© २०२३
बुटवल,४ साउन । भन्सार विभागले झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ ।
भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।
भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।
राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।