ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सम्पादकीय

भैरहवाको फोहर व्यवस्थापन गर

४ श्रावण २०८०, बिहीबार
४ श्रावण २०८०, बिहीबार

फोहर व्यवस्थापनको समस्या दिर्घकालीन रूपमै समाधान नगर्ने हो भने पालिकाहरूका लागि यो समस्या चुनौतिका रूपमा देखापर्ने स्थिति आउँदैछ । केही दिन अघिमात्रै सिद्धार्थनगर नगरपालिकाले पहिलेकै ठाउँमा फोहर फाल्न लागेको भन्दै स्थानीय विरोधमा उत्रिए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ भैरहवाका स्थानीय बासिन्दाले आफूहरूको माग र चाहना विपरित रातको समयमा फोहर फाल्न लागेको भन्दै सोमबार नगरपालिका घेराउ गरे । यो अवस्था देशका अरू पालिकाहरूका लागि समस्या बन्दैछ ।

काठमाण्डौंको फोहरको समस्या काठमाण्डौ महानगरपालिकाका लागि बर्षौदेखि टाउको दुखाई बन्दै आएको छ । त्यो रोग अव राजधानी बाहिरका पालिकाहरूका लागि पनि समस्या बन्दैछ । पालिकाहरूले फोहरको समस्या दिर्घकालीनरूपमा व्यवस्थापन गर्न ढिलाई गरे भने भोलीका दिनमा यो समस्या प्रमुख चुनौति बन्ने निश्चित छ । स्थानीय भैरहवाका वडाबासीले सिद्धार्थनगर नगरपालिकाको गेट अगाडि प्रदर्शन गर्दै फोहर नफाल्न आग्रह गरेका छन । नगरबासीले नगरपालिकाले प्रहरी प्रशासनको सहयोग लिएर तानाशाही प्रवृत्ति देखाउन खोजेको बताएका छन् । यदि स्थानीयको माग विपरीत नगरपालिकाले पहिलेकै ठाउँमा जबरजस्ती फोहर फालेर पुरानै प्रवृत्ति दोहोर्याएमा गाउँको सबै फोहोर संकलन गरेर नगरपालिका कार्यालय परिसरमै फालिदिने उनीहरूले चेतावनी दिएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको फोहरको समस्या विस्तारै जिल्लाका अरू पालिकाहरूमा पनि सर्ने अवस्था छ । किनभने रूपन्देहीका कुनैपनि पालिकाहरूले फोहर व्यवस्थापनको दिर्घकालीन रणनीति अहिलेसम्म बनाएको देखिएको छैन । फोहर व्यवस्थापनमा गरिएको लापरवाही भोलीका दिनमा चुनौति बन्ने निश्चित छ । त्यसैले अव ढिलाई नगरी पालिकाहरूको यो बिषयमा ध्यान जानु जरुरी छ ।

नेपालका गाउँसहर सफा राख्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । साथै फोहरका कारण जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपरोस् भन्ने सरकारको धारणा हो । यसर्थ कानुन बमोजिम पालिकाभित्र उत्पादन हुने फोहर व्यवस्थापन गर्न ७५३ वटा नगरपालिका र गाउँपालिका क्रियाशील हुनु जरुरी छ । यसमा पालिकाहरूले संघीय सरकार र प्रदेश सरकारसँग सहयोग र सहकार्य गर्नुपर्छ । यो समस्या समाधानमा नीजि क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिनुपर्दछ । अहिले धेरै पालिकाहरूले फोहर श्रोतमै नियन्त्रण गर्न शहरलाई प्लास्टिकमुक्त घोषणा गर्न थालेका छन् ।

कैयौं स्थानमा शव जलाएर वातावरण प्रदुषण गर्नुको सट्टा विद्युतीय शवदाहगृह निर्माण भइरहेका छन् । यसैगरी जथाभावी पशुपक्षीको वध गर्नुको सट्टा व्यवस्थित वधशाला निर्माणको अभ्यास अघि बढेको छ । पालिकाहरूले जनस्वास्थ्यका लागि सफाई अभियान सञ्चालन गर्नु स्वागतयोग्य कुरा हो तर यसलाई देशब्यापी अभियानकै रूपमा अघि बढाउनु जरुरी छ ।

यसैगरी फोहोरमैला व्यवस्थापनमा कैयौं पालिकाले बिदेशी सहयोग जुटाएका छन् । विदेशी अनुभव, उपकरण र प्रविधिको प्रयोगद्वारा फोहोर व्यवस्थापनमा ठूलो क्रान्ति गर्न सकिन्छ । यसका लागि अहिले जहाँ समस्या देखिएको छ, ती पालिकाहरूको ध्यान जाओस् । पछिल्लोसमय सिद्धार्थनगर नगरपालिकामा देखिएको समस्या समाधानमा नगरपालिकाको चासो र चिन्ता हुनु जरुरी छ । फोहर व्यवस्थापनमा पालिकाले स्थानीय जनताको विश्वास तोड्ने काम गर्नुहुँदैन । अहिले दुईवटा वडामा मात्रै फोहरको समस्या बाहिर आएको छ । यो समस्याकै रूपमा अरू वडाहरूमा समेत देखिन सक्ने भएकोले स्थानीय जनताकै सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै सिद्धार्थनगर नगरपालिकाले फोहरको समस्या समाधान गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?