालाई घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स, शहिद परिवारलाई मासिक भत्ता, उदयपुरकोट दरबार निर्माण, दाङ प्यूठानको सिमानामा रहेको बंगलाचुली पर्यटकीय क्षेत्रलाई बंगलाचुली र माण्डवी दुवै गाउँपालिकाको बरावरी स्वामित्व हुनेगरी भौतिक पूर्वाधार निर्माणका काम भइरहेको अध्यक्ष रोकाले बताए ।

गाउँपालिकाले १५ शैँयाको अस्पताल, तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई र वडा नम्वर ५ स्थित रम्दीमा बागेश्वरी माध्यमिक विद्यालय स्थापना गरेको छ । समुदायबाट रकम संकलन गरेर थामिएका शिक्षकहरुलाई गाउँपालिकाले दरवन्दी सृजना गरी शिक्षकहरुको दिगो व्यवस्थापन गरेको छ । गाउँका सवै गाउँबस्तीमा सडक पुगेका छन् । ती सडकलाई निरन्तर संचालन हुनेगरी दिगो योजना गाउँपालिकाले बनाउँदै छ ।

गाउँपालिकाले लिएको लक्ष्य पुरा गर्नका लागि स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुको ठूलो साथ मिलेको अध्यक्ष रोकाले सुनाए । कर्मचारी सरुवालाई भन्दा उनीहरुको स्थायीत्व र दिगो विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।

योजना निर्माण, कार्यान्वयनदेखि नागरिकले त्यसको नतिजा अनुभूती नगर्दासम्म कर्मचारी सरुवा हुने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल बताउँछन् । ‘जनप्रतिनिधीले जस्तै कर्मचारीहरुले पनि निश्चित लक्ष्य, उद्देश्य र सोँचका साथ काम गरिरहेका हुन्छन्’,उनले भने,‘त्यसलाई पुरा गर्नका लागि पुरा कार्यकाल काम गर्न पाउनुपर्छ ।’ बहुवर्षिय योजना पुरा गर्नका लागि शुरुदेखि अन्त्यसम्म सोही कर्मचारीको काँधमा भएमा प्रतिफल छिटो आउने उनको अनुभव छ ।

‘आफ्नो कार्यकालमा शुरु भएको योजना पुरा गरेर जाँदा मनमा बेग्लै खुसी र सन्तुष्टि मिल्छ’,रिजाल भन्छन्,‘कर्मचारीको कार्यसम्पादनमा पनि यसले धेरै राम्रो गर्छ ।’ उनले चालु खर्चको तुलनामा पूँजिगत खर्च हरेक वर्ष धेरै हुने गरेको जानकारी गराए । वार्षिक करिव ८० प्रतिशत भन्दा माथी पूँजिगत खर्च गाउँपालिकामा हुने उनले बताए । प्रशासनिक, खाजा, भत्ता जस्ता चालु खर्चलाई कम गर्दै लगेको उनले सुनाए । विकास निर्माण, सेवा प्रवाह र शुसासनमा जनप्रतिनिधी र कर्मचारीबीच प्रभावकारी समन्वय हुँदा सफलता लिनसकिने रिजालको अनुभव छ ।

जिल्लाका प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिका सवैभन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतहरु फेरिने स्थानीय तहमा पर्छन् । कर्मचारीहरुको क्षेत्राधिकार मिच्न खोज्दा यी पालिका सधैँ विवादमा मुछिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?